काठमाडौँ । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा महिलामाथि हुने हिंसाका घटना बढ्दै जान थालेका छन् । ती मध्ये मदिराका कारण घरेलु हिंसाका घटना बढी रहेको बताइएको छ ।
हिंसा प्रभावितहरुका लागि खोलिएको सुरक्षित आवासगृह (सेफ हाउस)का मनोविर्मसकर्ता द्वारिका कुवँरले भन्नुभयो, “कुटपिट गर्ने, गालीगलौच गर्ने, मानसिक प्रताडनामा पार्नेलगायतका कार्य महिलामाथि हुने गरेको पाइएको छ ।” उहाँका अनुसार महिलामाथि शङ्का उपशङ्का गरी कुटपिट र वादविवाद भई महिलालाई प्रताडना गर्ने गरिएको छ । हिंसा पीडित २८१ महिलालाई सेफ हाउसबाट सेवा प्रदान गरिएको छ ।
ती मध्ये महिला २७६ र बालिका पाँच छन् । प्रहरीसँग सहकार्य गरी ५० महिलालाई न्याय प्रदान गरिएको छ । सेफ हाउसमा पुगेका उजुरीमा घरेलु हिंसाका ७८, जबर्जस्ती करणीका छ, कुटपिटका ५५, बहुविवाहका १७, बादविवादका ३०, चरिचरनका २०, जालसाजीका १०, भिडासानीका तीन र बालविवाहका ३० छन् ।
यसैगरी, अलपत्र परेका १२ व्यक्तिको उद्धार गरी सम्बन्धित निकायमा पु¥याइएको छ । सेफ हाउसमा पीडित भई पुगेका २० महिलालाई मनोविर्मश सेवासमेत प्रदान गरिएको छ ।
गत साउन, भदौ र असोजमा गरी ५० महिला माथि हिंसाका घटनाका उजुरी सेफ हाउसमा आएका बताइएको छ ।
सेफ हाउस सञ्चालन समितिका अध्यक्ष पुष्पा केसीले भन्नुभयो, “प्राप्त धेरै उजुरीमा प्रहरीसँग सहकार्य मिलापत्र गराइँदै आएको छ । जबर्जस्ती करणी, बालविवाह, बहुविवाहलगायतका उजुरी न्यायिक निकायमा पु¥याइ पीडितलाई न्याय दिलाउने काम हुँदै आएको छ ।” उहाँका अनुसार केही उजुरीमा महिलाबाट पुरुषसमेत पीडित रहेको पाइएको छ ।