Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
प्रदेश
  • Home
  • प्रदेश
  • बागमती प्रदेशसभा बैठक : सभासदस्यहरूले के भने ?
बागमती प्रदेशसभा बैठक : सभासदस्यहरूले के भने ?
नेपालकागज
नेपालकागज सोमबार, फागुन ३०, २०७८

मकवानपुर । बागमती प्रदेशसभाको आज बसेको बैठकको विशेष समयमा सभासदस्यहरूले प्रदेश सरकारको गतिविधिमाथि आआफ्नो धारणा व्यक्त गर्नुभयो । बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सदस्यहरूले सरकारले कार्यकर्ता भर्तीको तयारी सुरु गरेको र विधि पद्धतिविपरीत अघिल्ला सरकारले नियुक्त गरेको अस्पताल अध्यक्ष तथा विभिन्न संस्थाका पदाधिकारीलाई दबाब दिएको आरोप लगाउनुभयो ।

उहाँहरुले अघिल्ला सरकारले ल्याएका योजना कटौती गरेर वर्तमान मुख्यमन्त्रीले पार्टी निर्माणका लागि रु पाँच लाखका दरले कार्यकर्तालाई योजना बाँड्ने काम गरेको आरोप लगाउनुभयो । सरकारले चुनावको मुखमा दुई हजार ३०० टुक्रे योजना ल्याएर कार्यकर्तालाई बाँड्नु गलत भएकाले त्यस्तो काम तत्काल रोक्न आग्रह गर्नुभयो ।

यस्तै प्रतिपक्षी दल विवेकशील साझा पार्टी र नेमकिपाका सदस्यहरूले प्रदेश राजधानीका विषयमा समीक्षा गर्नुपर्ने भन्दै सरकार तथा सदनको उचित व्यवस्थापन गरेर चलायमान बनाउन आग्रह गर्नुभयो । उहाँहरुले जनताको सेवासुविधाका क्षेत्रमा काम गर्न सरकारलाई सुझाव दिनुभयो । राज्यलाई आर्थिकभार कम पार्नका लागि मन्त्री र मन्त्रालय सङ्ख्या घटाउनुपर्नेमा उहाँहरूको जोड थियो ।

सत्तापक्षका सदस्यहरूले विगतको चार वर्षसम्म शासन गर्ने दलले गर्न नसकेको काम वर्तमान सरकारले गरेको भन्दै प्रशंसा गर्नुभयो । उहाँहरुले विगत चार वर्षसम्म सरकारको नेतृत्व गरेकाले केही जनताका पक्षमा काम गर्न नसकेका र वर्तमान सरकारले केही हदसम्म भए पनि प्रयास गरेकामा प्रशंसा गर्नुभएको हो ।

उहाँहरुले तीन महिना नेतृत्व गर्ने र चार वर्ष नेतृत्वमा रहेकाबीच तत्काल तुलना गर्न नहुने बताउनुभयो । वर्तमान सरकारलाई विगतको सरकारको जस्तो गल्ती गर्ने छुट नरहेकाले जनताका पक्षमा गम्भीर भएर काम गर्न उहाँहरुले आग्रह गर्नुभयो । उहाँहरूले आम नागरिकले महसुुस गर्ने प्रकृतिको योजना ल्याएर सरकारले जनताको हितसहित आर्थिक विकासमा जोड दिनुपर्ने बताउनुभयो ।

बैठकमा सत्तापक्ष नेकपा एकीकृत समाजवादी पार्टीका डा राजेन्द्रमान श्रेष्ठ, मुनु सिग्देल, लक्ष्मण लम्साल, नेकपा (माओवादी केन्द्र)का युवराज दुलाल, ओमबहादुर ग्लान, नेपाली कांग्रेसका न्हुछेनारायण श्रेष्ठ, भीमसेन खत्री, जीवन डङ्गोल, विजया केसी श्रेष्ठ, प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अष्टलक्ष्मी शाक्य, कैलाशप्रसाद ढुङ्गेल, केशवराज पाण्डे, सरेश नेपाल, दावा दोर्जे लामा, दीपक निरौला, प्रतिपक्ष दल विवेकशील साझा पार्टीका रमेश पौड्याल, शोभा शाक्य, नेमकिपाका सुरेन्द्रराज गोसाईं र राप्रपाका रिना गुरुङले आआफ्नो धारणा व्यक्त गर्नुभएको थियो ।  

त्यस्तै बैठकमा मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले महालेखा परीक्षणको वार्षिक प्रतिवेदन र मुख्य न्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेश गर्नुभएको थियो । बागमती प्रदेशसभाको बैठक आगामी चैत ८ गतेसम्मका लागि स्थगित भएको बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठले जानकारी दिनुभयो ।


प्रकाशित मिति: सोमबार, फागुन ३०, २०७८  १८:१७
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य मंगलबार, भदौ १८, २०८१
चिसापानीको कर्णाली पुलमा भयङ्कर आगलागी, अनुसन्धानमा खुल्यो आगलागीको रहस्य....
चिसापानीको कर्णाली पुलमा भयङ्कर आगलागी, अनुसन्धानमा खुल्यो आगलागीको रहस्य.... मंगलबार, फागुन २९, २०८०
बर्दियाको चार्ज सम्हाले दुई एसपीले, रणनिती र कार्यनिती यस्तो छ......
बर्दियाको चार्ज सम्हाले दुई एसपीले, रणनिती र कार्यनिती यस्तो छ...... बिहीबार, फागुन १०, २०८०
प्रदेशमा प्रहरीलाई दुई ग्रेड थपको सुविधा दिने गृहको सोँच, प्रहरी नेतृत्वको पाँच ग्रेडमा अडान
प्रदेशमा प्रहरीलाई दुई ग्रेड थपको सुविधा दिने गृहको सोँच, प्रहरी नेतृत्वको पाँच ग्रेडमा अडान आइतबार, फागुन ६, २०८०
प्रभु बैंकका अप्रेसन इन्चार्ज नीरजविक्रम बेपत्ता, सवा करोड अपचलन भएको प्रहरीको भनाइ
प्रभु बैंकका अप्रेसन इन्चार्ज नीरजविक्रम बेपत्ता, सवा करोड अपचलन भएको प्रहरीको भनाइ आइतबार, माघ २८, २०८०
जनता विदेशमा, नेपालमा भने भ्रष्ट काण्ड, टीकापुरको सरकारी जग्गा बेच्ने २४९ जनाविरुद्ध मुद्दा
जनता विदेशमा, नेपालमा भने भ्रष्ट काण्ड, टीकापुरको सरकारी जग्गा बेच्ने २४९ जनाविरुद्ध मुद्दा शुक्रबार, माघ २६, २०८०
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्