Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
अपराध
  • Home
  • अपराध
  • वडाध्यक्ष र मालपोत कार्यालयका कर्मचारीको सेटिङमा जग्गा ठगी प्रकरण : कर्मचारीसँग बयान लिइँदै
वडाध्यक्ष र मालपोत कार्यालयका कर्मचारीको सेटिङमा जग्गा ठगी प्रकरण : कर्मचारीसँग बयान लिइँदै
नेपालकागज
नेपालकागज शुक्रबार, चैत ११, २०७८

तस्वीर : सेटिङमा जग्गा ठगी गर्ने वडाध्यक्ष र मालपोत कार्यालयका कर्मचारी लगायतका ठगहरु

खाँदबारी । संखुवासभाको भोटखोला गाउँपालिका–४ को जग्गा ठगी प्रकरणमा मालपोत कार्यालयका नायब सुब्बा महेन्द्र पराजुलीसँग अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्पष्टीकरण माग गरेको छ । 

भोटखोला गाउँपालिका–४ का वडाध्यक्ष किन्साङ भोटे र मालपोत कार्यालयका नायब सुब्बा पराजुरीसहितको टोलीले स्थानीयवासी दलबहादुर तामाङको २७ रोपनी जग्गा जालसाजी गरी आफन्तका नाममा पास गरेको अभियोग लगाइएको छ । जग्गाधनीलाई पत्तो नदिई जग्गा रजिष्ट्रेशन पास गरेपछि आयोगले नायब सुब्बा पराजुलीसँग स्पष्टीकरण माग गरेको हो । 

किर्ते कागज गरेर मालपोतका नायव सुब्बा पराजुलीको संलग्नतामा जग्गा रजिष्ट्रेशन पास भएको भन्दै आयोगले स्पष्टीकरण मागेको मालपोत कार्यालय संखुवासभाका प्रमुख चन्द्र मिश्रले जानकारी दिनुभयो । अख्तियारले लिखित स्पष्टीकरण मागेपछि कार्यालयले लिखित जवाफ पठाएको मालपोत प्रमुख मिश्रले बताउनुभयो । 

मालपोत कर्मचारीसँग बयान लिइँदै

जग्गा ठगी प्रकरणमा मालपोत कर्मचारीसँग बयान लिने क्रम जारी रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रमुख प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले बताउनुभयो । 

मृतक तामाङको नाममा रहेको जग्गा अर्काको नाममा पास गरेको अभियोगमा प्रहरीले वडाध्यक्ष भोटे, सोही वडाका सुरेन्द्र तामाङ, कल्पना भोटे, ङिमा लाजुङ भोटे, खाँदबारी–१ का हाल मालपोल कार्यालय खाँदबारीमा कार्यरत महेन्द्रकुमार पराजुली, मकालु गाउँपालिका–४ घर भाई खाँदबारीमा लेखापढी व्यवसाय गर्ने अनिष गुरुङ र चैनपुर नगरपलिकाका पासाङ शेर्पालाई पक्राउ गरेको थियो । कीर्ते कागज बनाएर स्थानीय दलबहादुर तामाङको २७ रोपनी जग्गा आफन्तको नाममा पास गरेको आरोपमा पक्राउ परेका उनीहरुमाथि अनुसन्धान भैरहेको छ । 

दलबहादुरको मृत्युपछि जग्गाको हकवाला एकमात्र सन्तान बिममाया तामाङ हुनुहुन्छ । उक्त जग्गा ७५ वर्षीया छोरी बिममाया नाममा यही फागुन २ मा नामसारी भएको खुलेको छ । तर बिममायालाई आफ्नो नाममा जग्गा नामसारी भएको कुनै जानकारी थिएन ।

वृद्धभत्ताको कागज भन्दै औँठा छाप लगाउन लगाई तामाङको फागुन १ मा नागरिकताको प्रतिलिपिसमेत निकालियो । बिममायाले आफ्नो नाममा जग्गा आएको थाहानै पाउनुभएको थिएन । त्यसपछी बिममायाको नाममा आएको जग्गा लगत्तै २७५ कित्ताको जग्गा पासाङ शेर्पा र २८० कित्ताको जग्गा कल्पना भोटे र डिमालाजुङ भोटेको नाममा संयुक्त पास गरिएको विममायालाई पत्तै छैन । कल्पनाको हकमा लेखापढी व्यवसायी अनिश गुरुङको नाममा वारेस पास भएको छ । वारेसनामाको कागजपत्र नक्कली भएको प्रहरीले जनायो । मालपोतमा जग्गा पास भइसकेपछि सुरेन्द्रले वृद्धभत्ता भन्दै विममायालाई रु २० हजार दिएको पीडितको भनाइ छ । 

विममायाको नाममा जग्गा नामसारी गर्न वडाध्यक्ष भोटेले सदरमुकाममा बसेर नागरिकताको प्रतिलिपि, घरबाटो प्रमाणित, जग्गा नामसारीको सिफारिस बनाएका थिए । बिक्री भएको दुई कित्तामध्ये २७५ नम्बरको जग्गा फागुन १६ मा पासाङबाट कविता पराजुलीको नाममा रजिष्ट्रेशन पास गरिएको  छ । 

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीका अनुसार उनीहरूले अपर अरुण जलविद्युत् आयोजनास्थलको मुआब्जा क्षेत्रमा पर्ने जग्गा मात्रै झुक्याएर पास गरिएको देखिएको छ  । अन्य चार कित्ता भने विममायाकै नाममा सुरक्षित छ । मुआब्जाभित्र पर्ने २७ रोपनी जग्गाको केवल रु एक लाखको थैली राखेर पास गरिएको र त्यसमा पनि जग्गा धनी विममायालाई रु २० हजार मात्रै दिइएको प्रहरी अनुसन्धानले देखाएको छ । 

पक्राउ परेकालाई ठगी र किर्ते मुद्दा चलाउने प्रहरीले जनाएको छ । उक्त जग्गा १०६३ मेगावट क्षमताको अपर अरुण जलविद्युत् आयोजना निर्माण क्षेत्रमा रहेको छ । आयोजनाले यो क्षेत्रमा मुआब्जाबापत प्रतिरोपनी कम्तीमा रु पाँच लाख निर्धारण गरेको छ । भोटखोला गाउँपालिकाको २, ४ र ५ नम्बर वडाका विभिन्न स्थानमा उक्त आयोजना निर्माणका लागि अध्ययन, जग्गा सर्भे र जग्गा प्राप्तिको काम तीव्र गतिमा बढी रहेको छ । मुआब्जा धेरै आउने भएपछि यो अपराध भएको प्रहरीले जनाएको छ । विममायाको हातमा अहिले बाबुको मृत्युदर्ता प्रमाणसमेत छैन । वडाध्यक्ष भोटेबाटै मृत्युदर्ताको प्रमाण खोसिएको प्रहरीले जनाएको छ । 

पीडित विममायाले जग्गा फिर्ता गरिदिन भन्दै जिल्ला प्रशासन कार्यालयमा फागुन २२ मा उजुरी दिएकी थिइन् । लगत्तै प्रशासनले जिल्ला प्रहरी कार्यालयलाई आवश्यक छानबिन र अनुसन्धान गरी कारबाही गर्न सिफारिस गरेको थियो ।


प्रकाशित मिति: शुक्रबार, चैत ११, २०७८  १६:३१
प्रतिक्रिया दिनुहोस्
थप अपराध
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ बुधबार, असोज २, २०८१
कैलाली कारागारका एक कैदीको मृत्यु
कैलाली कारागारका एक कैदीको मृत्यु मंगलबार, असोज १, २०८१
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद मंगलबार, भदौ १८, २०८१
युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा दुई कर्मचारीसहित तीन पक्राउ
युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा दुई कर्मचारीसहित तीन पक्राउ आइतबार, भदौ १६, २०८१
रामबहादुर बम्जन बालयौन दुरुपयोग मुद्दामा दोषी ठहर
रामबहादुर बम्जन बालयौन दुरुपयोग मुद्दामा दोषी ठहर मंगलबार, असार १२, २०८१
मालपोत कार्यालय बर्दियामा करोडौँको सेटिङ्गमा भ्रष्टाचार, प्रति कित्ता ७० हजार रेट   
मालपोत कार्यालय बर्दियामा करोडौँको सेटिङ्गमा भ्रष्टाचार, प्रति कित्ता ७० हजार रेट    आइतबार, असार १०, २०८१
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्