Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
अपराध
  • Home
  • अपराध
  • युरोपका मुलुक तथा माल्टा पठाउने भन्दै कन्सलटेन्सीहरुको करोडौँको ठगी धन्दा 
युरोपका मुलुक तथा माल्टा पठाउने भन्दै कन्सलटेन्सीहरुको करोडौँको ठगी धन्दा 
नेपालकागज
नेपालकागज शनिबार, वैशाख २४, २०७९

काठमाडौँ । वैदेशिक रोजगारीमा पठाउने भन्दै कन्सलटेन्सीले ठगी गरिरहेको भेटिएको छ । आकर्षक रोजगारीको प्रलोभन देखाउँदै सर्वसाधारणबाट ठूलो रकम असुल गरेको भेटिएपछि वैदेशिक रोजगार विभागले त्यस्ता कन्सलटेन्सीविरुद्ध मुद्दा दायर गर्न थालेको छ । 

विभागले पछिल्ला दुई दिनमा रु सात करोड १६ लाख आठ हजार ८०० बिगो माग दाबी गर्दै ठगीमा संलग्न विभिन्न कन्सलटेन्सी सञ्चालकविरुद्ध वैदेशिक रोजगार न्याधीकरणमा मुद्दा दायर गरेको हो । उनीहरुले वैदेशिक रोजगारीका लागि क्यानडा, पोर्चुगल, स्पेन, फ्रान्सहित युरोपका मुलुक तथा माल्टामा पठाउने भन्दै ठगी गरेका विभागले जनाएको छ । 

कास्कीको माछापुच्छ्रे« गाउँपालिका वडा नं १ बस्ने ३१ वर्षीय सदीक्षा गुरुङ र खिनशोभा गुरुङले वैदेशिक रोजगारीका लागि क्यानडा पठाइदिन्छु भन्दै कुमार गुरुङसँग रु ४१ लाख ४२ हजार ५०० ठगी गरेका थिए । 

विभागले गत चैत २४ गते सदीक्षालाई पक्राउ गरेको थियो । सदीक्षा र खिनशोभा आमाछोरी रहेको अनुसन्धानबाट खुलेको छ । विभागले उनीहरुविरुद्ध ठगी गरेको बिगो रु ४१ लाख ४२ हजार ५०० र हर्जनास्वरुप रु २० लाख ९१ हजार २५० गरी रु ६२ लाख ७३ हजार ७५० असुलउपर गर्न र  सात वर्ष कैदको मागदाबी गर्दै मुद्दा दायर गरेको हो ।

यस्तै कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता रहेको इन्टरनेशनल एक्स्पो एण्ड ट्राभल सर्भिस प्रालिका सञ्चालक राधा सुवेदीलगायत आठ जनाविरुद्ध ठगी गरेको रु एक करोड ६४ लाख आठ हजार, सोको हर्जना रु ८२ लाख चार हजारसहित जम्मा रु दुई करोड ४६ लाख १२ हजार मागदाबी गर्दै न्यायाधीकरणमा मुद्दा दायर गरिएको विभागका निर्देशक कृष्णप्रसाद भुसालले जानकारी दिनुभयो । 

उनीहरुले माल्टालगायत युरोपका मुलुकमा वैदेशिक रोजगारीमा लैजाने भन्दै १२२ जनासँग प्रतिव्यक्ति रु दुई लाख ३५ हजार ठगी गरेका थिए । 

युरोपका विभिन्न मुलुकमा वैदेशिक रोजगारीमा लैजाने भन्दै सर्वसाधारणबाट प्रतिव्यक्ति रु १७ लाख ९२ हजारका दरले ठगी गरेको अभियोगमा विभागले जिनियस इजुकेशन एण्ड कन्सलटेन्सी सर्भिस प्रालिका सञ्चालक सुजन भट्टराईलगायतविरुद्ध पनि मुद्दा दायर गरेको छ । 

ठगी गरेको भन्दै विभागमा उजुरी परेपछि अनुसन्धानका क्रममा गत चैत २८ गते भट्टराईलाई विभागले पक्राउ गरेको थियो । 

विदेशका विभिन्न विश्वविद्यालयमा अध्ययन गर्न जाने विद्यार्थीलाई परामर्श दिने उद्देश्य राखी दर्ता भएको उक्त कन्सलटेन्सीले अशोक चौधरीसमेत २२ जनाबाट रु दुई करोड ८८ लाख ४१ हजार ७०० ठगी गरेको विभागले पुष्टि गरेको छ । 

विभागले सञ्चालक भट्टराईसहित मेखबहादुर गुरुङ र सुनिल लम्सालविरुद्ध रु चार करोड सात लाख २३ हजार ५० मागदाबी गर्दै मुद्दा दायर गरेको हो । 

विभागबाट स्वीकृति नलिइ कुनै पनि संस्थाले वैदेशिक रोजगारीसम्बन्धी काम गर्न पाउँदैनन् । विनास्वीकृति काम गरे वैदेशिक रोजगार ऐन, २०६४ को दफा ४३ बमोजिम लिएको रकमसहित  ५० प्रतिशत हर्जना तिर्नुपर्ने व्यवस्था छ । 

यस्तै रु तीनदेखि पाँच लाखसम्म जरिवाना र तीनदेखि सात वर्षसम्मको कैद सजाय पनि ब्यहोर्नुपर्ने छ । पछिल्ला समय कन्सलटेन्सीले वैदेशिक रोजगारीमा पठाउने भन्दै ठगी गरेको भनी उजुरी दिनेको सङ्ख्या दिनहुँ बढिरहेको विभागले जनाएको छ । कन्सलटेन्सीमार्फत वैदेशिक रोजगारीका धन्दा चलाउनेले अनुसन्धानमा बाधा पुग्ने गरी कारोबार गर्ने गरेका अनुसन्धानबाट खुलेका छन् । 

कन्सलटेन्सीले रकमको कारोबार नगदमा गर्ने, संस्थामा कार्यरत कर्मचारीको बैंक खातामा जम्मा गर्न लगाउने, गैरकानूनी असुलीको प्रमाण नष्ट गर्ने उद्देश्यले कारोबार लुकाउने, नक्कली कर्मचारी र शाखा खडा गर्ने तथा ठगीमा संलग्न सञ्चालक फरार हुने वा विदेशमा बस्ने गरेको पाइएको छ । 

सञ्चालक फरार रहँदा रकम बुझ्ने कर्मचारी पक्राउपर्ने गरेका छन् । विभागले गैरकानूनी कारोबारमा संलग्न नहुन कन्सलटेन्सीका कर्मचारीलाई समेत सचेत गराएको छ ।
 


प्रकाशित मिति: शनिबार, वैशाख २४, २०७९  १४:४१
#अपराध
प्रतिक्रिया दिनुहोस्
थप अपराध
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ बुधबार, असोज २, २०८१
कैलाली कारागारका एक कैदीको मृत्यु
कैलाली कारागारका एक कैदीको मृत्यु मंगलबार, असोज १, २०८१
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद मंगलबार, भदौ १८, २०८१
युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा दुई कर्मचारीसहित तीन पक्राउ
युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा दुई कर्मचारीसहित तीन पक्राउ आइतबार, भदौ १६, २०८१
रामबहादुर बम्जन बालयौन दुरुपयोग मुद्दामा दोषी ठहर
रामबहादुर बम्जन बालयौन दुरुपयोग मुद्दामा दोषी ठहर मंगलबार, असार १२, २०८१
मालपोत कार्यालय बर्दियामा करोडौँको सेटिङ्गमा भ्रष्टाचार, प्रति कित्ता ७० हजार रेट   
मालपोत कार्यालय बर्दियामा करोडौँको सेटिङ्गमा भ्रष्टाचार, प्रति कित्ता ७० हजार रेट    आइतबार, असार १०, २०८१
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्