Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
प्रदेश
  • Home
  • प्रदेश
  • कर्णाली प्रदेशसभाका चार वर्षः संसदीय प्रणालीमै दुर्लभ अभ्यास
कर्णाली प्रदेशसभाका चार वर्षः संसदीय प्रणालीमै दुर्लभ अभ्यास
नेपालकागज
नेपालकागज शनिबार, माघ २२, २०७८

कर्णाली । राजनीतिक उतारचढावबीच कर्णाली प्रदेशसभाले स्थापनाको शुक्रबार चार वर्ष बिताएको छ । प्रदेशसभाले सप्ताहव्यापी कार्यक्रम आयोजना गरी यसपटक पनि स्थापना दिवस मनाएको छ । स्थापनाका शुरुवाती वर्ष कानुन निर्माण, सरकारी तथा सार्वजनिक कामको अनुगमन र खबरदारी गर्नमा उल्लेख्य भूमिका निर्वाह ग¥यो । 

पहिलो अधिवेशनमै नेपालमै सबैभन्दा पहिले प्रदेशको नामकरण र राजधानी तोक्न सफल भयो । प्रदेशको नाम ‘कर्णाली’ राखिरहँदा अन्य प्रदेशहरु भने केही अघिसम्म ‘नम्बर’ले चिनिँदै थिए । जुन कार्यले अन्य प्रदेश र त्यहाँको नेतृत्वभन्दा कर्णालीले वाहीवाही बटुल्यो । 

नामकरण र राजधानी तोक्ने प्रस्तावपछि कानुन निर्माणमा पनि कर्णाली प्रदेशसभाले उल्लेख्य भूमिका निर्वाह ग¥यो । स्थापनाका तीन वर्षसम्म प्रदेशसभाले ३६ वटा कानुन बनायो । कतिपय कानुनहरु सङ्घीय ऐन नबन्दा प्रदेशसभामा टेबुल हुन पाएनन् । सङ्घीय कानुन नबन्दाको परिणाम प्रदेशका लागि आवश्यक कानुन निर्माणमा अवरोध सिर्जना भयो । 

जसले गर्दा पछिल्लो एक वर्ष प्रदेशसभाले यसका अघि पारित गरेका केही कानुनको संशोधनबाहेक एउटा पनि कानुन पारित गर्न सकेन । सत्ता खिचातानी र फेरबदलका अभ्यासको प्रभावका कारण संवैधानिक बाध्यता टार्न मात्र प्रदेश सरकारले प्रदेशसभा अधिवेशन बोलाउन थाल्यो । 

सभामुख राजबहादुर शाहीले केन्द्रीय राजनीतिमा देखिएको अस्थिरताको असर कर्णालीमा परेको बताउनुभयो । “हामीले राम्रो काम गर्दा गर्दै यहाँको वातावरण धूमिल गराउने काम केन्द्रीय राजनीतिबाटै भयो”, उहाँले भन्नुभयो, “जसले गर्दा प्रदेशसभामा पनि गतिरोध सिर्जना गरियो, सरकारबाट पटकपटक प्रदेशसभा बोलाउन बिलम्व भयो ।” 

संवैधानिक व्यवस्था अनुसार सदनको दुई अधिवेशनबीचको अन्तर छ महिनाभन्दा बढी हुनुहुँदैन । एउटा अधिवेशन अन्त्य भएको छ महिनाभित्र सरकारले अर्को अधिवेशन बोलाइसक्नुपर्छ । पछिल्ला एक वर्ष कर्णालीमा सत्ता खिचातानीका कारण समय घर्किसकेपछि मात्र सभा बोलाउने र केही दिन बैठक बसालेर अधिवेशन अन्त्य गर्ने गलत प्रवृत्ति स्थापित भयो । जसले गर्दा सरकारले प्रदेशसभालाई आवश्यक बिजिनेस नदिएको, अत्यावश्यक कानुन निर्माणको साटो सरकारले अध्यादेशको सहारा लिनुपरेको सभामुख शाहीको भनाइ छ । 

पछिल्ला एक वर्ष भने केन्द्रीय राजनीतिमा आएको सत्ता समिकरणको प्रभावका कारण यहाँ पनि सत्ता फेरबदलका अभ्यास भए । आफ्नै पार्टीका दलका नेताविरुद्ध अविश्वासको प्रस्ताव ल्याउनेदेखि पार्टी निर्णयविरुद्ध ‘फ्लोर क्रस’ गर्ने संसदीय प्रणालीमै दुर्लभ अभ्यास कर्णाली प्रदेशसभामा देखिए । नेकपा (माओवादी केन्द्र) का नेता तत्कालिन 

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमाथि मतदान गर्ने क्रममा २०७८ बैशाख ३ गते एमालेकै चार प्रदेशसभा सदस्यले पार्टी निर्देशन विपरीत मत दिए । एमालेले कारबाही गर्ने र सर्वोच्च अदालतको अन्तरिम आदेशले पद ब्यँतिने भएपछि एमाले र कारबाहीमा परेका प्रदेशसभा सदस्यहरुबीचको जुहारीमै प्रदेशसभा बैठक रुमल्लियो । एमालेको पुनरावलोकन निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्चले यस अघि आफैले दिएको अन्तरिम आदेश खारेज ग¥यो । केही महिना प्रदेशसभामा देखिएको एमाले सांसद विवाद अन्त्य भयो ।  

तत्कालिन सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रमा देखिएको अन्तरसङ्घर्षलाई कर्णालीले थप मद्दत पु¥यायो । नेकपामा अन्तरसङ्घर्ष हुँदै विघटनसम्म पुग्दा उक्त दलका कर्णालीका नेताहरुमा देखिएको चरम वैमनस्यता एउटा कारकका रुपमा देखाप¥यो । यसले प्रदेशसभालाई समेत गतिहीन बनायो । तत्कालिन नेकपाका नेताहरु यामलाल कँडेल र महेन्द्रबहादुर शाहीबीच सम्बन्ध सुधार हुन सकेन ।

शाहीले सरकारको नेतृत्व गरेको अढाई वर्षपछि कँडेलले अविश्वासको प्रस्ताव ल्याउने प्रयास गर्नुभयो । जुन प्रस्ताव शाहीले नेकपा हुँदै र एमाले–माओवादी केन्द्र अलग–अलग हुँदासमेत पटकपटक सामना गर्नुप¥यो । अन्ततः माओवादी केन्द्रका नेता शाही एमालेकै सांसदको सहयोगमा विश्वासको मत लिन सफल हुनुभयो । कर्णालीमा एमाले माओवादी टकराव यत्तिकै रोकिएन । प्रदेशसभाका विभिन्न क्रियाकलापमा यसका बाछिटाहरु देखापरे । एमालेले सदन चल्न नदिएपछि सरकारले बजेटसमेत अध्यादेशबाट ल्याउनुप¥यो । 

मध्यपश्चिम विश्वविद्यालयका पूर्वडिन राजनीतिशास्त्रका ज्ञाता पीताम्बर ढकालले शुरुवाती तीन वर्षमा प्रदेशसभाले धेरै राम्रो काम गरेको बताउनुभयो । “पछिल्लो एक वर्ष कर्णाली प्रदेशका दलहरुमा आएको विसङ्गतिका कारण त्यसको प्रत्यक्ष प्रभाव प्रदेशसभामा प¥यो”, उहाँले भन्नुभयो, “राजनीतिक स्थिरता कायम गर्न यहाँका दलका नेताहरु तयार भएनन्, केन्द्रीय राजनीतिकै रोग भित्रिन थाल्यो ।”

उहाँले अबको बाँकी कार्यकाल पूर्ण उपयोगी बनाउन दलहरुको साझा सङ्कल्प प्रस्ताव ल्याउन जरुरी भएको बताउनुभयो । उहाँले भन्नुभयो, “प्रदेशसभालाई पर्याप्त बिजनेस दिने, प्रदेशसभाका काम–कारबाहीलाई स्वतन्त्र छाड्ने र सरकारलाई गरिने खबरदारीलाई सकारात्मक रुपले ग्रहण गर्न दलका नेताहरुले प्रतिज्ञा गर्नुपर्छ ।”

पछिल्लोपटक सभामुखको पहलमा प्रदेशसभाको गतिरोध अन्त्यका लागि सत्तापक्ष र प्रतिपक्षबीच कर्णालीमा समझदारी बनेको छ । यही माघ १८ गते सभामुखको अध्यक्षतामा बसेको सर्वदलीय बैठकले एमालेले सदन अवरोध खुलाउने र उसले अघि सारेका बजेट तथा कार्यक्रमसंग सम्बन्धित माग सरकारले पूरा गर्ने बुँदागत सम्झौता भएको छ । सम्झौताबाट एमाले र सत्तापक्ष दुवै खुसी छन् । सभामुख शाहीले यो सहमतिले अब सदन निर्वाध चल्ने विश्वास व्यक्त गर्नुभयो । 

उहाँले भन्नुभयो, “निकै मिहिनेत गरेर दुवै पक्षलाई सहमतिमा ल्याइएको छ, सरकारले प्रतिपक्षका माग पूरा गर्न थालिसकेको छ, त्यसैले अब विवाद नहोला ।” एमालेले सत्तापक्षले बजेट तथा कार्यक्रममा आफूलाई पाखा लगाइएको भन्दै असन्तुष्टि जनाएको थियो । 

एमाले निर्वाचित क्षेत्रमा बजेट नपारिएको एमालेको गुनासो छ । सरकारले अब उक्त कमजोरी सच्याउने प्रतिवद्धता जनाएको छ । सभामुख शाहीले सदनमा रोकिएका सबै विधयेकहरु अब प्रक्रियामा जाने बताउनुभयो । “१०÷११ विधयेक समितिमा थन्किएका छन्, अब समितिलाई पनि सक्रिय बनाइन्छ”, उहाँले भन्नुभयो, “पछिल्ला एक वर्षको प्रदेशसभामा रोकिएका सबै काम अघि बढ्छन्, बाँकी एक वर्ष प्रदेशसभालाई उपलब्धीपूर्ण बनाउने प्रयत्न जारी रहन्छ ।”

प्रदेशसभा सचिव जीवराज बुढाथोकीका अनुसार प्रदेशसभामा दर्ता भएका ५७ वटा विधेयकमध्ये ३६ विधेयक पारित भएका छन् । ती सबै प्रदेश प्रमुखबाट प्रमाणीकरण भइसकेका छन् । यस अवधिमा सत्तारुढ गठबन्धन र प्रतिपक्षी नेकपा (एमाले) बीचको द्वन्द्वका कारण संसदीय समितिहरुले राम्ररी काम गर्न सकेका छैनन् । 

कतिपय समिति अझैं नेतृत्वविहिन छन् । समितिलाई नेतृत्व दिने विषयमा सत्तापक्ष–प्रतिपक्षबीच संवाद भइरहेको प्रदेशसभा सचिवालयले जनाएको छ । यहाँ प्रदेश मामिला तथा विधायन, सामाजिक, सार्वजनिक लेखा र अर्थ तथा प्राकृतिक स्रोत गरी चार विषयगत समिति छन् ।

सुरुमा ४० सदस्यीय रहेको प्रदेशसभा हाल ३५ मा झरेको छ । चार जना एमालेबाट निष्काशित भएका र एक जनाले नेकपा (माओवादी केन्द्र) परित्याग गरेका कारण ती पद रिक्त छन् । हाल नेकपा (एमाले) का १३, नेकपा (माओवादी केन्द्र) का १२, नेपाली कांगे्रसका ६, नेकपा (एकिकृत समाजवादी) का ३ र राप्रपाका १ प्रदेशसभा सदस्य छन् । 

संस्थागत विकासमा अब्बल

प्रदेशसभाले चार वर्षको अवधिमा संस्थागत क्षमता विकासमा भने उल्लेख्य सुधार गरेको छ । प्रदेशसभामा श्रव्य दृश्य व्यवस्थापनसहितको सुविधासम्पन्न भिडियो कन्फेरेन्स हल छ, जहाँ प्रदेशका सबै जिल्ला समन्वय समितिमा बसेर भर्चुअल उपस्थितिमा प्रदेशसभासंग जोडिन सकिन्छ । संसदीय समितिले विभिन्न विधयेकहरुमाथि सरोकारवालाको सुझाव लिन थुप्रैपटक भर्चुअल माध्यमको उपयोग गर्ने गरेका छन् । 

संसदीय खुलापनका सहजकर्ता एवं ऋति फाउन्डेसनका कार्यकारी निर्देशक दिनेश गौतमले कर्णली प्रदेशसभा सचिवालयले लाइबे्ररी व्यवस्थापन, वेबसाइट अपडेट, बैठकहरुको दैनिक कार्यसूची र बैठकका संक्षिप्त विवरण नियमित अपडेट गर्नु राम्रो पक्ष भएको बताउनुभयो  ।

अतिरिक्त क्रियाकलापजस्तै जनतासंग प्रदेशसभा, जनतासंग सभामुखलगायतका कार्यक्रम पनि प्रदेशसभा सचिवालयले सञ्चालन गर्दै आएको छ । त्यस्तै सर्वसाधारणका लागि प्रत्येक महिनाको १५ र २९ गते प्रदेशसभा अवलोकनका लागि खुला राखेको छ । संसदीय खुला अभ्यासका लागि सर्वसाधारणलाई संसदका गतिविधिबारे जानकारी दिन यस्तो व्यवस्था मिलाइएको हो । 


प्रकाशित मिति: शनिबार, माघ २२, २०७८  १३:१६
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य मंगलबार, भदौ १८, २०८१
चिसापानीको कर्णाली पुलमा भयङ्कर आगलागी, अनुसन्धानमा खुल्यो आगलागीको रहस्य....
चिसापानीको कर्णाली पुलमा भयङ्कर आगलागी, अनुसन्धानमा खुल्यो आगलागीको रहस्य.... मंगलबार, फागुन २९, २०८०
बर्दियाको चार्ज सम्हाले दुई एसपीले, रणनिती र कार्यनिती यस्तो छ......
बर्दियाको चार्ज सम्हाले दुई एसपीले, रणनिती र कार्यनिती यस्तो छ...... बिहीबार, फागुन १०, २०८०
प्रदेशमा प्रहरीलाई दुई ग्रेड थपको सुविधा दिने गृहको सोँच, प्रहरी नेतृत्वको पाँच ग्रेडमा अडान
प्रदेशमा प्रहरीलाई दुई ग्रेड थपको सुविधा दिने गृहको सोँच, प्रहरी नेतृत्वको पाँच ग्रेडमा अडान आइतबार, फागुन ६, २०८०
प्रभु बैंकका अप्रेसन इन्चार्ज नीरजविक्रम बेपत्ता, सवा करोड अपचलन भएको प्रहरीको भनाइ
प्रभु बैंकका अप्रेसन इन्चार्ज नीरजविक्रम बेपत्ता, सवा करोड अपचलन भएको प्रहरीको भनाइ आइतबार, माघ २८, २०८०
जनता विदेशमा, नेपालमा भने भ्रष्ट काण्ड, टीकापुरको सरकारी जग्गा बेच्ने २४९ जनाविरुद्ध मुद्दा
जनता विदेशमा, नेपालमा भने भ्रष्ट काण्ड, टीकापुरको सरकारी जग्गा बेच्ने २४९ जनाविरुद्ध मुद्दा शुक्रबार, माघ २६, २०८०
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्