Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
प्रदेश
  • Home
  • प्रदेश
  • जनकपुरधाममा होरी महोत्सव; कसले पाउला 'महामुर्ख'को उपाधि
जनकपुरधाममा होरी महोत्सव; कसले पाउला 'महामुर्ख'को उपाधि
नेपालकागज
नेपालकागज बिहीबार, चैत ३, २०७८

धनुषा । मिथिला नाट्यकला परिषद् (मिनाप)द्वारा हरेक वर्ष धुमधामसँग मनाइने होरी(होली) महोत्सव आज यहाँ विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ । 

होरीका अवसरमा जनकपुरधामस्थित जानकी मन्दिरको प्राङ्गणमा जोगीरा प्रतियोगिता र महामूर्ख सम्मेलन आयोजना गर्ने गरिन्छ । होरीका अवसरमा आयोजना हुने सो सम्मेलन देशैभर प्रसिद्ध छ । मिथिला क्षेत्रको सांस्कृति अभियानमा अग्रणी भूमिका खेलेको मिथिला नाट्य कला परिषद् र मिनापले संयुक्त रुपमा सम्मेलन आयोजक गर्दै आएका छन् । मिनापले मिथिला क्षेत्रवाट उच्च तहको बौद्धिक काम गर्ने एक जनालाई हरेक वर्ष छनोट गरेर महामूर्खसहित विभिन्न व्याङ्गात्मक पदवीबाट सामाजिक सम्मान गर्ने चलन छ । यो मिथिला क्षेत्रमा चर्चित छन् ।

विभिन्न क्षेत्रमा काम गर्ने व्यक्तिलाई हरेक वर्ष छनोट गरेर यो पदवीबाट सामाजिक सम्मान दिने चलन छ । आपसी भाइचाराका रुपमा लिइएको होरी पर्वलाई जनकपुरधाममा हिन्दूसँगै मुस्लिम युवाले पनिसँगै मिलेर होरी मनाएर आपसी सौहार्दताको परिचय दिँदै आएका छन् ।

मिथिलामा वसन्त पञ्चमीको आगमनसँगै होरी गीत गाउन सुरु गरिन्छ ।  अहिले आएर ग्रामीण इलाकामा फागु गीत गाउनेमा कमी हुन थालेको जनाइएको छ ।  

फागुपूर्णिमाको पूर्वसन्ध्यामा आयोजना हुने दुई दिने होरी महोत्सवको पहिलो दिन फागु गीत प्रतियोगिता तथा दोस्रो दिन महामूर्ख सम्मेलनको आयोजन गरिन्छ । मिनापका महासचिव शैलेन्द्र मल्लिकले मैथिली भाषा, साहित्य, कला, संस्कृति तथा लोकगीतको संरक्षण गर्न होली महोत्सव आयोजना गरिएको जानकारी दिनुभयो । 

फागु गीत प्रतियोगितामा धनुषा,महोत्तरी, सिरहा, सप्तरी र सर्लाहीका ग्रामीण समूह सहभागी हुनेछन् । उहाँले पारम्परिक फागु गीत तथा डम्फालाई जगेर्ना गर्ने उद्देश्यले प्रतियोगिताको आयोजन गर्न लागिएको बताउनुभयो ।

महोत्सवको दोस्रो दिन आयोजन हुने महामूर्ख सम्मेलनमा समाजका अगुवा व्यक्तित्वलाई विशेष मानपदवी प्रदान गर्ने चलन छ । यस अन्तर्गत महामूर्ख तथा अन्य उपाधिकर्तालाई मिथिलामा उत्पादन गरिएका तरकारीको माला  लगाउने प्रचलन छ ।

सम्मेलनको इतिहास

महामूर्ख सम्मेलन नेपालको विभिन्न स्थानमा हुँदै आए पनि जनकपुरमा आयोजना गरिने सम्मेलनले निकै उचाइ पाएको छ । मैथिली साहित्य परिषद् वीरगञ्जले २०५० सालमा पहिलोपटक यो सम्मेलनको आयोजना गरेको थियो । पहिलो पटकको महामूर्ख लाला माधवेन्द्र जी हुनुभएको थियो ।

सम्मेलनको परिकल्पनाकारमध्ये एक रहेका मैथिली साहित्य परिषदका पूर्व महासचिव एवं पत्रकार चन्द्रकिशोर झा भन्नुभयो, “  २०४६ सालमा प्रजातन्त्र पुनः स्थापना पछि  सम्मेलन आयोजनाको अवधारण बनेको हो । समाजमा रहेको विकृति विसङ्गतिलाई समाप्त गर्न व्यङ्ग्यले निकै ठूलो भूमिका  निर्वाह गर्नेछ ।”


जनकपुरमा २०६१ सालबाट महामूर्ख सम्मेलन हुँदै आएको छ । सो वर्ष महामूर्खको उपाधि मैथिली कवि नरेश ठाकुर, २०६२ सालमा शीतल झा, २०६३ मा हरिबहादुर विसी, २०६४मा ओमकुमार झा, २०६५ मा डा राजेन्द्र बिमल, २०६६ मा रामचन्द्र झा, २०६७ मा सिकेलाल, २०६८ मा  रामभरोष कापड़ि भ्रमर, २०६९मा रामसरोज यादव, २०७० मा डा विजयकुमार सिंह, २०७१ मा शत्रुधन महतो र २०७२ मा पवन सिङ्घानियालाई महामूर्खको उपाधि प्रदान गरिएको थियो ।

विसं २०७३ मा सप्तरीको मलेठमा भएको घटनाका कारण अन्तिम समयमा कार्यक्रम स्थगित गरिएको थियो । २०७४ मा वृषेशचन्द्रलाल , २०७५ मा लालकिशोर साह, २०७६ मा लालबाबु राउत र २०७७ मा मदनकृष्ण श्रेष्ठ र हरिवंश अचार्यलाई महामूर्खको उपाधि प्रदान गरिएको थियो । यसवर्ष महामुर्ख को बन्ने भनेर अहिले जनकपुरधाममा चर्चाको विषय बनेको छ ।

परिषद्का पूर्व अध्यक्ष मदन ठाकुर भन्नुहुन्छ, “महामूर्खको छनोटका लागि तयारी सुरु भइहाल्छ । यसका लागि एक कमिटी गठन गरिन्छ । यसैले निर्णय गर्दै आएको छ । ”

जनकपुरधामको स्थानीय पत्रिका एक हप्ता पहिलादेखि नै को महामूर्ख बन्ने त्यसको नाउँमा चर्चा चलाएको हुन्छ । नेपाल पत्रकार महासङ्घ पूर्व केन्द्रीय सदस्य शैलेन्द्र झा भन्नुहुन्छ, “महामूर्ख जनकपुरधामको  लोकप्रिय कार्यक्रम हो । मिडियामा चर्चा भएपछि कार्यक्रको आकर्षण बढ्ने गर्छ । समान्यतया धेरैलाई लाग्नसक्छ महामूर्ख को बन्छ ? तर आश्चर्यको कुरो यो रहेको छ धेरै कामना गरिरहन्छ यसपाली म महामूर्ख बनु ।”

विसं २०६५ का महामूर्खकको उपाधि प्राप्त गर्नुभएका मैथिलिक वरिष्ठ साहित्यकार डा राजेन्द्रप्रसाद बिमल भन्नुहुन्छ, “उपाधि प्राप्त गर्नु आफैमा ठूलो उपलब्धि रहेको छ, प्रेमले मानिस हरेकथोक अर्थात विषपनि पिउने गरेको इतिहास रहेको छ । यस्तोमा महामूर्ख पाउनु ठूलो कुरो हो ।”


प्रकाशित मिति: बिहीबार, चैत ३, २०७८  १३:२९
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य मंगलबार, भदौ १८, २०८१
चिसापानीको कर्णाली पुलमा भयङ्कर आगलागी, अनुसन्धानमा खुल्यो आगलागीको रहस्य....
चिसापानीको कर्णाली पुलमा भयङ्कर आगलागी, अनुसन्धानमा खुल्यो आगलागीको रहस्य.... मंगलबार, फागुन २९, २०८०
बर्दियाको चार्ज सम्हाले दुई एसपीले, रणनिती र कार्यनिती यस्तो छ......
बर्दियाको चार्ज सम्हाले दुई एसपीले, रणनिती र कार्यनिती यस्तो छ...... बिहीबार, फागुन १०, २०८०
प्रदेशमा प्रहरीलाई दुई ग्रेड थपको सुविधा दिने गृहको सोँच, प्रहरी नेतृत्वको पाँच ग्रेडमा अडान
प्रदेशमा प्रहरीलाई दुई ग्रेड थपको सुविधा दिने गृहको सोँच, प्रहरी नेतृत्वको पाँच ग्रेडमा अडान आइतबार, फागुन ६, २०८०
प्रभु बैंकका अप्रेसन इन्चार्ज नीरजविक्रम बेपत्ता, सवा करोड अपचलन भएको प्रहरीको भनाइ
प्रभु बैंकका अप्रेसन इन्चार्ज नीरजविक्रम बेपत्ता, सवा करोड अपचलन भएको प्रहरीको भनाइ आइतबार, माघ २८, २०८०
जनता विदेशमा, नेपालमा भने भ्रष्ट काण्ड, टीकापुरको सरकारी जग्गा बेच्ने २४९ जनाविरुद्ध मुद्दा
जनता विदेशमा, नेपालमा भने भ्रष्ट काण्ड, टीकापुरको सरकारी जग्गा बेच्ने २४९ जनाविरुद्ध मुद्दा शुक्रबार, माघ २६, २०८०
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्