Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
प्रदेश
  • Home
  • प्रदेश
  • यातायात कार्यालय भक्तपुरमा कर्मचारीको चरम लापरवाही: बिहान ७ बजेदेखि लाइन बस्दै सेवाग्राही
यातायात कार्यालय भक्तपुरमा कर्मचारीको चरम लापरवाही: बिहान ७ बजेदेखि लाइन बस्दै सेवाग्राही
नेपालकागज
नेपालकागज मंगलबार, मंसिर १४, २०७८

भक्तपुर । भक्तपुरको जगातीस्थित यातायात व्यवस्था कार्यालयको सवारी चालक अनुमतिपत्र दिने कार्यालयमा आउने सेवाग्राहीले दैनिक सास्ती भोग्नु परेको छ । 

कोराना भाइरस सङ्क्रमण रोकथाम तथा न्यूनीकरणका लागि सरकारले लामो समयसम्म लागू गरेकोे बन्दाबन्दीका कारण एकै पटक धेरै सेवा दिनुपर्ने समस्याले कार्यालयमा आउने सेवाग्राहीलाई सास्ती भोग्नु परेको बताइएको हो । सेवा लिन बिहान ७ बजेदेखि लाइन बस्नेले समयमै सेवा नपाउने समस्या त छदैछ, त्यसमाथि पनि कर्मचारीको चरम लापरवाहीले निकै सास्ती खेप्नु परेको गुनासो पनि उत्तिकै छ । 

दैनिक ठेलमठेल भीडले कोरोना भाइरस सङ्क्रमणको जोखिम पनि उत्तिकै बढाएको सेवाग्राही बताउँछन् । काभ्रेलाञ्चोक बनेपाबाट बिहान ८ बजे आएर लाइन बसेकी २६ वर्षीय उर्मिला कार्कीले यातायात कार्यालय जगातीमा ठेलमठेल हुँदा निकै सास्ती खेप्नु परेको बताउनुभयो । उहाँले भन्नुभयो, “म बिहान ८ बजे आउँदा नै लामो लाइन भइसकेको रहेछ, १० बजे कर्मचारी आउने बेलासम्म त भीडले पाइला राख्ने ठाउँ नै छैन, उताबाटयता ठेल्छन्, यताबाटउता, लाइन एकछिनमा कहाँ पुग्छ, पैसा तिरेर पनि यति धेरै सास्ती खेप्नुपर्ने कस्तो व्यवस्था हो, सरकार हाम्रो देशको ।”

सेवा लिन कोटेश्वरबाट आएकी २३ वर्षीया सकुन्तला श्रेष्ठको गुनासो पनि उस्तै छ । उहाँले भन्नुभयो, “यस्तो भीडमा त महिला र पुरुषको लाइन छट्टाछुट्टै राख्नुपर्ने हो, सडकमै लाइन बस्नुपर्छ, साँघुरो सडकमा चारवटा लाइन कोचिएर उभिँदा पनि मान्छेमाथि मान्छे बसे जस्तो हुन्छ, हामी महिलाका पीडा कसैले बुझ्ेनन् ?” 

कर्मचारीको व्यवहार सेवाग्राहीमैत्री नदेखिएको ललितपुरको महालक्ष्मी नगरपालिका लुभुबाट सेवा लिन आएका सुन्दर राउतको भनाइ छ । उहाँले भन्नुभयो, “कुन सेवाग्राहीले कहाँ र कसरी सेवा लिने पत्तो छैन, सबै भद्रगोल लाइन बस्छन्, १० फुटको साँघुरो बाटोमा चारवटासम्म लाइन राखिएको हुन्छ, फेरि कर्मचारीले सेवाग्राहीलाई प्रष्टसँग बुझाउँदैनन्, उताबाटउता जा, भन्छन्, उताबाट फेरिउता जा भन्छन्, नबुझेर सोधे झर्किन्छन् ।”

कुन लाइनकता बस्ने, सवारी चालक अनुमति पत्रको नयाँ र नवीकरणको लाइन कहाँ बस्ने, राजस्व कहाँ तिर्ने केही पत्तो नहँुदा पनि सास्ती भोग्नु परेको सेवाग्राही बताउँछन् । काममा ढिलो हुने गरेपछि सेवाग्राहीले हुटिङ गर्ने र कराउने गरेका छन् । काठमाडौंँ मूलपानीबाट आएका रोमन थापाले आक्रोस व्यक्त गर्दै भन्नुभयो, “एउटा नवीकरण गर्न एक दिनले पनि भ्याउँदैन्, कर्मचारी १० बजे आउँछन्, उनीहरुलार्इं सधैँ देखेको भीड उस्तै लाग्ला, हामीलाई भने निकै सास्ती भो, पैसा तिरेर सहज सेवा नपाउनु यो कस्तो प्रवृत्ति हो ।”
    
कोरोना महामारीका बाबजुद यहाँ भौतिक दूरी कायम गर्न परै जाओस्, स्वास्थ्य सुरक्षासम्बन्धी कुनै पनि मापदण्ड पालना भएको पाइदैन । सरकारी कार्यालयले कर प्रणालीलाई अनलाइन र टोकनमार्फत व्यवस्थित गर्ने भनिए पनि जगातीस्थित यातायात कार्यालयमा लाइन लागेरै कर बुझाउनुपर्ने बाध्यता छ । एउटा सेवा लिन आउँदा तीन ठाउँमा लाइन बस्नुपर्ने बाध्यता रहेको गुनासो सेवाग्राहीको छ । 

कार्यालयमा बिचौलिया हाबी भएको गुनासो पनि सेवाग्राहीको छ । सेवाग्राही कल्पना महर्जनले भन्नुभयो, “यहाँ त बिचौलिया पनि धेरै रहेछन्, बिचौलियालाई रोक्न नसक्दा पनि लाइन बस्ने सेवाग्राही मारमा परेका छन् ।” यातायात व्यवस्था कार्यालय भक्तपुरका प्रमुख शशीशङ्कर महर्जनले अझै केही दिनसम्म कार्यालयमा यस्तै भीड हुने बताउनुभयो । 

यातायात व्यवस्था विभागले नयाँ र पुरानोलाई एकैपटक बोलाइदिएकाले भीड भएको उहाँको भनाइ छ । “लामो समयको लकडाउनका कारण पनि भीड बढेको हुन सक्छ”,  उहाँले भन्नुभयो, “झण्डै १४ महिनाको लकडाउनले यहाँको काम प्रभावित भयो, त्यसपछि अहिले एकै पटक नयाँ अनलाइन फाराम पनि खुल्यो, पुराना बाँकी भएका, लकडाउन अगाडि र बीचमा छुटेका, पुनःप्रयोगात्मक परीक्षा (रि–ट्रायल) गर्नुपर्ने, नवीकरण गर्नुपर्ने सबैलाई एकै पटक सेवा दिनुपर्दा अहिले भीडको समस्या आएको हो । एक महिना अघिको भन्दा त अहिले कम भइसक्यो, अझै केही सातापछि कम हुन्छ ।”
    
सेवाग्राहीको गुनासो आएपछि टोकन प्रणाली सुरु गरेको बताउँदै उहाँले कार्यालय समय सुरु हुने वित्तिकै १० बजे लाइनमा बसेका सेवाग्राहीलाई टोकन बाँड्ने गरेको बताउनुभयो । अहिले दिनमा ४०० देखि ६०० सम्म सेवाग्राही आउने गरेको बताउँदै उहाँले राजस्व बुझाउन ३ बजे बैंँक बन्द भए पनि ४ बजेसम्म राजस्व लिने र भोलि पल्ट दाखिला गर्ने गरेको उहाँले बताउनुभयो ।
    
जनशक्तिको आधारमा मुस्किलले दैनिक ३०० जनासम्मलाई सेवा दिनसक्ने क्षमता भए पनि दोब्बर सङ्ख्यामा सेवा दिनुपर्दा समस्या आएको उहाँको भनाइ छ । कार्यालय प्रमुख महर्जनले भन्नुभयो, “भीड धेरै भएपछि ४०० जनासम्मलाई टोकन बाड्ने गरेका छौँ, टोकन पाएर पनि त्यसदिन सबै कामको पालो नआउनेलाई भोलिपल्ट बिहान पहिलो सेवा दिने गरेका छौँ ।” 

वाग्मती प्रदेशका १३ जिल्लाका साथै नागरिकता भएका अन्य जिल्लाका बासिन्दाले समेत यहाँबाट पाउने सबै सेवा लिन आउँदा पनि भीड बढेको हो । प्रमुख महर्जनले भन्नुभयो, “यहाँ जागिर खान निकै गाह्रो छ, खानानै नखाइ आयो, कर्मचारीले पनि सकेसम्म राम्रै सेवा दिइरहेका छन्, म आफैँले सेवाग्राहीको गुनासो सुन्ने र प्रभावकारी सेवा दिने प्रयास गरिरहेको छु, कहिलेकाहीँ सर्वर डाउन हुँदा निकै समस्या पर्छ, सेवाग्राहीले हेलमेटनै उचालेर हान्न खोज्छन्, टेबुल ठटाउँछन्, तैपनि समस्या आउदा बुझाएर पठाउने गरेको छु ।


प्रकाशित मिति: मंगलबार, मंसिर १४, २०७८  १५:१९
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य मंगलबार, भदौ १८, २०८१
चिसापानीको कर्णाली पुलमा भयङ्कर आगलागी, अनुसन्धानमा खुल्यो आगलागीको रहस्य....
चिसापानीको कर्णाली पुलमा भयङ्कर आगलागी, अनुसन्धानमा खुल्यो आगलागीको रहस्य.... मंगलबार, फागुन २९, २०८०
बर्दियाको चार्ज सम्हाले दुई एसपीले, रणनिती र कार्यनिती यस्तो छ......
बर्दियाको चार्ज सम्हाले दुई एसपीले, रणनिती र कार्यनिती यस्तो छ...... बिहीबार, फागुन १०, २०८०
प्रदेशमा प्रहरीलाई दुई ग्रेड थपको सुविधा दिने गृहको सोँच, प्रहरी नेतृत्वको पाँच ग्रेडमा अडान
प्रदेशमा प्रहरीलाई दुई ग्रेड थपको सुविधा दिने गृहको सोँच, प्रहरी नेतृत्वको पाँच ग्रेडमा अडान आइतबार, फागुन ६, २०८०
प्रभु बैंकका अप्रेसन इन्चार्ज नीरजविक्रम बेपत्ता, सवा करोड अपचलन भएको प्रहरीको भनाइ
प्रभु बैंकका अप्रेसन इन्चार्ज नीरजविक्रम बेपत्ता, सवा करोड अपचलन भएको प्रहरीको भनाइ आइतबार, माघ २८, २०८०
जनता विदेशमा, नेपालमा भने भ्रष्ट काण्ड, टीकापुरको सरकारी जग्गा बेच्ने २४९ जनाविरुद्ध मुद्दा
जनता विदेशमा, नेपालमा भने भ्रष्ट काण्ड, टीकापुरको सरकारी जग्गा बेच्ने २४९ जनाविरुद्ध मुद्दा शुक्रबार, माघ २६, २०८०
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्