Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
प्रदेश
  • Home
  • प्रदेश
  • हिमपातले कतै सास्ती कतै उत्साह : प्राचीनता पनि लोप हुँदै
हिमपातले कतै सास्ती कतै उत्साह : प्राचीनता पनि लोप हुँदै
नेपालकागज
नेपालकागज सोमबार, माघ २४, २०७८

मनाङ । पश्चिमी न्यूनचापीय प्रणाली सक्रिय भएसँगै हिमाली तथा उच्च पहाडी क्षेत्रमा भारी हिमपात भयो । हिमपातले कहीँ उत्साह छाएको छ भने कहीँ सास्ती खेप्नुपरेको छ । हिउँ नपर्ने स्थानमा लामो समयपछि हिमपात हुँदा मानिस खुशी हुन्छन् भने हिमपात हुने स्थानमा दिनचर्यामा समस्याका साथै सास्ती बेहोर्न बाध्य छन् । 

कमै मात्र हिउँ पर्ने स्थानमा हिमपात भएपछि भने आन्तरिक पर्यटकमा खुसी छाएको छ ।  हिमपात नहुने स्थानमा परेपछि हिउँ खेल्नु र सामाजिक सञ्जालमा ‘भाइरल’ गराउनु धेरैको रहर सपनाको विषय बन्ने गरेको पाइन्छ । नेपालका धेरै स्थान तथा गाउँलाई हरेक वर्ष हिउँदमा हिउँकै कारण सकस र सास्तीमा जीवनयापन गर्नुपर्ने बाध्यता भएको मध्ये हिमालपारिको जिल्ला मनाङ  एउटा ज्वलन्त उदाहरणका रूपमा लिन सकिन्छ  । 

हिमाली क्षेत्रअन्तर्गत माथिल्लो मनाङवासीले यार्तुङ पर्व मनाएपछि वर्षायाम सकिएर हिउँदयाम सुरु भएको भन्ने बुझिन्छ । वर्षायामको खेतीपाती थन्क्याएपछि माथिल्लो मनाङले साउनको अन्तिममा यार्तुङ मनाउँछन् । त्यसपछि हिउँदका उराठिला महिना सुरु हुन्छ । 

दुवै याममा निर्माण ठप्प

हिउँदमा अत्यधिक चिसो र हिमपात पर्ने भएकाले माथिल्लो मनाङवासी जाडो र हिमपात छल्न बेंसी झर्ने गर्छन् । वर्षायाममा पानी पर्ने हुँदा यहाँको पर्यटकीय गतिविधि र विकासनिर्माणका काम पूर्ण रुपमा ठप्प हुने गर्छ ।

हिमाली जिल्ला मनाङमा जाडोयाममा हिमपातले विकासनिर्माणको काम तथा पर्यटन व्यवसायका कामकारवाही गर्न सकिँदैन । त्यतिबेला आवश्यक सामग्री ढुवानी तथा विकासका कार्य गर्दा पहिले हिउँ फाल्नुपर्ने समस्या हुन्छ ।  विकासको काम सकिनुभन्दा बढी हिउँ फाल्दा खर्च बढी लाग्न सक्ने भएकाले हिउँदमा पनि विकासका कार्य गर्न सकिँदैन । वर्षायाममा कहिले पनि पानी नपर्ने हिमाली जिल्ला मनाङमा पानी परेर बाढीपहिरोे आएपछि विकासका कार्य गर्न सकिदैन । 

गत असारदेखि यता परेको वर्षाले गर्दा यहाँ धेरै क्षति बेहोर्नुपरेको छ । पानी नपरे पनि पहिरो खस्ने गरेको विकट जिल्ला मनाङमा यस वर्ष वर्षा भएपछि धेरै भौतिक क्षति भयो । पुनःनिर्माणको काम अझैसम्म पनि पूरा भएको छैन । 

जाडो छल्न बेंसी

बर्सेनि कात्तिकदेखि फागुनसम्म मनाङमा हिउँ पर्ने गर्छ । सो अवधिमा माथिल्लो मनाङका अधिकांश घरमा ताल्चा मारिएका हुन्छन् । घरका एकाध मात्र पशुचौपाया र घरको रेखदेख गर्न बसेका व्यक्ति मात्रै हुन्छन् । त्यतिबेला यहाँका सबै मानिस जाडो छल्न र  घुम्ती व्यापार गर्न जिल्ला बाहिर निस्कन्छन् । तल्लो मनाङका पनि कतिपय पर्यटन व्यवसायी र बासिन्दा पनि जाडो छल्न पोखरा, काठमाडौंँ जाने गर्छन् । 

हिउँदमा जिल्लाका सबै नागरिक बेंसी झर्ने यहाँको पुख्र्यौली परम्परा हो । हिउँदमा यहाँ अत्यधिक चिसो हुने र जनजीवन प्रभावित हुने भएकाले मनाङबासी बेंसी झर्नु रहर नभई बाध्यता हो । अत्यधिक चिसो र हिमपातले घरका धारा, सेफ्टी ट्याङकी, सिंचाइ कुलोलगायत जमेर दैनिक जीवनयापनमा असर पु¥याउने भएकाले पनि उनीहरु बेंसी वा जिल्ला बाहिर जान बाध्य छन् । यसरी बेंसी झर्दा घरपालुवा पशुचौपाया र ससाना बालबालिकाको रेखदेख र व्यवस्थापनमा उत्तिकै समस्या पर्छ ।  हिउँदका महिना जिल्लाका सरकारी कार्यालयसमेत करिब करिब सुनसान नै हुन्छन् ।

जलवायु परिवर्तनको प्रभाव

जलवायु परिवर्तनको प्रभावका कारण पछिल्ला वर्षमा स्वाभाविक हिउँ पर्न सकिरहेको छैन । हरितगृह ग्यास उत्सर्जनका कारण वातावरण क्षेत्रमा परेको नकारात्मक प्रभावले हिमाली क्षेत्रमा असमान प्रकारको हिमपात हुने गरेको पाइएको छ । 

मनाङमा कुनै वर्ष अत्यधिक तथा कुनै वर्ष आंशिक हिमपात हुने गर्छ । कुनै वर्ष हिमपातसंँगै तल्लो मनाङमा भारी वर्षा हुने गरेको छ । विगतमा  हिमपातका कारण सयौंँ याक, चौँरी र भेडाच्याङ्ग्रा खर्कमा हिउँमा पुरिएर मरे । त्यसपछि माथिल्लो मनाङमा त्यस्तो भारी हिउँ भने परेको छैन । 

स्थानीयवासी चौंरीपालक किसान याङदुङ गुरुङ विगतमा जस्तो हिउँ नरेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “विगतमा हिमपात धेरै हुन्थ्यो । चुँरी खर्कहरु हिमपातले पुरिने गथ्र्याे । अहिले बेमौसममा हिमपात हुन्छ । विगतमा कात्तिक, म¬ङ्सिरमा मात्रै हिउँ पर्ने गथ्र्याे तर अहिले बेमौसममा हिउँ पर्छ । यसले गर्दा वस्तुभाउको चरण क्षेत्र नासिएको छ ।” चरण क्षेत्र नासिएपछि युवाहरू पशुपालनबाट विमुख भएको उहाँको बुझाइ छ । बेमौसमका हिउँले धेरै वनजङ्गल तथा चरण क्षेत्र र उत्पादनसमेत घटेको उहाँ बताउनुहुन्छ । 

ङिस्याङ गाउँपालिकाका अध्यक्ष कान्छा घले भन्नुहुन्छ, “विगतमा जस्तो हिउँ पर्न सकेको छैन । आंशिक मात्रै परेको छ । तहननहस हुने गरी भारी हिमपात भएको छैन । हिउँदको हिमपात स्वाभाविक नभई असन्तुलित भइरहेको छ ।” विगतमा मनाङको तल्लो क्षेत्रमा समेत पाँच फिटसम्म हिउँ पर्ने गथ्र्यो । हिमपातले कृषि क्षेत्रलाई राहत पु¥याउँथ्यो तर पछिल्लो समयको जस्तो हिउँ देख्न पाइएको छैन ।” उहाँले हिमपातले खुसीसँंगै सास्ती दिने गरेको पनि सुनाउनुभयो । 

मासिए माटाका घर 

यहाँका सदियौँ वर्ष पुराना माटाले बनेका परम्परागत घर छन् । सडक सञ्जाल जोडिएपछि ऐतिहासिक घर क्रमशः मासिएका छन् । सडकको पहुँच, आधुनिकता र जलवायु परिवर्तनका कारण हिउँ नपरी वर्षा हुन थालेपछि माटाले बनेका घर विस्थापन हुने क्रम बढेको छ । 

माथिल्लो मनाङ र नार्पाभूमि क्षेत्रबाहेक अन्य क्षेत्रमा माटाका घर कमै पाइन्छ । जलवायु परिवर्तनले हिउँसँगै पानी पर्न थालेपछि यहाँ पक्की घर बन्न थालेका हुन् । माटाको घरभन्दा सुरक्षित भएकाले पनि पक्की घर बनाउनतर्फ स्थानीयवासी लाग्ने गरेको पाइन्छ । 

हिउँ पर्दा घरमाथि हिउँ थुप्रिएर बस्थ्यो । हिमपातसंँगै वर्षा हुँदा माटाले बनेका घरले थेग्न नसकेर चुहिने, भत्किने क्रम बढेपछि मासिन थालिएको बताइन्छ । हिमपातका कारण घरमाथि हिउँको चाङ लागेपछि स्थानीयवासी हिउँ पन्छ्याउन जुट्छन् । हिउँ नपन्छयाइए पग्लिएर घरभित्र चुहिने हुन्छ । 

याकचौँरी घर नजिक ल्याउने समय

खर्कमा रहेका याकचौँरीसमेत हिमपातकै कारण बस्ती नजिक स्थान्तरण गरिन्छ । पशु चौपायालाई आहारा दिन र न्यानो पार्न तिनलाई बस्ती नजिक सार्ने गरिन्छ । हिमाली क्षेत्रमा हिमपातका बखत ठाउँठाउँमा सडक अवरुद्ध हुँदा पर्यटक तथा कामदारले समेत सास्ती भोग्नुपरेको छ ।

हिमपातले घरबाहिर निस्कन नसक्ने अवस्थामा कामदारले बाक्लो हिउँमा जमेर बसेका पशुचौपायालाई  तातो आहारा दिनसमेत मुस्किल हुने गर्छ । 

किसानमा खुशी

हिमपातले स्थानीयवासीलाई सास्ती भए पनि यहाँका किसान भने उत्साहित हुने गर्छन् । हिउँदयामको हिमपात तिनका लागि वरदान सावित हुने भएकाले उत्साह थपिने गरेको कृषि ज्ञान केन्द्र मनाङका प्रमुख राजेश गुरुङले बताउनुभयो । हिउँले जमिनको भित्री सतहलाई सिंचित गर्ने भएकाले कृषकले लगाएको अन्नबाली फस्टाउने उहाँको भनाइ छ । 

उहाँका अनुसार हिउँले स्याउ, ओखर, उवा, फापर, आलुलगायत फलफूल र अन्नबाली सप्रिन्छ । हिउँले फलफूल तथा तरकारीमा लाग्ने विभिन्न प्रकोपसमेत नियन्त्रण गर्न सघाउने उहाँ बताउनुहुन्छ । प्राङ्गारिक औषधिका रुपमा समेत हिउँको योगदान उत्तिकै हुने गर्छ । पछिल्ला वर्षमा अपेक्षा गरेअनुरूप हिउँ पर्न नसक्दा स्याउलगायत फलफूल र  अन्नबालीमा स्क्याप रोग लागेकाले कम स्याउ उत्पादन हुनाका साथै गुणस्तरसमेत खस्किएको छ । 

‘आइस क्लाइम्बिङ’

पहिले हिउँ खेल्न र  रमाउन जिल्ला बाहिरका उल्लेख्य पर्यटक मनाङ आउने गर्थे । कोभिड –१९ सङ्क्रमणका कारण पछिल्ला तीन वर्ष हिमपातले पर्यटन क्षेत्रलाई योगदान दिन सकेको छैन । हिउँ खेल्ने पर्यटक वृद्धि गर्नाका साथै जोखिममा पर्वतारोहणमा सहयोग पु¥याउने उद्देश्यले ‘आइस क्लाइम्बिङ’ प्रशिक्षण दिइएको छ ।  पहिले नेपाल पर्वतारोहण प्रशिक्षण सङ्घका आयोजनामा नेपाल नेसनल माउन्टेन गाइड एसोसिएसनको सहयोगमा  ङिस्याङ–४ हुम्डेस्थित ‘हुम्डे झरना’मा लेबल –१ अन्तरगतको आइस क्लाइम्बिङ प्रशिक्षण दिइएकामा यसपालि आवश्यक प्रशिक्षार्थी सहभागी गराउन सकिएन ।


प्रकाशित मिति: सोमबार, माघ २४, २०७८  १४:०६
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य मंगलबार, भदौ १८, २०८१
चिसापानीको कर्णाली पुलमा भयङ्कर आगलागी, अनुसन्धानमा खुल्यो आगलागीको रहस्य....
चिसापानीको कर्णाली पुलमा भयङ्कर आगलागी, अनुसन्धानमा खुल्यो आगलागीको रहस्य.... मंगलबार, फागुन २९, २०८०
बर्दियाको चार्ज सम्हाले दुई एसपीले, रणनिती र कार्यनिती यस्तो छ......
बर्दियाको चार्ज सम्हाले दुई एसपीले, रणनिती र कार्यनिती यस्तो छ...... बिहीबार, फागुन १०, २०८०
प्रदेशमा प्रहरीलाई दुई ग्रेड थपको सुविधा दिने गृहको सोँच, प्रहरी नेतृत्वको पाँच ग्रेडमा अडान
प्रदेशमा प्रहरीलाई दुई ग्रेड थपको सुविधा दिने गृहको सोँच, प्रहरी नेतृत्वको पाँच ग्रेडमा अडान आइतबार, फागुन ६, २०८०
प्रभु बैंकका अप्रेसन इन्चार्ज नीरजविक्रम बेपत्ता, सवा करोड अपचलन भएको प्रहरीको भनाइ
प्रभु बैंकका अप्रेसन इन्चार्ज नीरजविक्रम बेपत्ता, सवा करोड अपचलन भएको प्रहरीको भनाइ आइतबार, माघ २८, २०८०
जनता विदेशमा, नेपालमा भने भ्रष्ट काण्ड, टीकापुरको सरकारी जग्गा बेच्ने २४९ जनाविरुद्ध मुद्दा
जनता विदेशमा, नेपालमा भने भ्रष्ट काण्ड, टीकापुरको सरकारी जग्गा बेच्ने २४९ जनाविरुद्ध मुद्दा शुक्रबार, माघ २६, २०८०
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्