Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
अपराध
  • Home
  • अपराध
  • संखुवासभा जग्गा प्रकरण : मालपोतका सुब्बा सहित सातजना विरुद्ध सङ्गठित अपराधमा छानविन गर्न म्याद थप
संखुवासभा जग्गा प्रकरण : मालपोतका सुब्बा सहित सातजना विरुद्ध सङ्गठित अपराधमा छानविन गर्न म्याद थप
नेपालकागज
नेपालकागज बुधबार, चैत २३, २०७८

किमाथांका । संखुवासभाको भोटखोला जग्गा प्रकरणका आरोपित सातजना विरुद्ध  सङ्गठित अपराधमा छानविनका लागि संखुवासभा जिल्ला अदालतले १५ दिन थप गरेको छ । 

जग्गाधनीलाई जानकारी नै नदिई २७ रोपनी रजिस्ट्रेशन पास गर्न भोटखोला गाउँपालिका–४ का वडाध्यक्ष किन्साङ भोटे, मालपोत कार्यालयका नायब सुब्बा महेन्द्र पराजुलीसहित सातजना विरुद्ध सङ्गठित अपराधमा अनुसन्धानका लागि १५ दिन म्याद थप गरिएको अदालतका स्रेस्तादार केदार गौतमले जानकारी दिनुभयो ।

जग्गा जालसाजी गरेको आरोपमा पक्राउ परेका वडाध्यक्ष भोटे र नासु पराजुलीसहित सातजना विरुद्ध म्याद थप गरेर थप अनुसन्धान भइरहको जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले बताउनुभयो । 

यसैगरी भोटखोला–४  सुरेन्द्र तामाङ, कप्पना भोटे, ङिमालाजुङ भोटे, मकालु गाउँपालिका–४ घर भाइ खाँदबारीमा लेखापढी व्यवसाय गर्ने अनिष गुरुङ र चैनपुर नगरपालिकाका पासाङ शेर्पालाई पनि सोही अपराधमा म्याद थप गराई अनुसन्धान गरिरहेको उहाँले जानकारी दिनुभयो । 

सङ्गठित अपराधअन्तर्गतको मुद्दामा ६० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न पाइने व्यवस्था छ । 

सङ्खुवासभाको भोटखोला गाउँपालिका–४ की विममाया तामाङका नामबाट जालसाजी गरी ठगी गरेको भन्दै गत फागुन २२ गते जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको थियो । 

स्थानीयवासी दलबहादुर तामाङका नाममा रहेको करिब रु तीन करोड पर्ने कित्ता नं २७५ र २८० को २७ रोपनी जग्गा गत फागुन १ र २ गते वडाध्यक्ष भोटे र मालपोत कार्यालयका नासु पराजुलीको मिलेमतोमा रजिस्ट्रेशन पास गराइएको थियो ।  

वृद्धभत्ताको कागज भन्दै औँठा छाप लगाउन लगाई तामाङको फागुन १ मा नागरिकताको प्रतिलिपिसमेत निकालिएको थियो । 

आफ्नो नाममा जमिन आएलगत्तै २७५ कित्ताको जग्गा पासाङ शेर्पा र २८० कित्ताको जग्गा कल्पना भोटे र डिमालाजुङ भोटेका नाममा संयुक्तरुपमा पास गरिएको विममायालाई पत्तै थिएन । 

कल्पनाको हकमा लेखापढी व्यवसायी अनिश गुरुङका नाममा वारेस राख्न दिइए पनि वारेसनामाको कागजपत्र नक्कली भएको प्रहरीले जनायो । 

मालपोतमा जग्गा पास भइसकेपछि सुरेन्द्रले वृद्धभत्ता भन्दै विममायालाई रु २० हजार दिएको पीडितको भनाइ थियो । 

विममायाको नाममा जग्गा नामसारी गर्न वडाध्यक्ष भोटेले सदरमुकाममा बसेर नागरिकताको प्रतिलिपि, घरबाटो प्रमाणित, जग्गा नामसारीको सिफारिस बनाएका थिए । 

बिक्री भएको दुई कित्तामध्ये २७५ नंको जग्गा फागुन १६ मा पासाङबाट कविता पराजुलीका नाममा रजिस्ट्रेशन पास गरिएको  थियो । 

प्रहरी प्रमुख सुवेदीका अनुसार उनीहरूले माथिल्लो अरुण जलविद्युत् आयोजनास्थलको मुआब्जा क्षेत्रमा पर्ने जग्गा मात्रै झुक्याएर पास गरिएको देखिएको छ । 

अन्य चार कित्ता भने विममायाकै नाममा सुरक्षित छ । 

मुआब्जाभित्र पर्ने २७ रोपनी जग्गाको केवल रु एक लाखको थैली राखेर पास गरिएको र त्यसमा पनि जग्गाधनी विममायालाई रु २० हजार मात्रै दिइएको प्रहरी अनुसन्धानले देखाएको छ । 

पक्राउ परेकालाई ठगी र कीर्ते मुद्दा चलाइने प्रहरीले जनाएको छ । 

उक्त जग्गा १०६३ मेगावाट क्षमताको उक्त जलविद्युत् आयोजना निर्माण क्षेत्रमा पर्छ । 

आयोजनाले यो क्षेत्रमा मुआब्जाबापत प्रतिरोपनी कम्तीमा रु पाँच लाख निर्धारण गरेको थियो । 

गाउँपालिकाको वडा नं २, ४ र ५का  विभिन्न स्थानमा उक्त आयोजना निर्माणका लागि अध्ययन, जग्गा सर्भेक्षण र जग्गा प्राप्तिको काम तीव्र गतिमा बढिरहेको छ । 

को हुन् विममाया ?

उक्त जग्गा प्रकरणमा विममाया भनेर प्रस्तुत भएकी महिला स्वयं चिण्डीमाया तामाङ भएको पाइएको छ । 

गत २२ फागुनमा विममाया तामाङका नामबाट जालसाजी गरी ठगी गरेको भन्दै जिल्ला प्रशासन कार्यालयमा उजुरी गर्ने व्यक्तिको नागरिकताको प्रमाणपत्रबाहेक अन्यत्र कहीँ भेटिएको छैन । 

अहिलेसम्म चिण्डीमाया नै विममाया भनेर परिचित छिन् । 

जन्म, विवाह, मृत्युलगायत व्यक्तिगत घटना प्रमाणित गर्ने वडाध्यक्षले दलबहादुर तामाङको उत्तराधिकारी चिण्डीमायालाई विममाया भनेर सिफारिस र प्रमाणित गर्नु रहस्यमय बनेको छ । 

जग्गाधनी दलबहादुर तामाङ २०५८ सालमा नै मृत्यु भइसकेको, सन्ततिका रूपमा एक मात्र छोरी चिण्डीमाया भए पनि विममायालाई उत्तराधिकारी बनाई विममायाका नाममा जग्गा नामसारी गरिएको छ थियो ।

गत फागुन १ गते  विममायाका नाममा जिल्ला प्रशासन कार्यालयबाट नागरिकताको प्रमाणपत्रको प्रतिलिपि निकालियो । 

२ गते सोही नागरिकताको प्रमाणपत्रको प्रतिलिपिमा उल्लिखित विममायाका नाममा मालपोत कार्यालयबाट दलबहादुरका नाममा रहेको छ कित्ता जग्गा नामसारी गरियो ।

यसै दिन विममायाका नाममा नामसारी भइआएका छ कित्ता जग्गामध्ये अधिग्रहणमा परेका दुई कित्ता जग्गा कित्ता नं २८० को करिब २४ रोपनी जग्गा कल्पना र ङिमालाजुङको संयुक्त नाममा र कित्ता नं २७५ का करिब तीन रोपनी जग्गा पासाङ का नाममा राजीनामा पास गरी जग्गाको रजिष्ट्रेशन गराइएको थियो । 

सोही गाउँपालिकाभित्र निर्माण हुन लागेको जलविद्युत् आयोजनाले अधिग्रहणमा परेका जग्गाहरूको कित्ता नम्बर र क्षेत्रफलसहितको सूचना प्रकाशन गरेपछि यो घटनाको बिजारोपण भएको थियो ।                                                 यो पनि                                                         वडाध्यक्ष र मालपोत कार्यालयका कर्मचारीको सेटिङमा जग्गा ठगी प्रकरण : कर्मचारीसँग बयान लिइँदै


प्रकाशित मिति: बुधबार, चैत २३, २०७८  १६:१८
प्रतिक्रिया दिनुहोस्
थप अपराध
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ बुधबार, असोज २, २०८१
कैलाली कारागारका एक कैदीको मृत्यु
कैलाली कारागारका एक कैदीको मृत्यु मंगलबार, असोज १, २०८१
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद मंगलबार, भदौ १८, २०८१
युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा दुई कर्मचारीसहित तीन पक्राउ
युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा दुई कर्मचारीसहित तीन पक्राउ आइतबार, भदौ १६, २०८१
रामबहादुर बम्जन बालयौन दुरुपयोग मुद्दामा दोषी ठहर
रामबहादुर बम्जन बालयौन दुरुपयोग मुद्दामा दोषी ठहर मंगलबार, असार १२, २०८१
मालपोत कार्यालय बर्दियामा करोडौँको सेटिङ्गमा भ्रष्टाचार, प्रति कित्ता ७० हजार रेट   
मालपोत कार्यालय बर्दियामा करोडौँको सेटिङ्गमा भ्रष्टाचार, प्रति कित्ता ७० हजार रेट    आइतबार, असार १०, २०८१
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्