Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
प्रदेश
  • Home
  • प्रदेश
  • कुखुराको दानाका लागि आवश्यक कच्चा पदार्थको मूल्यमा उच्च वृद्धि, दानाको मूल्य पनि बढ्यो
कुखुराको दानाका लागि आवश्यक कच्चा पदार्थको मूल्यमा उच्च वृद्धि, दानाको मूल्य पनि बढ्यो
नेपालकागज
नेपालकागज शुक्रबार, पुस २, २०७८

चितवन । कुखुराको दानाका लागि आवश्यक कच्चा पदार्थको मूल्यमा उच्च वृद्धि भएको छ । कोभिड–१९ का कारण अन्तर्राष्ट्रिय बजार प्रभावित भएपछि मूल्यवृद्धि भएको बताइएको छ । कच्चा पदार्थको मूल्यवृद्धिसँगै दानाको मूल्य पनि बढेको छ । जसका कारण कुखुरापालक किसान प्रत्यक्षरूपमा प्रभावित भएका छन् ।

नेपालका ठूला दाना उद्योगमध्येको एक स्काइलार्क एग्रो प्रालिका प्रबन्ध सञ्चालक टीकाराम पोखरेलका अनुसार दानाका लागि आवश्यक पर्ने कच्चा पदार्थमा भारी मूल्यवृद्धि भएको छ । गत वर्ष प्रतिकिलो रु ७२ हाराहारी पर्ने भटमास हाइब्रो अहिले रु १२० प्रतिकिलो परेको छ । यसैगरी सामान्य भटमास रु ११० पर्ने गरेको छ । जुन गत वर्ष रु ६२ प्रतिकिलोमात्रै थियो ।

मकै रु ३२ बाट बढेर रु ३८ पुगेको छ । तेल रु १६० प्रतिलिटरबाट रु २४२ पुगेको छ । पोखरेलका अनुसार ढुटो रु २८ बाट ३३ पुगेको छ । मूल्यवृद्धि बढी भएको भटमासको पिना र मकै गरी ७५ प्रतिशत हाराहारी दानामा प्रयोग हुने गर्दछ । यसैगरी रु ५० पर्ने डिसीपी रु १२० प्रतिकिलो पुगेको छ । भिटामिन, मिनिरल्स, औषधिमा पनि ३० देखि ४० प्रतिशत मूल्यवृद्धि भएको उहाँको भनाइ छ ।

कच्चा पदार्थको मूल्य बढेपछि दानाको मूल्य केही बढे पनि लागत मूल्य पाउनै मुस्किल रहेको उहाँले जानकारी दिनुभयो । पोल्ट्री व्यवसायी महासङ्घका उपाध्यक्षसमेत रहनुभएका पोखरेल यसबाट कुखुरापालक किसान प्रत्यक्षरूपमा प्रभावित भएको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “एकातर्फ दानाको मूल्य बढ्यो, अर्काेतर्फ पोल्ट्रीजन्य उत्पादनको मूल्य घटेको छ, जसले गर्दा किसान मारमा परेका छन् ।”

किसान दाना उद्योग प्रालिका कार्यकारी निर्देशक विनोद पोखरेल दानाको कच्चा पदार्थका कारण दानाको लागत मूल्य बढेको बताउनुहुन्छ । पोखरेल समूहको नवलपरासीमा तीन लाख हाराहारी कुखुरा रहेका छन् । दानाको मूल्य बढ्दा लागत बढेको तर त्यसैअनुसारको अण्डा र मासुको मूल्यवृद्धि हुन नसक्दा समग्र किसान प्रभावित भएको उहाँको भनाइ छ । दानाको कच्चा पदार्थको मूल्यवृद्धिलाई आफूले अस्वाभाविकरूपमा लिएको उहाँले बताउनुभयो । उहाँले भटमास र मकैमा लाग्ने कृषि सुधार शुल्क शून्यमा झार्न सकेमा केही लागत घट्ने जानकारी दिनुभयो ।
 
नेपाल दाना उद्योग सङ्घका पूर्वध्यक्ष डा तिलचन्द्र भट्टराई भारत, ब्राजिल, दक्षिण अमेरिकी देशहरूबाट भटमासको पिना आउने गरेकामा कोभिडसँगै विभिन्न खालका समस्या देखिएर ल्याउन कठिन भएको बताउनुहुन्छ । भारतमा मकै र भटमासको उत्पादन घटेको भन्दै उहाँले मकै बङ्गलादेशबाट आउने गरेकामा ल्याउन कठिन भएको बताउनुभयो । तेस्रो मुलुकमा सामान पाए पनि कन्टेनर नपाउँदा समस्या आएको भट्टराईको भनाइ छ ।
 
डा भट्टराईले भन्नुभयो, “कोभिडले अन्तर्राष्ट्रिय व्यापारको सञ्जाल भत्किएको छ, जसले मूल्यवृद्धि गरायो ।” भारतमा मकै, भटमासजस्ता वस्तुको उत्पादन घटेको र तेस्रो मुलुकबाट सामान आयात गर्न समस्या भएपछि मूल्यवृद्धि भएको उहाँको भनाइ छ । दानामा ढुटो, डिओसी, तोरीको पिना, मिनिरल, भिटामिन, क्याल्सियमका स्रोतहरू आवश्यक पर्दछ । ती सबैको मूल्यमा वृद्धि भएको उहाँले जानकारी दिनुभयो ।
 
नेपाल दाना उद्योग सङ्घका अध्यक्ष रविन पुरी भटमासको पिना नयाँ आउने बेलामा अस्वाभाविक मूल्यवृद्धि भएको बताउनुहुन्छ । अहिले दानाको लागत मूल्यमा प्रतिकेजी रु २१ हाराहारी मूल्यवृद्धि भएको छ । यद्यपि व्यवसायीहरूले प्रतिकिलो रु ५.५० देखि ६.५० सम्म बढाएको उहाँको भनाइ छ । आर्थिक वर्ष २०७४÷७५ सम्म बाहिरी देशबाट भटमासको पिना र मकै ल्याउँदा १.६ प्रतिशत कृषि सुधार शुल्क लाग्ने गरेकामा त्यसयता मकैमा पाँच प्रतिशत र भटमासको पिनामा नौ प्रतिशत शुल्क लाग्ने गरेको उहाँले बताउनुभयो । यसले गर्दा दानामा प्रतिकिलो रु चार बढेको पुरी बताउनुहुन्छ । हाल दानाको मूल्य रु ६० देखि ८० सम्म प्रतिकिलो पर्ने गरेको छ ।
 
विश्वभर कृषि क्षेत्रमा बाह्य देशबाट आउने कच्चा पदार्थमा शून्य प्रतिशत शुल्क लाग्ने भए पनि नेपालमा सरकारले यसतर्फ ध्यान नदिँदा आफूहरु प्रभावित भएको उहाँको भनाइ छ । सबैभन्दा धेरै खपत हुने भटमासको पिना ९९ प्रतिशत र मकै ७५ प्रतिशत विदेशबाट आयात हुने गर्दछ । पुरीका अनुसार गत साल रु ३३ अर्ब हाराहारीको मकै र भटमास भित्रिएको थियो । यस वर्ष रु ४० अर्बभन्दा बढी आयात हुने अनुमान गरिएको छ । पोल्ट्रीका लागि आवश्यक पर्ने कच्चा पदार्थ विदेशबाट आयात गर्नुपर्ने भए पनि यसको उत्पादन भने आत्मनिर्भर रहेको छ ।


प्रकाशित मिति: शुक्रबार, पुस २, २०७८  १०:१३
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य मंगलबार, भदौ १८, २०८१
चिसापानीको कर्णाली पुलमा भयङ्कर आगलागी, अनुसन्धानमा खुल्यो आगलागीको रहस्य....
चिसापानीको कर्णाली पुलमा भयङ्कर आगलागी, अनुसन्धानमा खुल्यो आगलागीको रहस्य.... मंगलबार, फागुन २९, २०८०
बर्दियाको चार्ज सम्हाले दुई एसपीले, रणनिती र कार्यनिती यस्तो छ......
बर्दियाको चार्ज सम्हाले दुई एसपीले, रणनिती र कार्यनिती यस्तो छ...... बिहीबार, फागुन १०, २०८०
प्रदेशमा प्रहरीलाई दुई ग्रेड थपको सुविधा दिने गृहको सोँच, प्रहरी नेतृत्वको पाँच ग्रेडमा अडान
प्रदेशमा प्रहरीलाई दुई ग्रेड थपको सुविधा दिने गृहको सोँच, प्रहरी नेतृत्वको पाँच ग्रेडमा अडान आइतबार, फागुन ६, २०८०
प्रभु बैंकका अप्रेसन इन्चार्ज नीरजविक्रम बेपत्ता, सवा करोड अपचलन भएको प्रहरीको भनाइ
प्रभु बैंकका अप्रेसन इन्चार्ज नीरजविक्रम बेपत्ता, सवा करोड अपचलन भएको प्रहरीको भनाइ आइतबार, माघ २८, २०८०
जनता विदेशमा, नेपालमा भने भ्रष्ट काण्ड, टीकापुरको सरकारी जग्गा बेच्ने २४९ जनाविरुद्ध मुद्दा
जनता विदेशमा, नेपालमा भने भ्रष्ट काण्ड, टीकापुरको सरकारी जग्गा बेच्ने २४९ जनाविरुद्ध मुद्दा शुक्रबार, माघ २६, २०८०
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्