Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
अपराध
  • Home
  • अपराध
  • विमान सरसफाइकर्मी सुन तस्करीमा, दुई करोडको सुन पास गराउने प्रयास असफल, पाँच जना पक्राउ
विमान सरसफाइकर्मी सुन तस्करीमा, दुई करोडको सुन पास गराउने प्रयास असफल, पाँच जना पक्राउ
नेपालकागज
नेपालकागज शुक्रबार, वैशाख १६, २०७९

फाइल तस्बिर 
काठमाडौँ । नेपालमा विभिन्न तरिका अपनाएर सुन तस्करी हुँदै आएको छ । कतिले मल्द्वारामा राखेर सुन तस्करी गरेका, कतिपयले फल्स बटम बनाइ तस्करी गरेका त कतिले पेटभित्र राखेर सुन तस्करी गरेका घटना यसअघि सार्वजनिक भएकै हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका कर्मचारी नै सुन तस्करसँग मिलेमतो गरेका घटना पनि सार्वजनिक भएको थियो । तर यसपाली भने विमान सरसफाइकर्मीसमेत सुन तस्करीमा संलग्न भएको खुलेको छ ।

उनीहरुमार्फत दुई किलो ३३२ ग्राम अवैधरुपमा ल्याइएको सुन भन्सार छलेर बाहिरिन लागेको थियो । त्यसको बजार मूल्य झण्डै रु दुई करोड हुन्छ । उनीहरु मतियारका रुपमा काम गरी विदेशबाट अवैधरुपमा ल्याइएको सुनलाई विमानस्थल कटाउने कार्यमा सरिक भएको पाइएको हो । सरसफाइकर्मी मतियारका रुपमा प्रयोग भएका छन् । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयअनुसार तस्करले विमानको सरसफाइकर्मी प्रयोग गरेर विमानस्थलबाट सुन कटाउने प्रयास गरेका थिए । तर विमानस्थलका प्रहरीले त्यो प्रयासलाई असफल पारी पाँच जना पक्राउ गर्न सफल भएको छ ।  

सोही घटनामा संलग्न रहेको आरोपमा दुई विमान सरसफाइकर्मी र एक सुपरभाइजरसहित पाँच जनालाई बिहीबार पक्राउ गरिएको विमानस्थल सुरक्षा कार्यालका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिनुभयो । 

उक्त सुनकाण्डमा मुछिएका पाँचथरका २८ वर्षीय भीमकुमार माबो, नुवाकोटको तादीका २७ वर्षीय सुमन तामाङ, उदयपुरको लिम्चुङबुङ गाउँपालिका–२ का २८ वर्षीय राजेश राई, दोलखाको गौरीशङ्कर गाउँपालिका–२ घर भएका ट्याक्सी चालक हेमबहादुर थापा र सुनगाभा सप्लायर्स एण्ड सरसफाइ प्रालीमार्फत विमानभित्र सरसफाइ गर्ने÷गराउने भनी सुपरभाइजरका रुपमा खटिएका सप्तरीका ३६ वर्षीय ताराकान्त चौधरीलाई पक्राउ गरिएको ढकालले जानकारी दिनुभयो । उनीहरु सबै सुन पास गर्न खटिएका थिए । 

उक्त सुन विदेशबाटै विमानको शौचालयमा राखेर पठाइएको थियो । उक्त सूचना यहाँका सरसफाइकर्मीमा प्राप्त भएपछि सेटिङ गरेर पास गर्न लागिएको थियो । सोही सिसीलामा भित्रबाट पास गर्न सरसफाइकर्मी परिचालन गरिएको र त्यहाँबाट बाहिर लैजानका लागि अन्य व्यक्ति परिचालन भएका थिए ।  

सुन ल्याउनमा को सक्रिय थिए र कसले पठाएको भनेर खुली नसकेकाले अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । 

बिहीबार दुबईबाट काठमाडौँ आउने क्रममा हिमालय एयरको विमानभित्र सुनगाभा सप्लायर्स एण्ड सरसफाइ प्रालिमार्फत सरसफाइ गर्न खटिएका उनीहरु सुन भित्र्याउन परिचालन भएका थिए । 

प्रमुख ढकालका अनुसार माबोले विमानको शौचालयभित्र फोहरसँगै रहेको सुनको बिस्कुट बाहिर फोहर जम्मा गर्ने स्थानमा ल्याउन सघाएका थिए । 

त्यसपछि उनले सँगै काम गर्ने तामाङलाई बोलाई फोहरसँगै रहेको सुनको बिस्कुट बाँडी आआफ्नो ‘मनिपर्स’ भित्र लुकाइ विमानस्थलबाट बाहिरिन लाग्दा प्रहरीले पक्राउ गरेको हो । 

“उनीहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको फलामे गेट भएर बाहिर निस्कन लागेका थिए”, ढकालले भन्नुभयो, “सोही क्रममा उनी र साथमा रहेको सामग्री ‘स्क्रिनिङ’ गर्ने क्रममा माबोले बोकेको पर्सभित्र टेपले बेरिएको अबस्थामा १० थान सुनको बिस्कुट (तौल एक हजार १६६ ग्राम) बरामद गरिएको हो ।”

उहाँका अनुसार उक्त सुनको मूल्य झण्डै ९८ लाख पर्ने जनाइएको छ । यस्तै तामाङले बोकी आएको मनिपर्सभित्र टेपले बेरिएको अवस्थामा पनि सोही तौल बराबरको १० थान सुनको बिस्कुट बरामद गरिएको छ ।  

उक्त सुन लुकाइछिपाइ अवैधरुपमा भन्सार छली लैजान लागेका अवस्थामा उनीहरुलाई नियन्त्रणमा लिइ सोधपुछ गर्दा उक्त कार्यमा उदयपुरका राई, दोलखाका थापा र विमान सरसफाइका सुपरभाइजर सप्तरीका चौधरीको संलग्नता खुल्न आए पनि उनीहरुलाई पनि पक्राउ गरिएको हो ।  

उनीहरुलाई बरामद सुनसहित आवश्यक अनुसन्धान एवं कारबाहीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय, गौचरमा बुझाइएको विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ । 


प्रकाशित मिति: शुक्रबार, वैशाख १६, २०७९  १५:०७
#अपराध
प्रतिक्रिया दिनुहोस्
थप अपराध
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ बुधबार, असोज २, २०८१
कैलाली कारागारका एक कैदीको मृत्यु
कैलाली कारागारका एक कैदीको मृत्यु मंगलबार, असोज १, २०८१
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद मंगलबार, भदौ १८, २०८१
युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा दुई कर्मचारीसहित तीन पक्राउ
युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा दुई कर्मचारीसहित तीन पक्राउ आइतबार, भदौ १६, २०८१
रामबहादुर बम्जन बालयौन दुरुपयोग मुद्दामा दोषी ठहर
रामबहादुर बम्जन बालयौन दुरुपयोग मुद्दामा दोषी ठहर मंगलबार, असार १२, २०८१
मालपोत कार्यालय बर्दियामा करोडौँको सेटिङ्गमा भ्रष्टाचार, प्रति कित्ता ७० हजार रेट   
मालपोत कार्यालय बर्दियामा करोडौँको सेटिङ्गमा भ्रष्टाचार, प्रति कित्ता ७० हजार रेट    आइतबार, असार १०, २०८१
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्