Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
अपराध
  • Home
  • अपराध
  • लागूऔषधको बढ्दो प्रयोगले अपराध बढ्दै, ९० प्रतिशत आपराधिक घटनामा लागूऔषधका प्रयोगकर्ता
लागूऔषधको बढ्दो प्रयोगले अपराध बढ्दै, ९० प्रतिशत आपराधिक घटनामा लागूऔषधका प्रयोगकर्ता
नेपालकागज
नेपालकागज शनिबार, असोज ३०, २०७८

काठमाडौँ । लागूऔषध प्रयोगकर्ताका कारण कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा आपराधिक क्रियाकलापमा वृद्धि भएको पाइएको छ । 

चोरी झैझगडा, लुटपाटलगायत घटनामा लागूऔषध प्रयोगकर्ता संलग्न रहने गरेको पाइएको छ । कमजोर खालको सुरक्षा हुने ठाउँको पहिचान गरी चोरीलगायत घटना हुने गरेका छन् । “मदिरा पसल, फलफूल पसल, किराना पसल लगायतमा चोरी बढी भएको पाइएको छ,” इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक कर्णबहादुर बोहराले भन्नुभयो, “चोरी गरी भाग्न सजिलो भएका ठाउँ, उज्यालो नभएको र सुरक्षाका पर्याप्त साधनहरु नअपनाइएका पसललगायतमा बढी चोरी भएको पाइएको छ । यी सबै घटनामा लागूऔषध प्रयोगकर्ताको संलग्नता देखिएको छ ।” 

उहाँका अनुसार ९० प्रतिशत आपराधिक घटनामा लागूऔषधका प्रयोगकर्ता संलग्न रहेका छन् । नगरपालिका क्षेत्रमा १५ देखि २५ वर्षका युवाहरु लागूऔषधको कुलतमा फसेका छन् । जसको सङ्ख्या ७०० बढी रहेको अनुमान गरिएको छ । बजार क्षेत्रदेखि ग्रामीण क्षेत्रसम्म लागूऔषधका प्रयोकर्ताहरु रहेका छन् । रातिका बेला चौराह, दोबाटो, पुल लगायतका क्षेत्रमा सामूहिक रुपमा बसेर लागूऔषधको सेवन गर्ने र त्यसपछि आपराधिक क्रियाकलापमा संलग्न हुने गरेको पाइएको छ । 

लागूऔषधका सेवनकर्ता र कारोबारीहरुको पहिचान गरी पक्राउ गरी प्रहरीले प्रचलित कानुनअनुसार मुद्दासमेत चलाउँदै आएको छ । “लागूऔषध प्रयोकर्ताहरु र कारोबारीहरुमाथि निगरानी राख्ने कार्य हँुदै आएको छ,” प्रहरी निरीक्षक बोहराले भन्नुभयो, “प्रहरी एक्लैको प्रयासले लागूऔषधको जालो भत्काउन गाह्रो छ । यसका लागि नगरपालिकाले समेत सचेतना अभियानलाई अगाडि बढाउनुपर्ने देखिन्छ ।”

नगरपालिकाका १२ वटै वडामा समय छँदै युवाहरुलाई लागूऔषधको कुलतबाट जोगाउनका लागि कार्य अगाडि नबढाइए यसले डरलाग्दो अवस्थामा पु¥याउने उहाँको भनाइ छ । प्रहरीले सशस्त्र प्रहरीसँग मिलेर समाजमा हुने अवाञ्छित गतिविधिमाथि नियन्त्रण गर्नका लागि चाडपर्व लक्षित संयुक्त गस्तीको कार्यलाई समेत अगाडि बढाएको छ । नेपाल रेडक्रस सोसाइटी उपशाखा झलारीका सभापति शेरबहादुर साउदले लागूऔषधको प्रयोगलाई न्यूनीकरण गर्नका लागि विद्यालयमै सचेतना कक्षा सञ्चालन गरी किशोर र युवाहरुलाई सजग गराउनुपर्ने बताउनुभयो । “यसका लागि प्रहरी र जनप्रतिनिधिसँग मिलेर कार्य गर्न इच्छुक छौँ,” उहाँले भन्नुभयो, “युवाहरुलाई लागूऔषधको कुलतबाट जोगाउन नसके असल समाजको परिकल्पना गर्न सकिँदैन । लागूऔषधविरुद्ध सबै सहकार्य गरी अगाडि बढौँ ।” 

झलारी पीपलाडी उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरेन्द्रकुमार भण्डारीले लागूऔषधका प्रयोकर्ताहरुका कारण चोरी, जबर्जस्ती पैसा उठाउने कार्यसँगै ज्यान मार्ने उद्योगसम्मका घटना भएका छन् । यसको न्यूनीकरणका लागि बेलैमा सोच्नु जरुरी रहेको बताउनुभयो । “बजार क्षेत्रमा सिसिटिभी जडान गरिएका भए पनि पर्याप्त छैन,” उहाँले भन्नुभयो, “बत्तीको व्यवस्थासमेत भरपर्दो नहँुदा चोरी लगायतका घटनाबाट व्यवसायीहरुले पीडित हुनु परेको छ ।” उहाँका अनुसार चोरहरुले पिपी सेट लगाएरसमेत चोरी गरेको पाइएको छ । नगर प्रमुख दिलबहादुर ऐरले लागूऔषधको बढ्दो प्रयोगलाई न्यूनीकरण गर्नका लागि सचेतना अभियान सञ्चालन गर्न प्रतिबद्ध रहेको बताउनुभयो । 

“लागूऔषधका प्रयोगकर्ताहरुमा युवाहरुको संलग्नता बढी देखिन थालेकामा चिन्तित भएको छु,” उहाँले भन्नुभयो, “यस कार्यलाई निरुत्साहित गर्नका लागि सबैको एकबद्धतासँगै सहयोगको खाँचो छ ।” भारतीय खुला सिमानाका कारण लागूऔषध भित्रिने गरेको उल्लेख गर्दै उहाँले लागूऔषधको कारोबारमा संलग्नहरुको पहिचान गरी कडा कारबाही गरिनुपर्ने बताउनुभयो । यसका लागि प्रहरीलाई समाजका सबैले सहयोग गर्नुपर्ने उहाँको भनाइ छ ।


लागूऔषधको कारोबार गर्ने गिरोहले सीमावर्ती भारतीय बजारबाट ब्राउन–सुगरलगायत लागूपदार्थ ल्याएर स्थानीय किशोरकिशोरी र युवायुवतीलाई बिक्री गर्ने गरेका छन् । कतिपय लागूऔषध प्रयोगकर्ता स्वयं सीमापारिका बजारमा गएर लागुपदार्थ प्रयोग गर्ने र बोकेर समेत आउने गरेका छन् ।

लागूपदार्थको कारोबारमा संलग्न गिरोहमा भारत र नेपाल दुई देशका व्यक्तिहरुको संलग्नता रहेको पाइएको छ । लागूपदार्थको तस्करी गर्ने यो गिरोहले विद्यालय पढ्ने किशोरकिशोरीदेखि कलेज पढ्ने युवालाई लतमा पारेर बिक्री गर्ने गरेका छन् । “कञ्चनपुरमा लागूपदार्थको प्रयोग बढ्दो रहेको छ”, प्रहरी निरीक्षक बोहराले भन्नुभयो, “लागूपदार्थको कारोबार गर्नेहरू ठूलो सङ्ख्यामा पक्राउ परिरहेका छन् ।”

खुला सीमानाका कारण सीमावर्ती भारतीय बजारबाट ब्राउन–सुगरलगायत लागूपदार्थ ल्याउन सजिलो छ । लागूपदार्थको खुला प्रयोगले विद्यालय पढ्नेदेखि कलेजका विद्यार्थी र युवा लागूऔषध प्रयोगमा फसेर बर्बाद हुने गरेका छन् । प्रहरीले लागुपदार्थ प्रयोग गर्ने र बोक्नेलाई पक्राउ गरे पनि कारोबार गर्ने गिराहका मुुख्य व्यक्तिलाई हालसम्म पक्राउ पर्न सकेका छैनन् । लागूऔषधको कारोबारसम्बन्धी जानकार एक युवाले भन्नुभयो, “कारोबार गर्ने गिरोहका मुख्य व्यक्तिलाई पक्राउ नगरेसम्म भयावह रूपमा बढिरहेको लागूऔषधको प्रयोग कम हुने देखिँदैन ।”

“लागूपदार्थको बढ्दो प्रयोगले असुरक्षा र अपराध बढ्दै गएको पाइन्छ”, प्रहरी निरीक्षक बोहराले भन्नुभयो,  “लागूपदार्थ प्रयोगकर्ता आफ्नो लागेको लत पूरा गर्न लागुऔषध किन्ने पैसाका लागि जस्तोसुकै अपराध गर्न पनि तयार हुन्छन् ।”
 


प्रकाशित मिति: शनिबार, असोज ३०, २०७८  १५:१७
प्रतिक्रिया दिनुहोस्
थप अपराध
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ बुधबार, असोज २, २०८१
कैलाली कारागारका एक कैदीको मृत्यु
कैलाली कारागारका एक कैदीको मृत्यु मंगलबार, असोज १, २०८१
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद मंगलबार, भदौ १८, २०८१
युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा दुई कर्मचारीसहित तीन पक्राउ
युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा दुई कर्मचारीसहित तीन पक्राउ आइतबार, भदौ १६, २०८१
रामबहादुर बम्जन बालयौन दुरुपयोग मुद्दामा दोषी ठहर
रामबहादुर बम्जन बालयौन दुरुपयोग मुद्दामा दोषी ठहर मंगलबार, असार १२, २०८१
मालपोत कार्यालय बर्दियामा करोडौँको सेटिङ्गमा भ्रष्टाचार, प्रति कित्ता ७० हजार रेट   
मालपोत कार्यालय बर्दियामा करोडौँको सेटिङ्गमा भ्रष्टाचार, प्रति कित्ता ७० हजार रेट    आइतबार, असार १०, २०८१
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्