Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
प्रदेश
  • Home
  • प्रदेश
  • बाढीले जनजीवन अस्तव्यस्त, बर्दिया र कैलाली सीमामा सडक भत्किँदा समस्या
बाढीले जनजीवन अस्तव्यस्त, बर्दिया र कैलाली सीमामा सडक भत्किँदा समस्या
नेपालकागज
नेपालकागज शुक्रबार, कात्तिक ५, २०७८

टीकापुर । यही कात्तिक १ गतेदेखि आएको अविरल वर्षापछि आएको बाढीले सुदूरपश्चिमको जनजीवन अस्तव्यस्त बनाएको छ । बाढीले कैलालीको पूर्वी भेगमा ठूलो क्षति पु¥याएको छ । कैलालीको पूर्वी भेग टीकापुर नगरपालिका र जानकी गाउँपालिकामा बाढीले जनजीवन अस्तव्यस्त बनाएको छ । बाढीका कारण हजारौँ नागरिक विद्यालय तथा उच्च ठाउँका घरमा आश्रय लिएर बस्न बाध्य भएका छन् भने बर्दिया र कैलाली सीमामा करिब अढाई सय मिटर पक्की सडक भत्किँदा आवतजावतमा समस्या भएको छ ।

टीकापुर–१ का शिवनगर, गणेशपुर, शक्तिनगर, विजयनगर बस्तीमा बाढीले घर डुबानमा परेका छन् । पानी घटे पनि डुबानमा परेका घर शुक्रबारसम्म पनि उस्तै छन् । शिवनगरमा २९० घरमध्ये ७५ प्रतिशत घर डुबेका छन् भने ३२ घरपरिवार त्यही रहेको विद्यालयमा बसिरहेका छन् । कोही सडक र आफन्तका घरमा बसिरहेका छन् । बिपन्न बस्तीमा अन्नपातको समस्या सुरु भएको छ ।

बाढीका कारण टीकापुरमा एक हजार ५८६ घरपरिवार विस्थापित भएका छन् ।  टीकापुरका वातावरण तथा विपद् व्यवस्थापन उपशाखा प्रमुख निर्मला चौधरीले विस्थापित परिवारलाई राहतको जोहो गर्न नगरपालिका जुटेको बताउनुभयो । “विस्थापित परिवारलाई उच्च स्थानमा रहेका विद्यालय, सामुदायिक भवन तथा उच्च घरमा राखिएको छ, समुदाय नै सहयोगमा जुटेको छ”, चौधरी भन्नुहुन्छ, “हामी राहत, उद्धार तथा पुनःस्थापनाका कार्यमा जुटेका छौँ, बाढीले बस्ती तहसनहस भएका छन् ।”

बैमौसमी वर्षा तथा बाढीका कारण यहाँका नागरिकले अन्नपात र लत्ताकपडासमेत जोगाउन पाएनन् । “एक्कासी बाढी आयो, अन्नपात बचाउन पनि पाएनौँ”, शिवनगर बस्तीका बडघर रामफल चौधरीले भन्नुभयो, “धेरैको घरमा पानी पसेको छ, खानकै समस्या भयो, मुक्तकमैया त्यसै पनि गरिब थिए, बाढीले झन समस्या थप्यो ।” शक्तिनगरमा पाँच घर पूर्णरूपमा भत्केका छन् भने ३५ घरमा पानी पसेको छ । यसपटक टीकापुर बजारको अधिकांश क्षेत्र डुबानमा परेको छ । ज्ञानी कुलो फुट्दा बजार क्षेत्रमा बाढीको कहर भोग्नुप¥यो ।

उता टीकापुर–५ साहीपुरमा कर्णाली नदी फुट्दा वडा नं ५, ६, ७, ८ र ९ मा धानबाली नोक्सान भएको छ । त्यस क्षेत्रका हजारौँ बिघा क्षेत्रफलमा लगाइएको धानबाली नष्ट भएको छ भने त्यहाँको दैनिकी अस्तव्यस्त बनेको छ । बाढीले वडा नं ८ मा २५० मिटर हुलाकी सडक भत्काएको छ । “बाढीले ठूलो क्षति पु¥याएको छ, नागरिकको जीवन सङ्कटमा छ, यतिखेर सबैले पीडामा भएका नागरिकलाई सहयोग गर्न अनुरोध गर्दछु”, बाढीको अनुगमनपछि नेपाली कांग्रेसका केन्द्रीय सदस्य ईश्वरी न्यौपानेले भन्नुभयो, “टीकापुरमा रहेका विपन्न बस्तीमा अन्नपातको समस्या देखिएको छ, स्थानीय सरकारले खानाको व्यवस्था तुरुन्त गर्नुपर्छ ।”

उहाँले बाढीले नसोचेको सङ्कट पैदा गरेकाले किसानको मर्का तीनै तहका सरकारले गम्भीरताका साथ लिनुपर्ने बताउनुभयो । “किसानलाई कसरी खुसी पार्न सकिन्छ भनेर राहत र क्षतिपूर्तिको व्यवस्था सरकारले गर्नुपर्छ, वास्तविक पीडितले राहत पाउने गरी काम गर्न जरुरी छ”, उहाँले भन्नुभयो, “अहिलेको सङ्कटमा सबै एक भएर बिनाआग्रह पूर्वाग्रह काम गर्न जरुरी छ ।” कहीँ कर्णाली नदीका कारण त कहीँ इन्टेकका कारण पाकेको धानबाली नष्ट भएको छ  । यस वर्ष धानबाली राम्रो उत्पादन भएको भए पनि बाढीले आधा नोक्सान भएको छ ।

“बाढीले ठूलो धनजनको क्षति भएको छ, नागरिक दुःखमा छन्, प्रदेश सरकार जिम्मेवार देखिएको छैन”, प्रदेशसभा सदस्य उमादेवी बादीले भन्नुभयो, “किसानका बारेमा सङ्घ र प्रदेश सरकारले प्याकेज ल्याएर समस्या समाधान गर्नुपर्छ ।”  स्थानीय शेरबहादुर साउदले किसानको घरभित्रको अन्नपात र खेतको धान पूर्णरूपमा क्षति भएको बताउनुभयो । 
टीकापुरका नगर प्रमुख तपेन्द्रबहादुर रावलले पीडितलाई त्रिपालदेखि खाद्यान्न बाँड्ने काम भइरहेको जानकारी दिनुभयो । उहाँले विपन्न बस्तीमा मेस चलाउने कि खाद्यान्न दिने भन्नेबारेमा छलफल भइरहेको बताउनुभयो । नगरपालिकाले वडा नं ८ मा भत्किएको सडक मर्मत सुरु गरिसकेको छ । भत्केको सडक नगरपालिकाका प्रमुख इञ्जीनियर नवराज जोशीको नेतृत्वमा मर्मत गर्न जुटेको छ ।

कैलालीका स्थानीय तहहरु बाढीपीडितलाई लक्ष्य गरी राहत कार्यक्रम ल्याउन लागेका छन् । जानकी गाउँपालिकाको बिहीबार बसेको कार्यपालिका बैठकले बाढीबाट विस्थापित घरपरिवारलाई व्यवस्थापन गर्न राहत वितरण गर्ने, तथ्याङ्क सङ्कलन गर्ने, सङ्घसंस्थालाई आह्वान गर्नेलगायत निर्णय गरेको गाउँपािलकाका अध्यक्ष प्रदीपकुमार चौधरीले बताउनुभयो । “हामी आजबाट तथ्याङ्क सङ्कलन र राहत वितरण कार्यमा जुट्दैछौँ, हामीले सहयोगी दातासँग समेत सघाउन आग्रह गरेका छौँ”, अध्यक्ष चौधरीले भन्नुभयो, “यस्तो विपत्तिमा अन्नबाली र घरमा पानी पसेपछि जोहो गरिएको धनमालसमेत नष्ट भएको छ ।”

उता कैलारी गाउँपालिकाले बाढी प्रभावितका लागि रु तीन करोडको खाद्य बैंक स्थापना गर्ने भएको छ । बाढीले गर्दा भित्र्याउन लागेको धानबालीमा क्षति भएपछि गाउँपालिकाले भोकमरीको समस्या आउन नदिन खाद्य बैंक स्थापना गर्ने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरीले बताउनुभयो ।
 
धान बोटमै उम्रन थाल्यो

लगातार आएको बेमौसमी वर्षा र बाढीका कारण भिजेको धान बोटमै उम्रन थालेको छ । किसानले भित्र्याउने समयमा एक्कासी आएको वर्षा तथा बाढीका कारण भिजेको धान बोटमै उम्रन थालेको हो । पानीले तीन÷चार दिन भिजेको धानखेती सुक्न नपाउँदा खेतमै उम्रन थालेको किसान बताउँछन् । 

किसानले अहिलेसम्म मुठ्ठीभर पनि धान भित्र्याउन सकेका छैनन् । खेतको धान घरमा भित्र्याउन नपाउँदै भिजेर उम्रन थालेपछि खाद्यान्न सङ्कट हुने भन्दै चिन्ता लागेको टीकापुर वनगाउँकी अस्मिता चौधरीले बताउनुभयो । उहाँले घरमा यस वर्ष एक दाना पनि अन्न नभित्र्याउँदै बाढीले धान बगाएको र बाँकी रहेको धान पनि खेतमै उम्रन थालेको बताउनुभयो । “यस वर्ष अन्न सङ्कट मात्र होइन, हामी भोकमरीले मर्ने देखिएको छ”, उहाँले भन्नुभयो, “खेती गरेर जीविका चलाउने हामी अब के खाएर बाँच्ने होला ? अनि घर खर्च कसरी चलाउने होला ?”

टीकापुरमा आठ हजार ७१३ हेक्टर क्षेत्रफलमा धानखेती हुने गरेको छ । टीकापुरमा बाढीले पाँच हजार हेक्टर क्षेत्रफलको धानबालीमा नोक्सानी भएको नगरपालिकाको कृषि शाखाका प्रमुख केशव भट्टले बताउनुभयो । “किसानको वास्तविक लगत लिने कार्य भइरहेको छ, सोहीअनुसार नगरपालिकाले राहतको व्यवस्थापन र पहल गर्ने छ”, उहाँले भन्नुभयो, “घर भित्र्याउने बेला खेतमै धान नोक्सान भएपछि किसान निकै दुःखी भएका छन् ।


प्रकाशित मिति: शुक्रबार, कात्तिक ५, २०७८  ०८:५८
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य मंगलबार, भदौ १८, २०८१
चिसापानीको कर्णाली पुलमा भयङ्कर आगलागी, अनुसन्धानमा खुल्यो आगलागीको रहस्य....
चिसापानीको कर्णाली पुलमा भयङ्कर आगलागी, अनुसन्धानमा खुल्यो आगलागीको रहस्य.... मंगलबार, फागुन २९, २०८०
बर्दियाको चार्ज सम्हाले दुई एसपीले, रणनिती र कार्यनिती यस्तो छ......
बर्दियाको चार्ज सम्हाले दुई एसपीले, रणनिती र कार्यनिती यस्तो छ...... बिहीबार, फागुन १०, २०८०
प्रदेशमा प्रहरीलाई दुई ग्रेड थपको सुविधा दिने गृहको सोँच, प्रहरी नेतृत्वको पाँच ग्रेडमा अडान
प्रदेशमा प्रहरीलाई दुई ग्रेड थपको सुविधा दिने गृहको सोँच, प्रहरी नेतृत्वको पाँच ग्रेडमा अडान आइतबार, फागुन ६, २०८०
प्रभु बैंकका अप्रेसन इन्चार्ज नीरजविक्रम बेपत्ता, सवा करोड अपचलन भएको प्रहरीको भनाइ
प्रभु बैंकका अप्रेसन इन्चार्ज नीरजविक्रम बेपत्ता, सवा करोड अपचलन भएको प्रहरीको भनाइ आइतबार, माघ २८, २०८०
जनता विदेशमा, नेपालमा भने भ्रष्ट काण्ड, टीकापुरको सरकारी जग्गा बेच्ने २४९ जनाविरुद्ध मुद्दा
जनता विदेशमा, नेपालमा भने भ्रष्ट काण्ड, टीकापुरको सरकारी जग्गा बेच्ने २४९ जनाविरुद्ध मुद्दा शुक्रबार, माघ २६, २०८०
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्