Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
अपराध
  • Home
  • अपराध
  • लेटाङ प्रकरण : महिला प्रहरी उर्मिला श्रेष्ठको हत्या गोली प्रहारबाट भएको पुष्टि
लेटाङ प्रकरण : महिला प्रहरी उर्मिला श्रेष्ठको हत्या गोली प्रहारबाट भएको पुष्टि
नेपालकागज
नेपालकागज बुधबार, चैत ३०, २०७८

विराटनगर । मोरङको लेटाङ घटनामा गोली प्रहारबाट महिला प्रहरीको हत्या भएको पुष्टि भएको छ । लेटाङमा हिंसात्मक झडपमा परेर ज्यान गुमाउनु भएकी महिला प्रहरी उर्मिला श्रेष्ठको हत्या गोली प्रहारबाट भएको खुलेको हो ।  

गत चैत ६ गते लेटाङ–५ मा भएको घटनामा महिला प्रहरी जवान २६ वर्षीया श्रेष्ठको हत्या भएको थियो । उक्त घटनामा घाँटीमा धारिलो हतियार प्रहार गरेर उहाँको हत्या गरिएको दाबी प्रहरीको थियो । तर विराटनगरस्थित कोसी अस्पतालमा गरिएको पोस्टमार्टमको रिपोर्टले श्रेष्ठको हत्या गोली प्रहारबाट भएको पुष्टि भएको छ ।

पोस्टमार्टम रिपोर्टमा मृत्युको कारण ‘फायर आर्म इन्जुरी’ लेखिएको छ। 


उक्त हिंसात्मक झडपलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको थियो । तर महिला प्रहरीको शरीरमा भेटिएको गोली प्रहरीले प्रयोग गर्ने हतियारबाट फायर नभएको बताइएको छ ।

सरकारी वकिल कार्यालय मोरङका जिल्ला न्यायाधिवक्ता रामहरि शर्मा काफ्लेका अनुसार प्रहरीले गोली हान्ने व्यक्तिलाई पक्राउ र हतियार बरामद गरेको छैन । 

लेटाङ–५ मा रहेको शिक्षा विकास माध्यमिक विद्यालयमा अध्ययरत छात्रालाई शिक्षक मनोज पौडेलले यौन दुर्व्यवहार गरेको घटना बाहिरिएपछि विद्यार्थी र अभिभावकले प्रदर्शन गरेका थिए । प्रदर्शन उग्र बनेर हिंसात्मक झडपमा परिणत भएको थियो । शिक्षक पौडेललाई पक्राउ गरेर फर्कदै गरेको प्रहरी टोलीमाथि आक्रमण हुँदा श्रेष्ठको मृयु भएको थियो । 

प्रहरीका अनुसार झडपका क्रममा गोली चलेको थियो । प्रदर्शनकारीले प्रहार गरेको गोली लागेर श्रेष्ठको मृत्यु भएको प्रहरीको दाबी छ । प्रहरीले गोली चलाउने व्यक्तिको पहिचान हुन बाँकी रहेको जनाएको छ ।

उक्त घटनाको अनुसन्धान गर्ने समय सकिएका कारण सरकारी वकिल कार्यालयमा अनुसन्धानको मिसिल बुझाइएको मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले जानकारी दिनुभयो । अझै पनि घटनाको अनुसन्धानलाई भने जारी राखिएको उहाँको भनाइ छ । हतियार र गोली प्रहार गर्ने व्यक्तिको पहिचान खुलेपछि पूरक अभियोग बनाएर लैजाने प्रहरीको तयारी छ । उक्त घटनामा संलग्न भएको आरोपमा प्रहरीले हालसम्म ६३ जनालाई पक्राउ गरिसकेको छ ।

प्रहरीले अनुसन्धानको मिसिल बुझाएपछि सरकारी वकिल कार्यालयले अदालतमा मुद्दा दर्ताको तयारी गरेको छ । पक्राउ परेकामध्ये १४ जनाविरुद्ध कर्तव्य ज्यान र १५ बालकसहित अन्यविरुद्ध अभद्र व्यवहारको मुद्दा दर्ता गरिने भएको हो । 

छुट्टै कर्तव्य ज्यान मुद्दा दर्ता गरिएका एक जना बालकलाई भने थुनछेक बहसपछि अदालतले मंगलबार नै अभिभावकको जिम्मा लगाउन आदेश दिएको छ। 

१४ वर्षीय बालकलाई न्यायाधीश शिशिरराज ढकालको इजलासले अभिभावकको जिम्मा लगाउन आदेश दिएको हो। ६२ जनाविरुद्ध भने बुधबार मुद्दा दर्ता गरिने सरकारी वकिल कार्यालयले जनाएको छ । 


प्रकाशित मिति: बुधबार, चैत ३०, २०७८  ११:१६
प्रतिक्रिया दिनुहोस्
थप अपराध
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ बुधबार, असोज २, २०८१
कैलाली कारागारका एक कैदीको मृत्यु
कैलाली कारागारका एक कैदीको मृत्यु मंगलबार, असोज १, २०८१
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद मंगलबार, भदौ १८, २०८१
युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा दुई कर्मचारीसहित तीन पक्राउ
युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा दुई कर्मचारीसहित तीन पक्राउ आइतबार, भदौ १६, २०८१
रामबहादुर बम्जन बालयौन दुरुपयोग मुद्दामा दोषी ठहर
रामबहादुर बम्जन बालयौन दुरुपयोग मुद्दामा दोषी ठहर मंगलबार, असार १२, २०८१
मालपोत कार्यालय बर्दियामा करोडौँको सेटिङ्गमा भ्रष्टाचार, प्रति कित्ता ७० हजार रेट   
मालपोत कार्यालय बर्दियामा करोडौँको सेटिङ्गमा भ्रष्टाचार, प्रति कित्ता ७० हजार रेट    आइतबार, असार १०, २०८१
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्