Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
समाज
  • Home
  • समाज
  • एकल महिलाद्वारा जग्गादान: ‘सानो छँदै छोराछोरी मरे, म छँदै अस्पताल बनेको हेर्ने धोको छ’
एकल महिलाद्वारा जग्गादान: ‘सानो छँदै छोराछोरी मरे, म छँदै अस्पताल बनेको हेर्ने धोको छ’
नेपालकागज
नेपालकागज बुधबार, माघ ५, २०७८

तस्विर: रोग र शोकले थलिएकी तातोपानी गाउँपालिका–६ जुम्ला हियाँखोला निवासी ६० वर्षीय विष्णुदेवी रोकाय

सुर्खेत । तातोपानी गाउँपालिका–६ जुम्ला हियाँखोला निवासी ६० वर्षीय विष्णुदेवी रोकाय १३ वर्षदेखि एकल जीवन बिताइरहनुभएको छ । पारिवारिक वेदना र समाजको अपहेलनाले रोकाय सामाजिक, मानसिक र शारीरिकरुपले अस्वस्थ बन्दै जानुभएको छ । अहिले उहाँ साहराविहीन अवस्थामा हुनुहुन्छ । 

रोग र शोकले थलिएकी रोकायलाई जीवनमा एकपछि अर्को पीडा थपिरहे । अस्पतालको सुविधा नभएकै कारण २०५३÷५४ तिर दुःख गरेर हुर्काइसकेका एक छोरा एक छोरी बिरामी हुँदा राम्रो उपचार नपाएरै बिते । उनीहरुको मृत्युले पारेको पीडा नसकिँदै २०५८ सालमा १८ वर्षको छोरा छक्क रोकायको पनि मृत्यु भयो । 

नेकपा माओवादीले चलाएको तत्कालीन सशस्त्र विद्रोहका क्रममा भूमिगत समयमा बम विस्फोट भएर छक्कको मृत्यु भएको थियो । छोराको पीडा नसकिँदै २०६६ सालमा श्रीमान् नरबहादुर रोकायको मृत्यु भयो । एकमाथि अर्को पीडा सहेर एकल जीवन जिइरहेकी रोकायले भने आफ्नो पीडाभन्दा ज्यादा समाजले भोग्नुपरेको समस्याबारे पनि चिन्ता गर्नुभयो । 

“सानो छँदै छोराछोरी मरे । ती मरेका लालाबालाबाट लागेको पीडाको घाउ नमेटिँदै ठूलो छोरा बित्यो,” गहभरिको पीडा ओकल्दै उहाँले भन्नुभयो, “पछि आएर आफ्नो जीवनसँगीले नै छोडेर गएपछि १३ वर्षदेखि एक्लो जीवन छ । एक्लो भएर होला, समाजले पनि निकै अपमान खेपिरहेकी छु । आखिर चित्त बुझाएर बस्दा पनि समाजले सुख दिएन ।” 

अपमान सहेर एक्लै बस्दा कोही छिमेकीको सहयोग पाउन नसकेको बरु आफूमाथि कुटपिट भएको उहाँले पीडा पोख्नुभयो । “पीडाकै बीचमा मेरा छोराछोरी छैनन् अब त्यो जग्गा के गर्दा ठीक होला भनेर मनमा कुरा खेलाए”, उहाँले भन्नुभयो, “अनि सोचे कि पछि जन्मने पनि त मेरा छोराछोरी जस्तै हुन् । उनीहरुको उपचार गर्ने अस्पतालका लागि यो जग्गा दिनुपर्छ ।”

श्रीमान् नरबहादुर र छोरा छक्क रोकायको सम्झनामा गाउँ सरकारलाई जग्गादान गरेको उहाँले बताउनुभयो । जग्गादान गरेको चार वर्षपछि मात्र आधिकारिक रुपमा गाउँ सरकारका नाममा गएपछि रोकायलाई अलि चित्त बुझेको छैन । उहाँले भन्नुभयो, “जग्गा चार वर्षअघि दिए, पास अहिले भयो । अहिलेसम्म त अस्पताल निर्माण भइसक्थ्यो नि ?”

गरिब, दुःखीहरुको मुक्तिका लागि युद्ध लडेको छोराले आफ्नो बलिदानपछि सम्पूर्ण जग्गा पार्टीकै नाममा गर्नु आमा भनेकाले विशेषगरी उसकै योगदानको स्मरणमा सुरुमा नेकपा माओवादी पार्टीका नाममा जग्गादान खोजेको उहाँले जनाउनुभयो । तर पछि पार्टीभन्दा पनि सबैले त्यसको लाभ लिन सकून् भनेर सोही वडाको रु ३८ लाख ८२ हजार ६०० बराबरको जग्गादान गाउँ सरकारलाई गरिएको उहाँले बताउनुभयो । 

तातोपानी गाउँपालिकाका अध्यक्ष नवराज न्यौपानेले एकल महिला रोकायले दिलैदेखि गाउँ सरकारलाई जग्गा दान गरेको बताउनुभयो । “आँफै साहराविहीन र पीडामा परेको महिलाले अरूको पीडा बुझ्ने कुरा चानचुने होइन,” अध्यक्ष न्यौपानेले भन्नुभयो, “गाउँपालिकाले उहाँको योगदानलाई उचित कदर गर्नेछ ।” 

उक्त गाउँपालिकाका स्वास्थ्य सयोजक गुरुप्रसाद न्यौपानेले रोकायले दुई कित्ता गरेर तीन हजार ८८२.५ वर्गमिटर जग्गा गाउँपालिकाका अस्पतालका नाममा पास गरेको बताउनुभयो । संयोजक चौलागाईंले उक्त जग्गामाथि अब गाउँ सरकारको सुविधा सम्पन्न अस्पताल निर्माण गरिने बताउँदै रोकाय दम्पती र छोरा छक्कसहितको इतिहास रहिरहने गरी योगदानको कदर गरिने जनाउनुभयो । 

उहाँका अनुसार आफ्नो परिवारका सन्तान कोही नहुँदा वरिपरिकाले जग्गामाथि अहिले पनि आँखा गाडिरहेका छन् तर उहाँको संरक्षण गर्ने मान्छे कोही छैनन् । अहिले रोकाया तातोपानी गाउँपालिका–५ निवासी लक्ष्मण पाण्डेसँग आश्रय लिएर बस्नुभएको छ । रोकायले भन्नुभयो, “मेरै ठाउँमा बनाइदिएको भए कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लालाई आवश्यक जग्गा दिने योजना थियो । तर त्यो मेरो धोको पूरा भएन । त्यो नभए पनि भोलिका दिनमा मेरा छोराछोरी जस्तो उपचार नपाएर कोही कसैले अकालमा ज्यान गुमाउनु नपरोस् भनेर आउँदो पुस्ताको स्वस्थ र सुरक्षित जीवनमा सहयोग पुगोस् भनेर भूमिदान गरेकी छु ।” 

‘म छँदै अस्पताल बनेको हेर्ने धोको छ’ एकल महिला विष्णुदेवी रोकाय ज्वरो र कपाल दुख्ने रोगबाट गत साउनमा निकै थलिनुभयो । उहाँलाई त्यतिबेला बाँचुला भन्ने आशा हराएको थियो । सौभाग्यवशः उहाँ बाँच्न सफल हुनुभयो । अहिले भने आँखा देख्न नसक्ने रोगले उहाँ ग्रसित हुनुहुन्छ । आँखा देख्न छोडेपछि यतिबेला रोकाय कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आँखाको शल्यक्रिया गर्न आउनुभएको छ । साहाराविहीन उहाँलाई तातोपानी–६ हाँकु जुम्लाका स्थानीयवासी लक्ष्मण पाण्डेले नै उपचारमा सघाउनुभएको छ ।

सुर्खेत पुगेकी रोकायले भन्नुभयो, “अस्पताल निर्माण गर्न भनेर चार वर्षअघि जग्गा दिएँ तर त्यसको उपभोग गरिएन । एक महिनाअघि मात्र पास गर्ने काम भयो । मैले दिएको जग्गामाथि अस्पताल बनेको हेर्ने मेरो निकै ठूलो धोको छ । जतिसक्दो गाउँ सरकारले छिट्टै अस्पताल निर्माण गरिदेओस् ।” 


प्रकाशित मिति: बुधबार, माघ ५, २०७८  १७:०५
#समाजसेवा
प्रतिक्रिया दिनुहोस्
थप समाज
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा मंगलबार, असोज १, २०८१
पहिरोमा पुरिएका वडा सदस्य दम्पतीको मृत्यु
पहिरोमा पुरिएका वडा सदस्य दम्पतीको मृत्यु आइतबार, भदौ २३, २०८१
आज कुशे औँसी, बुवाको मुख हेर्ने दिन
आज कुशे औँसी, बुवाको मुख हेर्ने दिन सोमबार, भदौ १७, २०८१
बाँके प्रेस युनियनको तीज लेखनबृत्ति प्रतियोगिताः सरला प्रथम
बाँके प्रेस युनियनको तीज लेखनबृत्ति प्रतियोगिताः सरला प्रथम आइतबार, भदौ १६, २०८१
म ईलामुद्धिन बेहना, उमेर १९ वर्ष, मेरो अपराध यस्तो छ.....त्यसैले मेरो जग्गा खान अपराधी नै लागेका छन्
म ईलामुद्धिन बेहना, उमेर १९ वर्ष, मेरो अपराध यस्तो छ.....त्यसैले मेरो जग्गा खान अपराधी नै लागेका छन् मंगलबार, जेठ १५, २०८१
पत्रकार शिवेन्द्र रोहिताको मृत्यु,घटनाको अनुसन्धान जारी 
पत्रकार शिवेन्द्र रोहिताको मृत्यु,घटनाको अनुसन्धान जारी  शनिबार, जेठ ५, २०८१
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्