Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
समाज
  • Home
  • समाज
  • न सन्तान, न सम्पत्ति ! जीवन जिउने आधार वृद्धभत्ता
न सन्तान, न सम्पत्ति ! जीवन जिउने आधार वृद्धभत्ता
नेपालकागज
नेपालकागज शनिबार, वैशाख ३, २०७९

गलेश्वर । न सन्तान, न सम्पत्ति ! त्यसमाथि हिँडडुल गर्न र बनिबुतो गरेर गुजारा चलाउन नसक्ने सामथ्र्यविहीन शरीर । म्याग्दीको बेनी नगरपालिका २ ज्यामरुककोटका ९६ वर्षीय खड्गबहादुर थापाको वास्तविक अवस्था हो यो । 

आफ्नो सम्पत्ति नभएपछि आफन्तको प्रयोगविहीन घरमा बसेर जीवनका अन्तिम दिनहरु बिताइरहनुभएका खड्गबहादुर थापा र उहाँकी श्रीमती खिरकुमारी थापाको जीवन जिउने आधार भनेको नै सरकारले दिने वृद्धभत्ता हो । 

सोही गाउँकी ८७ वर्षीया मसिनी कार्की सरकारले दिने वृद्धभत्ता बुझेको दिन निकै खुसी हुन्छ । पाँच वर्षअघि श्रीमान् बितेपछि बगरफाँटको कोटखोला नजिक डाँडोको पर्ती जग्गामा गाउँलेले बनाइदिएको छाप्रोमा वस्दै आउनुभएकी कार्की वृद्धभत्ताबापत सरकारले दिने रकमलाई फारु गरेर खर्च गर्नहुन्छ । वृद्धभत्ताबाहेक उहाँको आम्दानीको अन्य कुनै स्रोत छैन । कार्की पनि सन्तानविहीन हुनुहुन्छ ।

थापा र कार्की मात्रै होइन, म्याग्दीका पाँच हजार बढी ज्येष्ठ नागरिकको जीवन जिउने आधार नै सरकारले दिने वृद्धभत्ता बनेको छ । एक नगरपालिका र पाँच गाउँपालिका गरी छवटा स्थानीय तह रहेको म्याग्दीमा पाँच हजार ६४६ ज्येष्ठ नागरिकले वृद्धभत्ता पाउँदै आएको स्थानीय तहहरुको तथ्याङ्कले देखाएको छ । 

यसरी वृद्धभत्ता पाउनेमा कतिपय ज्येष्ठ नागरिक सन्तानविहीन हुनुहुन्छ भने धेरैजसोका छोराछोरी भए पनि सरकारबाट प्राप्त वृद्धभत्ताले नै आफ्नो गुजारा चलाउने बताउनुहुन्छ । 

समाजबाट सम्मान र छोराबुहारीबाट माया नपाए पनि सरकार आफूहरुको गुजारा चलाउने माध्यम बनेको उहाँहरुको भनाइ छ । मालिका गाउँपालिका–५ देवीस्थानका एक वृद्धले छोराबुहारी भए पनि उनीहरुले हेँला गरेपछि अलग्गै बसेको र वृद्धभत्ताबापत पाइने रकमबाट गुजारा चलाएको बताउनुभयो । 

“छोराबुहारी त छन् तर, भन्नका लागि मात्र छन्”, मङ्गला गाउँपालिका–४ का जसबहादुर घर्तीले भन्नुभयो, “चामल, नुन, तेल सबै वृद्धभत्ताले किन्छु । खर्च टरेको छ । आफ्ना सन्तानबाट दुःख भोग्नु परे पनि हामीलाई सरकारले हेरेको छ, हामी बूढाबूढीलाई साँझ बिहान खाने गाँस र बिरामी पर्दा औषद्योपचार गर्ने खर्च पुगेको छ ।”

त्यसैगरी बेनी नगरपालिका–२ की इन्द्रकली थापा छोरीसँग बस्नुहुन्छ । श्रीमान् बितेको २५ वर्ष बित्यो । घर खर्च, औषद्योपचार र चाडपर्वमा नातिनातिनीलाई दक्षिणा वृद्धभत्ताबापत पाइने रकमबाट नै गर्नुहुन्छ । 

उहाँले भन्नुभयो, “काम गर्न सकुञ्जेल आफैँले दुःख गरेर खाएँ । अहिले काम गर्न सक्दिन, सरकारले दिएको पैसाले पेट पालेकी छु ।” बगरफाँटकी ७८ वर्षीया यामकुमारी शर्मा पनि छोराबुहारीसँग बस्नुहुन्छ । खान, बस्न समस्या छैन । 

वृद्धभत्ता ओखतीमुलोमा खर्च हुने उहाँले बताउनुभयो । “छोराबुहारीलाई आफ्नो व्यवहार धान्दै ठीक छ । सरकारले दिएको पैसा रोगी बूढीलाई दबाइमुलोमा सकिन्छ”, उहाँले भन्नुभयो ।

वाृद्धभत्ता बैंकबाट वितरण गर्न थालेपछि भने वृद्धवृद्धालाई सास्ती भएको छ । सङ्घीयता कार्यान्वयन हुनुअघि सामाजिक सुरक्षाभत्ता सचिवले वडा कार्यालय अथवा टोलटोल पुगेर वितरण गर्ने गरेको सम्झँदै सङ्घीयता कार्यान्वनमा आएसँगै पारदर्शिताका लागि सरकारले बैंकिङ प्रणालीमार्फत वितरण गर्न अनिवार्य गरेपछि सास्ती भएको ज्येष्ठ नागरिकको गुनासो छ ।

बेनी नगरपालिका–२ का वडाध्यक्ष राजाराम शर्मा सापकोटाले भत्ता बुझ्नका लागि बैंकसम्म धाउनुपर्दा वृद्धवृद्धा र अशक्तलाई निकै दुःख भएको बताउनुभयो । 

“सरकारले दिएको भत्ता वृद्धवृद्धाको जीउने आधार त बनेको छ तर, बैंकसम्म धाउनुपर्दा उनीहरुलाई दुःख पनि निकै हुन्छ, सरकारले वडा कार्यालमार्फत घरआँगन वा सम्बन्धित स्थानीय तहको वडा कार्यालयबाट नै वितरण गर्ने व्यवस्था मिलाइदिए उहाँहरुलाई राहत हुने थियो”, वडाअध्यक्ष सापकोटाले भन्नुभयो ।

बेनी नगरपालिका–२ का ८६ वर्षीय बेदप्रसाद उपाध्यायले वृद्धाभत्ता घरैमा ल्याएर दिए आफूलाई सजिलो हुने बताउनुभयो । 

“भत्ता लिन सदरमुकाम बेनीबजारको बैंकमा पुग्नुपर्छ । रोगी शरीरले भर दिँदैन । बैंकमा पनि लामो लाइनमा बस्नुपर्ने हुन्छ । बैंकमा पैसा निकाल्ने मेसिन बिग्रिँदा दोहोराएर जानुपर्ने हुन्छ”, उहाँले भन्नुभयो ।


प्रकाशित मिति: शनिबार, वैशाख ३, २०७९  १५:५०
प्रतिक्रिया दिनुहोस्
थप समाज
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा मंगलबार, असोज १, २०८१
पहिरोमा पुरिएका वडा सदस्य दम्पतीको मृत्यु
पहिरोमा पुरिएका वडा सदस्य दम्पतीको मृत्यु आइतबार, भदौ २३, २०८१
आज कुशे औँसी, बुवाको मुख हेर्ने दिन
आज कुशे औँसी, बुवाको मुख हेर्ने दिन सोमबार, भदौ १७, २०८१
बाँके प्रेस युनियनको तीज लेखनबृत्ति प्रतियोगिताः सरला प्रथम
बाँके प्रेस युनियनको तीज लेखनबृत्ति प्रतियोगिताः सरला प्रथम आइतबार, भदौ १६, २०८१
म ईलामुद्धिन बेहना, उमेर १९ वर्ष, मेरो अपराध यस्तो छ.....त्यसैले मेरो जग्गा खान अपराधी नै लागेका छन्
म ईलामुद्धिन बेहना, उमेर १९ वर्ष, मेरो अपराध यस्तो छ.....त्यसैले मेरो जग्गा खान अपराधी नै लागेका छन् मंगलबार, जेठ १५, २०८१
पत्रकार शिवेन्द्र रोहिताको मृत्यु,घटनाको अनुसन्धान जारी 
पत्रकार शिवेन्द्र रोहिताको मृत्यु,घटनाको अनुसन्धान जारी  शनिबार, जेठ ५, २०८१
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्