Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
अपराध
  • Home
  • अपराध
  • काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट मोटरसाइकल चोरीका गिरोह पक्राउ
काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट मोटरसाइकल चोरीका गिरोह पक्राउ
नेपालकागज
नेपालकागज मंगलबार, मंसिर २१, २०७८

काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट मोटरसाइकल चोरी गरी बिक्री वितरण गर्ने गिरोहलाई नियन्त्रणमा लिइ आज सार्वजनिक गरेको छ ।  

महाशाखाबाट सादा पोशाकमा खटिएको टोलीले काठमाडौँका विभिन्न स्थानमा विशेष ‘अपरेसन’ सञ्चालन गरी मोटरसाइकल चोरी गर्नै समूहका सात जनालाई पक्राउ गरेको हो । टोलीले रौतहट चन्द्रनिगाहापुर– ९ सन्तपुर घर भई हाल कीर्तिपुर बस्ने वर्ष १९ को नरकुमार पुडासैनीलाई गत वर्षका माघमा बानेश्वरबाट हराएको प्र ३–०२–०१३प ३६६० नं को २२० सिसिको पल्सर मोटरसाइकलको नम्बर परिवर्तन गरी चलाइरहेको अवस्थामा पशुपति क्षेत्रबाट पक्राउ गरिएको थियो ।

 उनीमाथिको थप अनुसन्धानका क्रममा न्यूरोडबाट जुम्ला सिञ्जा गाउँपालिका– ६ घर भई हाल कीर्तिपुर बस्ने वर्ष २० को पुन्दलाल बुढालाई मोटरसाइकलसहित पक्राउ गरिएको जनाइएको छ । यही ८ गते बत्तीसपुतलीबाट हराएको बा प ०२÷०२२प ६५१८ नम्बरलाई परिवर्तन गरी बा प्र–०२–०२५ प १३९१ प्रयोग गरिरहेका बेला बुढा पक्राउ परेका हुन् । 

कीर्तिपुर क्षेत्रबाट काठमाडौँका सन्तोष महर्जनसहित रौतहट घर भई सानोभ¥याङ बस्ने वर्ष ३४ को ज्ञानेन्द्र चौधरी, रौतहट गुजरा घर भई हाल बानेश्वर बस्ने वर्ष ३२ को रविकुमार कुशवाहा, उदयपुर घर भई हाल कीर्तिपुर बस्ने कमलबहादुर बस्नेत र बारा गढीमाई घर भई कीर्तिपुर बस्ने वर्ष २२ को रञ्जीतप्रसाद गुप्तालाई पनि पक्राउ गरिएको ट्राफिक महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिनुभयो । 

पक्राउ परेका चौधरी पटक–पटक मोटरसाइकल चोरीमा कारबाही भोगेका व्यक्ति हुन् । रौतहटका चौधरी र कुशवाहा मोटरसाइकल चोरी गिरोहका मुख्य व्यक्ति रहेकोसमेत अनुसन्धानबाट देखिएको एसएसपी भट्टराईले जानकारी दिनुभयो । त्यसैगरी कीर्तिपुरबाट पक्राउ परेका रञ्जीतप्रसाद गुप्ताले चोरी गरी ल्याएका मोटरसाइकललाई ग्यारेजमा सुरक्षित राख्ने, सामान फेरबदल गर्ने गरेको पाइएको छ ।   

गुप्ता कीर्तिपुरमा रहेको रञ्जित मोटरसाइकल वर्कसपका सञ्चालकसमेत रहेको खुल्न आएको महाशाखाले जनाएको छ । पक्राउ परेका गुप्ता र सन्तोष महर्जनले ग्राहक खोज्ने र सस्तो मूल्यमा मोटरसाइकल किनबेच गर्ने मुख्य भूमिका खेल्ने गरेको अनुसन्धानबाट खुल्न आएको महाशाखाले जनाएकोछ ।

उनीहरुले इञ्जिन तथा विभिन्न भाग काटेर टुक्रा पारेको अवस्थामा यही असोजमा ताहाचलबाट हराएको बा–प्र–०२–०१९प ९४९८ नं को मोटरसाइकलसमेत बरामद गरिएको महाशाखले जानकारी दिएको छ । 

पक्राउ गरिएको मोटरसाइकल र चोरीमा संलग्नलाई आवश्यक कारवाहीको लागि विभिन्न महानगरीय प्रहरी वृत्तमा पठाइएको छ । 
 


प्रकाशित मिति: मंगलबार, मंसिर २१, २०७८  १३:४८
प्रतिक्रिया दिनुहोस्
थप अपराध
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ बुधबार, असोज २, २०८१
कैलाली कारागारका एक कैदीको मृत्यु
कैलाली कारागारका एक कैदीको मृत्यु मंगलबार, असोज १, २०८१
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद मंगलबार, भदौ १८, २०८१
युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा दुई कर्मचारीसहित तीन पक्राउ
युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा दुई कर्मचारीसहित तीन पक्राउ आइतबार, भदौ १६, २०८१
रामबहादुर बम्जन बालयौन दुरुपयोग मुद्दामा दोषी ठहर
रामबहादुर बम्जन बालयौन दुरुपयोग मुद्दामा दोषी ठहर मंगलबार, असार १२, २०८१
मालपोत कार्यालय बर्दियामा करोडौँको सेटिङ्गमा भ्रष्टाचार, प्रति कित्ता ७० हजार रेट   
मालपोत कार्यालय बर्दियामा करोडौँको सेटिङ्गमा भ्रष्टाचार, प्रति कित्ता ७० हजार रेट    आइतबार, असार १०, २०८१
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्