Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
अपराध
  • Home
  • अपराध
  • कैलालीमा घाँटी रेटी हत्या प्रकरण : अपराध महाशाखाद्वारा ४ जना पक्राउ, लागूऔषध सेवन गरेर हत्या
कैलालीमा घाँटी रेटी हत्या प्रकरण : अपराध महाशाखाद्वारा ४ जना पक्राउ, लागूऔषध सेवन गरेर हत्या
नेपालकागज
नेपालकागज शुक्रबार, वैशाख २, २०७९

काठमाडौँ । कैलालीका अर्जुन दासको हत्यामा संलग्न ४ जना पक्राउ परेका छन । महानगरीय अपराध महाशाखाले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी घटनामा संलग्न १० जना मध्ये ४ जनालाई रूपन्देहीको बेलहिया सिमानाकाबाट बैशाख १ गते राति पक्राउ गरेको जानकारी दिएको छ ।

 तस्वीर : अर्जुन दासको हत्या गरिएको घटनास्थल 

यसरी पक्राउ पर्नेहरुमा सोही गाउँपालिका वडा नम्बर ९ का १९ वर्षीय सुमिद साउद, बमबहादुर बोहोरा, दिलिप दास र मनोज भण्डारी रहेका छन्।  

तस्वीर : अर्जुन दासको हत्याको आरोपमा संलग्न आरोपी 

केही समय भारतको विभिन्न ठाउँमा फरार रहेका उनीहरूलाई कामको खोजी गर्ने क्रममा बेलहिया सीमानाकामा आएको सूचना आएपछि स्थानीय  प्रहरीको समन्वयमा महाशाखाले खटाएको विशेष टोलीले पक्राउ गरेको महानगरीय अपराध महाशाखाले जानकारी दिएको छ ।

तस्वीर : अर्जुन दासको हत्या गरिएको घटनास्थल 

अपराध महाशाखाले दिएको जानकारी अनुसार पक्राउ परेकाहरूले दिएको प्रारम्भिक बयान अनुसार मोबाइल सेट चोरीको आरोपमा दासलाई खुकुरीले घाटी छिनाली हत्या गरिएको थियो ।

तस्वीर : अर्जुन दासको हत्याको आरोपमा संलग्न आरोपी 

हत्याको आरोपमा संलग्न चारै जनामाथि कर्तव्य ज्यान कसुरमा जिल्ला प्रहरी कार्यालय, कैलालीमा मुद्दा दायर गरिएको र आजै उनीहरूलाई कैलाली प्रहरीलाई जिम्मा लगाइएको महानगरीय अपराध महाशाखाका प्रवक्ता कृष्णप्रसाद कोइरालाले बताउनुभयो । महाशाखाले हत्या आरोपमा पक्राउ परेकाहरू लागू औषध सेवनमा संलग्न रहेको पनि जनाएको छ ।

तस्वीर : अर्जुन दासको हत्याको आरोपमा संलग्न आरोपी  

हेर्नुहोस् महानगरीय अपराध महाशाखाले जारी गरेको प्रेस विज्ञप्ति

“कैलालीमा अर्जुन दासको विभत्स हत्या गरी फरार रहेका प्रतिवादीहरू पक्राउ” (२०७९।०१।०२)

घटनाविवरण :-

मिति २०७८।०९।०३ गते जिल्ला कैलाली, जानकी गा.पा.वडा नं.-९ अमरावती सामुदायिक वन-जंगलमा ऐ.स्थायी ठेगाना भएका वर्ष २५ को अर्जुन दासलाई मोबाइल चोरी गरेको आरोपमा मनोज भण्डारी समेतका साथीहरूको समूहले लागूऔषध (Nitravet-10) सेवन गरी कुटपिट गर्दै घाईते बनाई साजको रूखमा बाधी खुकुरी प्रयोग गरी घाँटी छिनाली विभत्स हत्या गरी फरार रहेका मनोज भण्डारी समेत ४ (चार) जना व्यक्तिहरूलाई जिल्ला रुपन्देही, सिदार्थ न.पा.वडा नं.०१ बेलहिया सिमानाकाबाट गोप्य सूचनाको आधारमा यस अपराध महाशाखाबाट खटिएको विशेष अनुसन्धान टोलीले मिति २०७९।०१।०१ गते पक्राउ गरी जिल्ला प्रहरी कार्यालय, कैलालीमा निजहरू विरुद्ध कर्तव्य ज्यान कसुरमा मुद्दा दर्ता रहेकोले थप अनुसन्धान तथा कारवाहीको लागि मिति २०७९।०१।०२ गते जिल्ला प्रहरी कार्यालय, कैलाली पठाइएको र सो सम्बन्धमा थप अनुसन्धान जारी रहेको ।

पक्राउ व्यक्तिहरू:

१.नाम : सुमित साउद 
उमेर : १९ वर्ष
ठेगाना : जानकी-०९, कैलाली

२.नाम : बमे भन्ने बम बहादुर बोहोरा
उमेर : १९ वर्ष 
ठेगाना : जानकी-०९, कैलाली
३. नाम : रोनी परियार भन्ने दिलिप दास
उमेर : १९ वर्ष 
ठेगाना : जानकी-०९, कैलाली

४.नाम : मनोज भण्डारी
उमेर : १९  वर्ष  
ठेगाना : जानकी-०९,  कैलाली 
 
अनुसन्धानको क्रममा खुल्न आएको कुराहरूः

•घटना हुन भन्दा ३ दिन अगाडि कमल साउदको मोबाईल फोन हराएको विषयलाई लिई निजले सुमित साउदलाई शंका गरी कुटपिट गरेको ।

•सुमित साउद पिटिएको विषयमा मनोज भण्डारी र बम बहादुर बोहोरा समेतले कमल साउदको अं.रू.२५ हजार बराबरको लागूऔषध Nitravet-10 चोरी गरी जंगलमा लुकाएको ।

•अर्जुन दासले मोबाइल चोरी हर्के भाटलाई दिएको कुरा सुमित साउदले पत्ता लगाई उक्त मोबाइल कमल साउदलाई फिर्ता दिएको ।

•कमल साउदको मोबाइल चोरी गरेको र सुमित साउदलाई कुटपिट गरेको  विषयमा मुख्य दोषी अर्जुन दास हो भनि मनोज भण्डारी, सुमित साउद, बम बहादुर बोहोरा, शुशिल मयाल, दिलिप दास, बादल वि.क., करण दर्नाल समेतले अर्जुन दासलाई कुटपिट गर्ने योजना बनाएको । 

•मिति २०७८।०९।०२ गते बेलुका अं.१८:०० बजे मृतक अर्जुन दास र निजका साथिहरू लागूऔषध सेवन गर्न उक्त सामुदायिक वनमा भेला भएका ।
•सबैजनाले लागुऔषधको सेवन गरे पश्चात: कमल साउदको चोरी भएको मोबाइल र  सुमित साउदलाई कुटपिट गरेको विषयमा मृतक अर्जुन दासलाई दोषी देखाई सवैजना मिलेर कुटपिट गरी हातखुट्टा बाधी राखेको ।

•मृतक अर्जुन दासलाई हातखुट्टा बाधी ४/५ घण्टा राखे  पश्चात: सवैजनाको मार्ने योजना अनुसार शुशिल मयालले खुकुरी उपलब्ध गराई आफू घर फर्केको ।

अं. राति २३:०० बजे मनोज भण्डारी लगायतका समूहले मृतक अर्जुन दासलाई साजको रूखमा हातखुट्टा बाधी खुकुरी प्रयोग गरी घाँटी छिनाली विभत्स हत्या गरी टाउको २ फीट टाढा राखी सवैजनाले लागूऔषध सेवन गरी रातभरी घटनास्थलमा नै बसेको ।

•मिति २०७८।०९।०३ गते विहान ०५:०० बजे मनोज भण्डारी, बादल वि.क., दिलिप दास, बमे बोहोरा, सुमित साउद र विवेक सिंह भारतको दिल्ली तर्फ लागेको र कनकलाल वि.क., करण दर्नाल, शुशिल मयाल र नाम थर वतन नखुलेको शुशिल मयालको साथी कैलाली मै लुकी बसेको ।

•सुमित साउद, मनोज भण्डारी, दिलिप दास र बमे बोहोरा भारतका विभिन्न स्थानमा बस्दै आएकोमा हाल काम खोज्दै जिल्ला रूपन्देही, सिद्धार्थ न.पा.वडा नं.०१ बेलहिया बोडरबाट मिति २०७९।०१।०१ गते १६:१५ बजे पक्राउ गरेको ।


प्रकाशित मिति: शुक्रबार, वैशाख २, २०७९  १४:४१
प्रतिक्रिया दिनुहोस्
थप अपराध
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ बुधबार, असोज २, २०८१
कैलाली कारागारका एक कैदीको मृत्यु
कैलाली कारागारका एक कैदीको मृत्यु मंगलबार, असोज १, २०८१
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद मंगलबार, भदौ १८, २०८१
युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा दुई कर्मचारीसहित तीन पक्राउ
युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा दुई कर्मचारीसहित तीन पक्राउ आइतबार, भदौ १६, २०८१
रामबहादुर बम्जन बालयौन दुरुपयोग मुद्दामा दोषी ठहर
रामबहादुर बम्जन बालयौन दुरुपयोग मुद्दामा दोषी ठहर मंगलबार, असार १२, २०८१
मालपोत कार्यालय बर्दियामा करोडौँको सेटिङ्गमा भ्रष्टाचार, प्रति कित्ता ७० हजार रेट   
मालपोत कार्यालय बर्दियामा करोडौँको सेटिङ्गमा भ्रष्टाचार, प्रति कित्ता ७० हजार रेट    आइतबार, असार १०, २०८१
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्