Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
समाज
  • Home
  • समाज
  •  कर्णालीमा चाडपर्व सुरक्षा योजनामा प्रहरी परिचालन
 कर्णालीमा चाडपर्व सुरक्षा योजनामा प्रहरी परिचालन
नेपालकागज
नेपालकागज शनिबार, असोज २३, २०७८

कर्णाली । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले दसैँ, तिहार तथा छठलगायत चाडपर्वलाई लक्षित गरेर प्रदेशभरि चार हजार प्रहरी परिचालन गरेको छ ।

प्रदेश प्रहरी कार्यालयले नेपालीहरुको महान् पर्व विजयादशमी, दीपावली तथा छठमा हुने अवाञ्छित तथा अपराधिक गतिविधि नियन्त्रण एवं सडक अनुशासन कायम गर्न चाडपर्व लक्षित सुरक्षा कार्य योजना ल्याएको हो । यस योजनाअन्र्तगत १० जिल्लामा एकएक कमाण्ड सेन्टर स्थापना गरी चार हजार ३५१ प्रहरी जनशक्ति खटाइएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक गणेशबहादुर ऐरले जानकारी दिनुभयो ।

“नागरिकको शान्ति, सुरक्षालाई ध्यानमा राखेर हामीले सुरक्षा कार्य योजनाअन्तर्गत दुर्घटना न्यूनीकरण तथा सहज आवागमनका लागि सडक अनुशासन, बैंक, वित्तीय सङ्घसंस्था तथा आर्थिक कारोवार हुने स्थानहरुमा सुरक्षा व्यवस्था गरेको छौँ”, प्रहरी नायब महानिरीक्षक ऐरले भन्नुभयो, “चाडपर्वमा खेलिने जुवातास, कौडा प्रवृत्तिको पूर्ण नियन्त्रण र चोरी तस्करी, लागुऔषधको ओसारपसार नियन्त्रणका लागि तालिम प्राप्त कुकुरसहित जाँचको व्यवस्था गरिएको छ ।” 

त्यस्तै, महत्वपूर्ण सरकारी कार्यालय तथा प्रतिष्ठान, मठमन्दिरमा सुरक्षा व्यवस्था गरिएको जनाउँदै उहाँले खाद्यान्नलगायतका अत्यावश्यक वस्तुमा कृत्रिम अभाव हुन नदिन अनुगमन गरी सहज आपूर्तिको व्यवस्था गर्ने योजना अघि बढेको बताउनुभयो । सार्वजनिक सवारीमा यात्रा गर्दा यात्रुलाई ठगिन नदिन, समान हराए खोजतलास गर्ने, पकेटमारी, चोरी, लुटपाट र ठगी नियन्त्रण तथा चाडपर्वको अवधिमा हुन सक्ने झैझगडा तथा सम्भावित विवादको रोकथाम गर्ने योजना प्रहरीले बनाएको छ ।

प्रदेश प्रहरी कार्यालयले तत्काल आइपर्ने घटनाको उद्धार तथा राहतका लागि उद्धार टोली व्यवस्था गरेको छ । त्यस्तै, अपराध नियन्त्रण तथा सवारी दुर्घटना नियन्त्रणका लागि आकस्मिक चेक प्वाइन्ट, मोबाइल, पैदल एवं मोटरसाइकल गस्ती तथा सीमानाकामा तालिम प्राप्त कुकुरसहित जाचको व्यवस्था गरिएको छ ।

प्रदेश प्रहरी कार्यालयले चाडपर्व अवधिभरका लागि ११४ वटा क्विक रेस्पोन्स टिम परिचालन गरेको छ भने मादक पदार्थ सेवनसहित १२९ स्थानमा नियमित जाचको  व्यवस्था गरेको छ । त्यस्तै, सिमानामा चोरी तस्करी नियन्त्रण गर्न नौ, ट्राफिकसहितको संयुक्त चेकिङ ४६, जुवातास, चोरी, लुटपाट, झैझगडा नियन्त्रणका लागि ७० र राजमार्गमा स्कटिङ मोबाइल तथा पैदल गस्ती ३८७ स्थानमा गर्ने योजनाअनुरुप प्रहरीले काम अघि बढाएको छ । 

त्यसैगरी, सुरक्षा कार्य योजनाअन्तर्गत यात्रु सहायता कक्ष ३८, धार्मिक तथा पर्यटकीयस्थल र आर्थिक कारोबार हुने ९७, क्वारेन्टिन तथा आइसोलेसन केन्द्र १३, कर्डन सर्च एण्ड एम्बुस आठ, आकस्मिक सभा जुलुस, धर्ना कार्यक्रम हुने १३, लामो सवारी दूरीमा विशेष जाच हुने १८ स्थान तोकी आवश्यकताअनुसार प्रहरी परिचालन गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।  


कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक ऐरले दसैँ, तिहार तथा छठलगायतका पर्व जनताको सहानुभूति लिने अवसर भएको बताउनुभयो । वर्षमा एक पटक आउने महान् चाडपर्वमा नागरिकले शान्ति र सुरक्षाका साथ मनाउने वातावरण निर्माण गर्नु प्रहरीको कर्तव्य भएको बताउँदै प्रहरी नायब महानिरीक्षक ऐरले यसबाट प्रहरीलाई जनताको सहानुभूति लिने अवसर मिल्ने जनाउनुभयो । “यो बेला सम्पूर्ण नेपालीहरुले खुशियालीका साथ दसैँ तिहार मनाइरहँदा प्रहरी आफ्नो कर्तव्य पालना गरिरहेको छ”, उहाँले भन्नुभयो, “यो देख्दा नागरिकलाई प्रहरीप्रति सहानुभूति पलाउँला नि ?”

उहाँले थप्नुभयो, “प्रहरीले नागरिकको शान्ति सुरक्षार्थ आफ्नो जीवन समर्पित गरेको छ । उनीहरुलाई राज्य भएको महसुस गराउनु हाम्रो प्रमुख दायित्व हो । तसर्थ यो अवधिमा मैले प्रहरी अधिकृतलाई बिदामा नबस्न निर्देशन गरेको छु।” प्रहरी हाम्रा लागि भन्ने बुझेर नागरिकले आफू अनुशासित भई खुशीका साथ चाडपर्व मनाउन र अवाञ्छिन गतिविधि हुन नदिने कुरामा सहयोग पु¥याउन उहाँले आग्रह गर्नुभयो । 


प्रकाशित मिति: शनिबार, असोज २३, २०७८  १०:५८
प्रतिक्रिया दिनुहोस्
थप समाज
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा मंगलबार, असोज १, २०८१
पहिरोमा पुरिएका वडा सदस्य दम्पतीको मृत्यु
पहिरोमा पुरिएका वडा सदस्य दम्पतीको मृत्यु आइतबार, भदौ २३, २०८१
आज कुशे औँसी, बुवाको मुख हेर्ने दिन
आज कुशे औँसी, बुवाको मुख हेर्ने दिन सोमबार, भदौ १७, २०८१
बाँके प्रेस युनियनको तीज लेखनबृत्ति प्रतियोगिताः सरला प्रथम
बाँके प्रेस युनियनको तीज लेखनबृत्ति प्रतियोगिताः सरला प्रथम आइतबार, भदौ १६, २०८१
म ईलामुद्धिन बेहना, उमेर १९ वर्ष, मेरो अपराध यस्तो छ.....त्यसैले मेरो जग्गा खान अपराधी नै लागेका छन्
म ईलामुद्धिन बेहना, उमेर १९ वर्ष, मेरो अपराध यस्तो छ.....त्यसैले मेरो जग्गा खान अपराधी नै लागेका छन् मंगलबार, जेठ १५, २०८१
पत्रकार शिवेन्द्र रोहिताको मृत्यु,घटनाको अनुसन्धान जारी 
पत्रकार शिवेन्द्र रोहिताको मृत्यु,घटनाको अनुसन्धान जारी  शनिबार, जेठ ५, २०८१
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्