Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
प्रदेश
  • Home
  • प्रदेश
  • विषादीको सट्टा मानवमूत्रको प्रयोग; मानवमूत्रको प्रयोगले फलफूलको उत्पादन बढ्यो
विषादीको सट्टा मानवमूत्रको प्रयोग; मानवमूत्रको प्रयोगले फलफूलको उत्पादन बढ्यो
नेपालकागज
नेपालकागज सोमबार, कात्तिक २२, २०७८

गलेश्वर । खेतीपातीमा मानवमूत्रको प्रयोग गर्न थालेपछि म्याग्दीको मङ्गला गाउँपालिका–५ अर्मनमा खाद्यान्नलगायत फलफूल र तरकारी खेतीको उत्पादनमा वृद्धि भएको छ । मङ्गला–५ को अर्मन, आरुखोला, मठबोट र खालाखर्कका किसानले खाद्यान्नलगायत तरकारी र फलफूल खेतीमा रासायनिक मल र विषादीको सट्टा मानवमूत्रको प्रयोग गरी खेती गर्न सुरुआत गरिएको छ । 

अर्मनमा विशेष गरी सुन्तला खेतीमा मानवमूत्रको प्रयोग गर्ने क्रम बढ्दै गएको छ । गाउँबाट गत वर्ष करिब रु ५० लाखको सुन्तला बिक्री गरिएको र यस वर्ष उत्पादन राम्रो भएकाले करिब रु ८० लाखको बिक्री गर्ने लक्ष्य रहेको अर्मन सुन्तला उत्पादन कृषक समूहका अध्यक्ष धनबहादुर रोकाले जानकारी दिनुभयो । पोखराबाट गाउँमै आएका व्यवसायीले विभिन्न समयमा गरी उक्त सुन्तला खरिद गरेका हुन् । अर्मनमा करिब ५० घरधुरी कृषकले व्यावसायिक रुपमा सुन्तला खेती गरेका छन् । उहाँले आफ्नो सुन्तलाबारीबाट गत वर्ष रु दुई लाख २७ हजारको सुन्तला बिक्री भएको र अहिले गत वर्षको भन्दा राम्रो फलेकाले करिब रु तीन लाख आम्दानी हुने अनुमान गरेको बताउनुभयो ।

अध्यक्ष रोकाका अनुसार गत वर्ष आरुखोलाका धनबहादुर छन्त्यालले रु एक लाख ५७ हजार, अर्मनका प्रेमबहादुर रोकाले रु एक लाख ४३ हजार, मठबोटका रविलाल छन्त्यालले रु एक लाख ७८ हजार, टेकबहादुर श्रीसले रु एक लाख २२ हजार र मठबोटकै दिलबहादुर छन्त्यालले रु एक लाख एक हजारको सुन्तला बिक्री गरेका थिए । यस वर्ष सबै किसानले गत वर्षको भन्दा राम्रो आम्दानी गर्ने उहाँले जानकारी दिनुभयो ।

सुन्तला बगैँचामा मलको रुपमा मानवमूत्रको प्रयोग गरेपछि गत वर्षको भन्दा यस वर्ष दोब्बरले सुन्तला उत्पादन वृद्धि भएको मङ्गला गाउँ कार्यपालिका सदस्यसमेत रहनुभएका खोलखर्कका सुन्तला उत्पादक कृषक रत्नबहादुर विश्वकर्माले जानकारी दिनुभयो । सुन्तला उत्पादन राम्रो भएपछि बर्सेनि यहाँका कृषकले कोदो, मकै उत्पादन हुने बारीमा समेत सुन्तला खेती विस्तार गर्न थालेको उहाँले बताउनुभयो ।

गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाको पहलमा जिल्ला मै पहिलोपटक अर्मनमा तीन वर्ष अघि २०७५ सालदेखि मानवमूत्र सङ्कलन गर्न सुरुआत गरिएको थियो । अहिले यो अभियान उपलब्धिमूलक बनेको कार्यपालिका सदस्य विश्वकर्माले बताउनुभयो । “अर्मनको शिशुकल्याण माविमा सङ्कलन गरिएको मानवमूत्र प्रतिलिटर रु २५ मा खरिद गरी सुन्तला खेतीमा प्रयोग ग¥यौँ यसले उत्पादन राम्रो दियो सबै कृषक खुसी छौँ”, उहाँले भन्नुभयो । यसका साथै प्रत्येक घरघरमा पनि मानवमूत्र सङ्कलन गरिँदै आइएको छ । सुन्तला खेतीबाट प्रशस्त आम्दानी हुन थाले पछि यहाँका कृषक थप उत्साहित बनेका छन् । समुद्री सतहदेखि करिब १६०० मिटर उचाइमा रहेको अर्मन गाउँलाई मङ्गला गाउँपालिकाले सुन्तला पकेट क्षेत्र घोषण गरी विभिन्न कार्यक्रम पनि सञ्चालन गर्दै आइरहेको छ ।
 


प्रकाशित मिति: सोमबार, कात्तिक २२, २०७८  १०:४६
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य मंगलबार, भदौ १८, २०८१
चिसापानीको कर्णाली पुलमा भयङ्कर आगलागी, अनुसन्धानमा खुल्यो आगलागीको रहस्य....
चिसापानीको कर्णाली पुलमा भयङ्कर आगलागी, अनुसन्धानमा खुल्यो आगलागीको रहस्य.... मंगलबार, फागुन २९, २०८०
बर्दियाको चार्ज सम्हाले दुई एसपीले, रणनिती र कार्यनिती यस्तो छ......
बर्दियाको चार्ज सम्हाले दुई एसपीले, रणनिती र कार्यनिती यस्तो छ...... बिहीबार, फागुन १०, २०८०
प्रदेशमा प्रहरीलाई दुई ग्रेड थपको सुविधा दिने गृहको सोँच, प्रहरी नेतृत्वको पाँच ग्रेडमा अडान
प्रदेशमा प्रहरीलाई दुई ग्रेड थपको सुविधा दिने गृहको सोँच, प्रहरी नेतृत्वको पाँच ग्रेडमा अडान आइतबार, फागुन ६, २०८०
प्रभु बैंकका अप्रेसन इन्चार्ज नीरजविक्रम बेपत्ता, सवा करोड अपचलन भएको प्रहरीको भनाइ
प्रभु बैंकका अप्रेसन इन्चार्ज नीरजविक्रम बेपत्ता, सवा करोड अपचलन भएको प्रहरीको भनाइ आइतबार, माघ २८, २०८०
जनता विदेशमा, नेपालमा भने भ्रष्ट काण्ड, टीकापुरको सरकारी जग्गा बेच्ने २४९ जनाविरुद्ध मुद्दा
जनता विदेशमा, नेपालमा भने भ्रष्ट काण्ड, टीकापुरको सरकारी जग्गा बेच्ने २४९ जनाविरुद्ध मुद्दा शुक्रबार, माघ २६, २०८०
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्