Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
समाज
  • Home
  • समाज
  • श्रीमान् नै पराई भएपछि चार छोरी स्याहार्दै तिलकुमारी
श्रीमान् नै पराई भएपछि चार छोरी स्याहार्दै तिलकुमारी
नेपालकागज
नेपालकागज बुधबार, मंसिर १, २०७८

रोल्पा । रोल्पा नगरपालिका–९ ह्वामाकी तिलकुमारी बुढाले १२ वर्षअघि रोल्पा नगरपालिका–६ कोङाका टेकसिंह गुरुङसँग विवाह गरिन् । सँगैमर्ने सँगै बाँच्ने कसम खाएर प्रेम विवाह गरेका उनीहरुबाट १२ वर्षमा चार छोरीको जन्म भयो । विवाह भएको चार वर्ष गाउँमै सँगै बसेका उनको जोडी रोजगारीको अवसर नपाएपछि कमाई गर्न विदेश जाने निष्कर्षमा पुग्यो । 

श्रीमतीले घर धान्ने र श्रीमान् विदेश गई कमाई गर्ने सल्लाहबमोजिम टेकसिंह ७ वर्षअघि कतार गए । कतारमा तीन वर्ष बसेका उनी त्यहाँ रहँदा भएको सबै कमाई घरमा  पठाउँथे । श्रीमान् श्रीमतीबीच दिनहुँजसो फोनमा कुराकानी हुन्थ्यो । घर आउनेजाने चलिरहन्थ्यो ।

कतार बसाइ बिट मारेर घर आएका उनी केही समय मात्रै घर बसेर फेरि विदेश जाने निर्णयमा पुगे । कतारमा कमाएको पैसाले आफ्नै ठाउँमा कुनै रोजगार गर्न चाहन्थिन् तिलकुमारी । तर टेकसिंह भने नेपालमा कमाउन नसकिने भन्दै चार वर्षअघि कुवेत गए । कुवेत गएका उनी सुरुसुरुमा घरमा नियमित फोन गर्थे । सन्चोबिसन्चो फोनबाट आदानप्रदान हुँदा तिलकुमारीलाई श्रीमान् घरमै भएजस्तो लाग्थ्यो ।

टेकसिंहले घरमा श्रीमती, बुबा, आमा र छोरीलाई फोन गर्न छोड्दै गए । दैनिक फोन आउने तिलकुमारीको मोबाइलमा श्रीमान्को फोन आउन छोडेपछि मनमा चिसो पस्यो । सुरुमा त उनले बिरामी भएर वा अत्यावश्यक कामले व्यस्त भएर फोन नआएको होला भन्ने लख काटिन् । हप्ता बिते, महिना बिते उनको मोबाइलमा फोन आउन छोड्यो । 

श्रीमान्ले फोन गर्न छाडेको लामो समय भएको वयोवृद्ध सासुससुरालाई सुनाइनन् । छिमेकी तथा अरू इष्टमित्रलाई भनिन् तर कसै गरी श्रीमान्ले फोन नगर्नाका कारण बुझ्न सकिनन् । एक दिन सम्झेर पक्कै पनि फोन गर्लान् भन्ने सोचाइमा उनको चार वर्ष बितिसकेको छ तर श्रीमान्को फोनको घण्टी भने अझै बजेको छैन ।

श्रीमान् सम्झँदै छोरीहरुको भविष्य बनाउने, पढाउने काम, घरको दैनिकी तथा ८७ वर्षीय ससुरा र ७७ वर्षीया सासूको रेखदेख र स्याहारसुसार गर्दै उनको दिन बितिरहेको थियो । तर आम्दानीको भने कुनै स्रोत थिएन । घरमा भएको अन्नले जीविका चले पनि नुनतेल त किन्नै पथ्र्यो  । उनले वर्षातमा फल्ने चिउरी टिपेर नुनतेलको जोहो गर्थिन् । आम्दानीको स्रोत बनेको चिउरीको बोटले नै उनलाई जीवनमरणको दोसाँधमा पु¥याउला भन्ने कहिल्यै सोचिकी थिइनँ । उनको जीवनमा नसोचेकै घटना घट्यो । 

गत असारमा चिउरी टिप्न रूख चढेकी उनी खुट्टा चिप्लिएर भुइँमा बजारिन पुगिन् । रूखबाट लडेर अचेत  अवस्थामा रहेकी उनी गाउँलेको सहयोगमा घरसम्म पुगिन् ।

उपचारका लागि रोल्पा जिल्ला अस्पताल पु¥याइएकी उनको त्यहाँ उपचार हुन नसकेपछि भैरहवा लगियो । कम्मरमुनिको पूरै भाग नचल्ने भएपछि शल्यक्रिया गरियो । भैरहवा अस्पतालको २१ दिनको बसाइपछि उनी घर  फर्किइन् ।  

शल्यक्रियापछि पनि उनको स्वास्थ्यमा सुधार आएन । अहिले उनी सदरमुकाम लिवाङमा  होटेल व्यवसाय गर्दै आएका दिदीभिनाजुसँग बस्दै आएकी छिन् । हिँड्डुल गर्न सक्दिनन् ।  ओछ्यानमै दिसापिसाब हुने गर्छ ।

नाबालक छोरीहरु १२ वर्षीया विसी, ११ वर्षीया विविका, पाँच वर्षीया बीमा र चार वर्षीया रीया गुरुङ आमाको अवस्था हेरेर टोलाउनेबाहेक के गर्न सक्थे र ? बुबाका कारण अबोध बालबालिकाले पाइरहेको वेदनाले बालअधिकारलाई गिज्याइरहेको छ । 

उनीहरु सदरमुकाममा रहेका दुई सरकारी विद्यालयमा पढ्छन् । विसी, विविका र बीमा बालकल्याण माविमा पढ्छन् भने कान्छी रीया बालमन्दिर प्राथमिक विद्यालयमा पढ्छिन् ।

राम्रो लाउने, मीठोखाने उनीहरुका लागि एकादेशको कथाजस्तो भएको छ । बुबाको वात्सल्यबाट वञ्चित उनीहरु आमाको रोगी र जीर्ण शरीर मायाको स्रोत बनेको छ ।

परिवारमा राम्रो सम्बन्ध रहेको साढुभाइमा एकाएक आएको परिवर्तनले आफूलाई आश्चर्य लागेको तिलुमारीका भिनाजु पूर्णसिंह पुनको भनाइ छ । अन्य केटीसँग सम्बन्ध भएर घरमा सम्पर्कविहीन भएको पूर्णसिंहको भनाइ छ ।  

लिवाङमा होटेल व्यवसाय गर्ने पुनले तिलकुमारीको रेखदेख तथा बालबच्चाको शिक्षादीक्षा र पालनपोषणको काम गर्दै आएका छन् । 


प्रकाशित मिति: बुधबार, मंसिर १, २०७८  १२:२९
प्रतिक्रिया दिनुहोस्
थप समाज
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा मंगलबार, असोज १, २०८१
पहिरोमा पुरिएका वडा सदस्य दम्पतीको मृत्यु
पहिरोमा पुरिएका वडा सदस्य दम्पतीको मृत्यु आइतबार, भदौ २३, २०८१
आज कुशे औँसी, बुवाको मुख हेर्ने दिन
आज कुशे औँसी, बुवाको मुख हेर्ने दिन सोमबार, भदौ १७, २०८१
बाँके प्रेस युनियनको तीज लेखनबृत्ति प्रतियोगिताः सरला प्रथम
बाँके प्रेस युनियनको तीज लेखनबृत्ति प्रतियोगिताः सरला प्रथम आइतबार, भदौ १६, २०८१
म ईलामुद्धिन बेहना, उमेर १९ वर्ष, मेरो अपराध यस्तो छ.....त्यसैले मेरो जग्गा खान अपराधी नै लागेका छन्
म ईलामुद्धिन बेहना, उमेर १९ वर्ष, मेरो अपराध यस्तो छ.....त्यसैले मेरो जग्गा खान अपराधी नै लागेका छन् मंगलबार, जेठ १५, २०८१
पत्रकार शिवेन्द्र रोहिताको मृत्यु,घटनाको अनुसन्धान जारी 
पत्रकार शिवेन्द्र रोहिताको मृत्यु,घटनाको अनुसन्धान जारी  शनिबार, जेठ ५, २०८१
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्