Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
समाज
  • Home
  • समाज
  • किर्ते कागजले रकम भुक्तानी, जनताले पाएनन् टिन
किर्ते कागजले रकम भुक्तानी, जनताले पाएनन् टिन
नेपालकागज
नेपालकागज मंगलबार, कात्तिक १६, २०७८

दाङ । घोराही उपमहानगरलाई खरको छानोमुक्त नगर बनाउने अभियानअन्तर्गत जस्तापाता खरिदका लागि विनियोजन गरिएको रकम हिनामिना भएको पाइएको छ ।

घोराही उपमहानगरको पहाडी विकट क्षेत्र वडा नं. १९ का १४ घरधुरीमा जस्तापाता लगाउन आर्थिक वर्ष २०७७÷७८ मा विनियोजन गरिएको आठ लाख रुपैयाँ हिनामिना भएको हो । वडा नं. १९ का १४ जनाको घरमा जस्तापाता लगाउन वडा कार्यालयले विनियोजन गरेको चार लाख र घोराही उपमहानगरपालिकाले विनियोजन गरेको थप चार लाख गरी कुल आठ लाख रुपैयाँ गत आर्थिक वर्षमै कार्य सम्पन्न भइसकेको भन्दै भुक्तानी गरिए पनि लक्षित १४ जनाले भने अहिलेसम्म जस्तापाता पाएका छैनन् ।

घोराही उपमहानगरपालिकाको रातो कितावमै खरको छानो हटाउन वडा नं. १९ का लागि उपमहानगर र वडाले चार÷चार लाखको कार्यक्रम उल्लेख गरिएको छ । जनताको घरमा टिनको छानो लगाउन उपभोक्ता समिति पनि गठन गरियो । उपभोक्ता समितिले १४ जनाको घरमा खरको छानो हटाएर टिनको छानो लगाएको र अनुगमन समितिले समेत स्थलगत अनुगमन गरी कागजपत्र उपमहानगरपालिकामा बुझाएपछि शशीराम गिरी नेतृत्वको उपभोक्ता समितिले आठ लाख रुपैयाँ बुझी पनि सकेको छ तर आर्थिक वर्ष बितेको चार महिना पुग्दासमेत ती १४ जनाले घरमा छाना लगाउने त के टिनका पातासमेत देख्न पाएका छैनन् ।

आठ लाख रकमले घोराही उपमहानगरपालिका वडा नं. १९ का चन्द्राकुमारी विक, श्यामलाल राना मगर, शंकर घर्ती, ईश्वर पुन मगर, नीमा पुन मगर, भुमबहादुर घर्ती, सेमबहादुर पुन, जगतबहादुर पुन, बुद्धिराम राना मगर, पुष्करबहादुर पुन मगर, भीमाकुमारी घर्ती, हुनाराम घर्ती मगर, गेमबहादुर घर्ती र बिमला सार्कीको घरमा जस्तापाता लगाउने वडा कार्यालयले निर्णय गरेको छ । सोहीअनुसार उनीहरुका घरमा खरका छाना हटाइसकिएको छ । टिन लगाइसकिएको किर्ते कागज हेरेर उपमहानगरपालिकाले रकम समेत भुक्तानी गरिसकेको छ । उपमहानगरले थप १४ जना जनताको घरमा खरको छाना हटाएको लिष्ट पनि अगाडि बढाइसकेको छ तर जसका लागि बजेट ल्याइएको हो उनीहरुको घरमा अझै खरको छाना देखिन्छ । यसले उपभोक्ता समिति, अनुगमन समिति, वडा कार्यालयले किर्ते कागज तयार गरी रकम निकासा गरेको पुष्टि भएको छ ।

घरमा टिन लगाउने १४ जनामा परेपछि घोराही–१९ भालाकोटका जगतबहादुर पुनले फाराम पनि भर्नुभयो । ‘छिट्टै आउँछ भनेको महिनौं बित्यो’– जगतले भन्नुभयो– ‘आउँछ– आउँछ भनियो तर अहिलेसम्म अत्तोपत्तो छैन । अझै आउँछ कि भन्ने आशा भने छ ।’ उहाँहरुलाई आफ्नो नाममा टिन आइसकेको र हिनामिना भएको भन्ने थाहा छैन । अझै दिन्छन् कि भन्ने आशा उहाँहरुले व्यक्त गर्नुभयो । फाराम भरेदेखि कोही फर्केर नआएको पुनले बताउनुभयो । टिन पाउने १४ जनामध्ये गेमबहादुर घर्ती पनि एक हुनुहुन्छ । उहाँ त टिन लगाउँदा चाहिने अरु सामग्री पनि जुटाएर बस्नुभएको छ । छिट्टै टिन आउँछ भन्ने सुनेर उहाँले हतार–हतार मान्छे लगाएरै काठ चिराएर राख्नुभएको छ । २० हजारभन्दा बढी खर्च गरेर बस्नुभएका गेमबहादुर घर्तीसहित १४ जना गरिव किसान अहिलेसम्म टिन कुरेर बस्नु भएको छ ।

किर्ते गरेर भुक्तानी

घोराही उपमनपा–१९ का शशीराम गिरी नेतृत्वको उपभोक्ता समितिले वडा र उपमहानगरपालिकामा किर्ते कागज पेश गरेर आठ लाख रुपैयाँ निकालेको छ ।

उपभोक्ता समितिले वडा नं. १९ का १४ जना गरिवको घरमा खरको छाना फालेर टिनको छाना लगाइदिने जिम्मेवारी पाएको थियो तर समितिले ती १४ जना गरिवहरुको घरमा टिन लगाएको किर्ते कागत तयार गरी काम गरेवापतको गत असारको अन्तिम सातामै आठ लाख रुपैयाँ निकासा ग¥यो । उपभोक्ता समितिमा मानबहादुर घर्ती, खिमा रावत, तिकला रावत, नोखिराम गिरी, भुमबहादुर घर्ती र भीम सार्की पनि हुनुहुन्छ । उहाँहरुको उपभोक्ता समितिले काम सम्पन्न गरेको र उपमहानगरको अनुगमन समितिले समेत स्थलगत अनुगमन गरेर काम ठीक भएको भन्दै किर्ते कागज उपमहानगरपालिकामा पेश गरेको छ ।

सोही कागजका आधारमा उपमहानगरले उपभोक्ता समितिलाई रकम भुक्तानी गत असारमै गरिसकेको छ । उपभोक्ता समितिमार्फत अनुगमन, सिफारिस तथा निर्माण कार्यको सम्पूर्ण प्रक्रिया पेश भएपछि मात्र उपमहानगरपालिकाले रकम भुक्तानी गरेको घोराही उपमहानगरपालिकाका लेखा प्रमुख लोकमणि शर्माले बताउनुभयो । उहाँले उपभोक्ता समितिमार्फत सबै काम सम्पन्न भइसकेको कागज पेश गरेपछि उपभोक्ताको खातामा रकम पठाएको जानकारी दिनुभयो ।

किर्ते गरेर ऋण तिरियो

संघीय सरकारले टिनका लागि रकम पठाइदिएको भन्दै घोराही–१९ को नेतृत्वले राजनीतिक फाइदाका लागि घोराहीको बुढा हार्डवेयरबाट ३० घरका लागि जस्तापाता किनी वितरण ग¥यो । जस्तापाता माग गरेका ९९ परिवारमध्ये चिनेजानेका र नजिकका ३० घरलाई वडाको नेतृत्वले हत्तपत्त टिन लगेर बाँड्यो । तर संघीय सरकारले रकम नै नपठाएपछि ऋणमा परेको वडा कार्यालय र नेतृत्वले आफैले जोखिमका आधारमा जस्तापाता दिने भन्दै छनोट गरेका १४ जनाको नाममा आएको आठ लाख रुपैयाँ किर्ते कागज गरी निकालेर ऋण तिरेको हो । ऋण तिरेकै कारण वडा कार्यालयले अहिलेसम्म १४ जनाका लागि ल्याएको टिन अरु को कसलाई दियो भन्न पनि सकेको छैन । किनभने त्यसअघि नै सस्तो लोकप्रियताका लागि उधारोमै टिन लगेर नजिककालाई बाँडेको वडाले आफू निकटकै उपभोक्ता समिति बनाएर १४ घरमा टिन लगाएको किर्ते कागज बनाएर रकम निकालेको स्रोतले बतायो ।

ऋण तिरेको नभने पनि वडाध्यक्ष हर्क घर्तीका अनुसार १९ नम्बर वडामै संघीय सरकारले एक सय एक घरधुरीलाई टिन दिने भनेको थियो । त्यसैमा समायोजन गरेर दिन खोज्दा पहिले निर्णय गरिएका १४ घर परिवार टिन पाउनबाट बञ्चित भएको दाबी गर्नुहुन्छ । १४ जनाका लागि विनियोजन गरिएको आठ लाखले पनि ऋण तिर्न नपुगेपछि संघीय सरकारले टिन दिने भनिएका अरु ९९ जनामध्येबाट पनि १५ देखि ३० हजारसम्म अग्रीम पैसा मागिएको स्रोतले बताएको छ । धरौटी जम्मा गर्नुपर्ने भयो भन्दै सर्वसाधारणबाट रकम उठाएर घोराहीको बुढा हार्डवेयरमा तिरिएको छ । टिन पाउने आशामा धरौटी भन्दै अग्रीम रकम बुझाएकाहरुले पनि महिनौंसम्म न टिन पाए न त उठाएको पैसा ? टिन पाउने बित्तिकै अग्रीम उठाइएको रकम सम्बन्धित व्यक्तिकै खातामा हालिदिने भन्दै वडा कार्यालयले टारिरहेको पीडितहरुले बताएका छन् ।

घरको आकार हेरेर १५ देखि ३० हजारसम्म अग्रीम रकम उठाइएको छ । घरमा टिन लगाइसकेपछि उक्त रकम घरधनीकै खातामा फर्काइने भन्दै अघिल्लो आर्थिक वर्षमै उक्त रकम उठाइएको त्रिवेणी टोलका समर नेपालीले बताउनुभयो । सबैसँग होइन केहीसँग घरको आकारको आधारमा रकम उठाइएको वडा नं. १९ का सचिव भीम केसीले बताउनुभयो ।


प्रकाशित मिति: मंगलबार, कात्तिक १६, २०७८  १९:११
प्रतिक्रिया दिनुहोस्
थप समाज
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा मंगलबार, असोज १, २०८१
पहिरोमा पुरिएका वडा सदस्य दम्पतीको मृत्यु
पहिरोमा पुरिएका वडा सदस्य दम्पतीको मृत्यु आइतबार, भदौ २३, २०८१
आज कुशे औँसी, बुवाको मुख हेर्ने दिन
आज कुशे औँसी, बुवाको मुख हेर्ने दिन सोमबार, भदौ १७, २०८१
बाँके प्रेस युनियनको तीज लेखनबृत्ति प्रतियोगिताः सरला प्रथम
बाँके प्रेस युनियनको तीज लेखनबृत्ति प्रतियोगिताः सरला प्रथम आइतबार, भदौ १६, २०८१
म ईलामुद्धिन बेहना, उमेर १९ वर्ष, मेरो अपराध यस्तो छ.....त्यसैले मेरो जग्गा खान अपराधी नै लागेका छन्
म ईलामुद्धिन बेहना, उमेर १९ वर्ष, मेरो अपराध यस्तो छ.....त्यसैले मेरो जग्गा खान अपराधी नै लागेका छन् मंगलबार, जेठ १५, २०८१
पत्रकार शिवेन्द्र रोहिताको मृत्यु,घटनाको अनुसन्धान जारी 
पत्रकार शिवेन्द्र रोहिताको मृत्यु,घटनाको अनुसन्धान जारी  शनिबार, जेठ ५, २०८१
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्