Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
अपराध
  • Home
  • अपराध
  • अटोमेटिक पेस्तोल र ९ राउन्ड गोली सहित ३ जना बाँकेको डडुवाबाट पक्राउ 
अटोमेटिक पेस्तोल र ९ राउन्ड गोली सहित ३ जना बाँकेको डडुवाबाट पक्राउ 
नेपालकागज
नेपालकागज बुधबार, फागुन १८, २०७८

बाँके । अटोमेटिक पेस्तोल र ९ राउन्ड गोली सहित ३ जनालाई बाँके प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाँकेको नेपालगन्ज उपमहानगरपालिका वडा नं. १८ बस्ने २९ वर्षिय सुसान्त केसी, नेपालगंज उप-महानगरपालिका वडा नं.१२ कोरियनपुर बस्ने २८ वर्षिय दिपेन्द्र अधिकारी र कैलाली जिल्ला लम्किचुहा नगरपालिका वडा नं.३ बस्ने ३२ वर्षिय द्धारीका उपाध्याय रहेका छन । 

उनिहरुलाई प्रहरीले बाँकेको डुडुवा गाउँपालिका वडा नंवर.४ राप्तीपुल नजिक नेपालगंज देखि राप्तीनदी तर्फ बाग्मती प्रदेश ०१-०२५ च ३०९७ नं.को गाडीमा सवार रहेको अवस्थामा चेकजाँच गर्ने क्रममा गाडीको चालक सिटको वाँया तर्फको सिटको सिट कभर भित्र रहेको मेड इन युएसए (Made in USA) लेखेको अटोमेटिक पेस्तोल थान-१, सोही पेस्तोलमा लोड गोली थान -७, सोही सिटमा रहेको उक्त पेस्तोलमा प्रयोग हुने गोली थान -२, उक्त गाडीको सिट पछाडी Challenger लेखेको खैरो रंगको झोला भित्र रहेको खुडा थान-१, नक थान-२ सहित् पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले पत्रकार सम्मेलन गर्दै जानकारी दिएको छ । 

जिल्ला प्रहरी कार्यालय बाँकेले जारी गरेको प्रेस रिलिज अनुसार मिति २०७८।११।१७ गते राती करिब ९ बजेको समयमा बाँकेको डुडुवा गाउँपालिका वडा नंवर।४ राप्तीनदीको पुल नजिक गोली पड्किएको भन्ने सुचना बाँके प्रहरीलाई प्राप्त भएको थियो । सोही सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय बनकट्टी (क) बाँके बाट प्रहरी टोली परिचालित भएको थियो । उक्त प्रहरी टोलीले बाँकेको डुडुवा गाउँपालिका वडा नंवर.४ राप्तीपुल नजिक नेपालगंज देखि राप्तीनदी तर्फ बाग्मती प्रदेश ०१-०२५ च ३०९७ नं.को गाडीमा सवार रहेको अवस्थामा चेकजाँच गर्ने क्रममा ३ जना पक्राउ परेका हुन ।

हेर्नुहोस् जिल्ला प्रहरी कार्यालय बाँकेले जारी गरेको प्रेस वक्तव्य          

मिति २०७८।११।१७ गते २१:०० बजेको समयमा जिल्ला बाँके डुडुवा गा.पा.वडा नं.४ राप्तीनदीको पुल नजिक गोली पड्किएको भन्ने सूचनाको आधारमा यस कार्यालय मातहत ई.प्र.का.बनकट्टी (क) बाँके बाट खटिएको प्रहरी टोलिले जिल्ला बाँके डुडुवा गा.पा.वडा नं.४ राप्तीपुल नजिक नेपालगंज देखि राप्तीनदी तर्फ जाँदै गरेको जिल्ला बाँके नेपालगंज उप-महानगरपालिका वडा नं. १८ बस्ने बर्ष २९ को सुसान्त के.सी.ले चलाएको बाग्मती प्रदेश ०१-०२५ च ३०९७ नं.को गाडी रोकी चेकजाँच गर्ने क्रममा उक्त गाडीको चालक सिटको वाँया तर्फको सिटको सिट कभर भित्र रहेको Made in USA लेखेको अटोमेटिक पेस्तोल थान-१,सोही पेस्तोलमा लोड गोली थान -७, सोही सिटमा रहेको उक्त पेस्तोलमा प्रयोग हुने गोली थान -२, उक्त गाडीको सिट पछाडी Challenger लेखेकोखैरोरंगकोझोलाभित्ररहेको  खुडा थान-१,  नक थान-२समेतसोही गाडीमा फेला पारी बरामद गरि उक्त गाडीका चालक निज शुशान्त के.सी., उक्त गाडीमा सवार जिल्ला बाँके नेपालगंज उप-महानगरपालिका वडा नं.१२ कोरियनपुर बस्ने बर्ष अं.२८ को दिपेन्द्र अधिकारी र जिल्ला कैलाली लम्कीचुहा न.पा.वडा नं.३ बस्ने बर्ष अं. ३२ को द्धारीका उपाध्याय लाई नियन्त्रणमा लिई अनुसन्धान भईरहेको । 
 

पक्राउ ब्यक्तिको विवरण :-
नामथर     : दिपेन्द्र अधिकारी 
उमेर     : २८ वर्ष 
ठेगाना     : जिल्ला बाँके नेपालगंज उप-महानगरपालिका वडा नं.१२

नामथर     : शुशान्त के.सी.
उमेर     : २२वर्ष 
ठेगाना    : जिल्ला बाँके नेपालगंज उप-महानगरपालिका वडा नं.१८  


नामथर     : द्धारीका उपाध्याय
उमेर     : ३२ वर्ष 
ठेगाना    : जिल्ला कैलाली लम्कीदुहा न.पा.वडा नं.३

बरामद सामान : 
 

कानूनी सजाँय : 
मुलुकी फौजदारी संहिता २०७४ को परिच्छेद ६ को दफा १३० को उपदफा २ बमोजिम ७ वर्ष सम्म कैद र ७०,०००।- जरिवाना । 

अनुसन्धानमा खुल्न आएका कुराहरू: 
- पक्राउ परेका तिनै जना साथीहरु रहेको । 
- बरामद हतियार (पेस्तोल) र ११ राउण्ड गोली दिपेन्द्र अधिकारीले ३ महिना पहिला भारत लखनउका असरफ अली संग भा.रु ५०,०००।- मा खरिद गरि ल्याएको । 
- बरामद खुडा शुशान्त के.सी.को रहेको ।
- नक दिपेन्द्र अधिकारीको रहेको । 

मिति २०७८।११।१६ गते शिवरात्रीको दिन दिपेन्द्र अधिकारी र शुशान्त के.सी.बरामद गाडीमा बाँके पार्वतीपुर मन्दिर, बर्दिया बाँसगढीको शिव मन्दिरमा गई फर्की आउदा पुष्पलाल चोक स्थित द्धारीका उपाध्याय संग भेट भई तिनै जना निज द्धारीका उपाध्यायको राप्ती पारी रहेको जग्गा हेर्नजाने भनि साँझ नेपालगंज देखी राप्ती नदी तर्फ गएको । 
साँझ तिनै जना गाडीमा राप्तीपारी तर्फ जादै गर्दा दिपेन्द्र अधिकारीले हतियार लोड गरि २ राउण्ड फायर गरेको । 


दिपेन्द्र अधिकारी संलग्न पुर्व घटनाहरू: 
- मिति २०७१।१०।१४ गते जिल्ला बाँके तत्कालिन ने.ग.१६ हाल वडा नं.१२ वस्ने रंजिव शाह लाई खुकुरी प्रहार गरि ज्यान मार्ने उद्योग गरेको राज कुमारी शाहीको जाहेरीले प्रतिवादी दिपेन्द्र अधिकारी भएको ज्यान मार्ने उद्योग मुद्दामा अदालत बाट धरौटीमा छुटेको । 
- मिति २०७२।१।१५ गते जिल्ला बाँके तक्कालिन ने.ग.१४ हाल वडा नं.११ वि.पि.चोक बाट ५० ग्राम चरेश सहित प्र.स.नि.गणेश विष्टको प्रतिवेदन जाहेरीले प्रतिवादी दिपेन्द्र अधिकारी भएको ला.औ.चरेश मुद्दामा पक्राउ परी अदालत बाट धरौटीमा छुटेको । 
- मिति २०७३।१०।४ गते जिल्ला बाँके तत्कालिन ने.ग.१६ हाल वडा नं.१२ वस्ने मेन बहादुर अधिकारीको घर बाट नगद तथा धनमाल चोरी गरेको मेन बहादुर अधिकारीको जाहेरीले प्रतिवादी दिपेन्द्र अधिकारी भएको चोरी मुद्दामा पक्राउ परी अदालत बाट धरौटीमा छुटेको । 
- मिति २०७३।१२।१६ गते जिल्ला बाँके तत्कालिन ने.ग.१६ हाल ने.ग.१२ नर्सिङ होम नजिक बाट ५०० मिलिग्राम ब्राउनसुगर सहित प्र.ह.कृष्ण पुनको प्रतिवेदन जाहेरीले प्रतिवादी दिपेन्द्र अधिकारी भएको ला.औ.ब्राउनसुगर मुद्दामा पक्राउ परी अदालत बाट धरौटीमा छुटेको । 
- मिति २०७४।१२।०२ गते जिल्ला बाँके तत्कालिन ने.ग.१६ हाल वडा नं.१२ वस्ने डिलाराम पौडलेको घर बाट नगद तथा धनमाल चोरी गरेको डिलाराम पौडेलको जाहेरीले प्रतिवादी दिपेन्द्र अधिकारी भएको चोरी मुद्दामा पक्राउ परी अदालत बाट धरौटीमा छुटेको । 
- मिति २०७६।०६।८ गते जिल्ला बाँके ने.ग.२ न्युरोड स्थित एक होटल संचालिका लाई होटल भित्र नै ज.ज.क.प्रयास गरेको ज.ज.क.उ. मुद्दामा मिति २०७८।०६।०९ गते पक्राउ गरि अदालत बाट धरौटीमा छुटेको । 
- मिति २०७७।०८।११ गते जिल्ला बाँके ने.ग.२ बागेश्वरी मन्दिर नजिक ऐ.ऐ.वस्ने सहर्ष विक्रम शाह लाई खुकुरी प्रहरी गरेको सहर्ष विक्रम शाहको जाहेरीले वादी नेपाल सरपार प्रतिवादी दिपेन्द्र अधिकारी भएको ज्यान मार्ने उद्योग मुद्दामा फरार रहेको । 

 


प्रकाशित मिति: बुधबार, फागुन १८, २०७८  १३:००
#बाँके
प्रतिक्रिया दिनुहोस्
थप अपराध
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ बुधबार, असोज २, २०८१
कैलाली कारागारका एक कैदीको मृत्यु
कैलाली कारागारका एक कैदीको मृत्यु मंगलबार, असोज १, २०८१
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद मंगलबार, भदौ १८, २०८१
युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा दुई कर्मचारीसहित तीन पक्राउ
युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा दुई कर्मचारीसहित तीन पक्राउ आइतबार, भदौ १६, २०८१
रामबहादुर बम्जन बालयौन दुरुपयोग मुद्दामा दोषी ठहर
रामबहादुर बम्जन बालयौन दुरुपयोग मुद्दामा दोषी ठहर मंगलबार, असार १२, २०८१
मालपोत कार्यालय बर्दियामा करोडौँको सेटिङ्गमा भ्रष्टाचार, प्रति कित्ता ७० हजार रेट   
मालपोत कार्यालय बर्दियामा करोडौँको सेटिङ्गमा भ्रष्टाचार, प्रति कित्ता ७० हजार रेट    आइतबार, असार १०, २०८१
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्