Top Navigation
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
  • गृहपृष्ठ
  • हाम्रोबारे
    • इतिहास
    • पृष्ठभूमि
  • विज्ञापनहरू
  • हाम्रो टिम
  • सम्पर्क
Nepal Kagaj
  • गृहपृष्ठ
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
    • भिडियो ग्यालरी
    • फोटो ग्यालरी
Search Here
अपराध
  • Home
  • अपराध
  • होटलमा खोप लुकाइएको होइन : स्वास्थ्य कार्यालय झापा, पक्राउ परेका फोकल पर्सन छुटे
होटलमा खोप लुकाइएको होइन : स्वास्थ्य कार्यालय झापा, पक्राउ परेका फोकल पर्सन छुटे
नेपालकागज
नेपालकागज शनिबार, साउन १६, २०७८

जिल्ला स्वास्थ्य कार्यालयले कोरोनाविरुद्ध सञ्चालित खोप अभियानमा कुनै अनियमितता नभएको जनाएको छ।

विर्तामोडको टाइमलेस होटलबाट स्वास्थ्य शाखा विर्तामोडका फोकलपर्सन ओमबहादुर खड्कालाई १०३ भाइल भेरोसिल खोपसहित शुक्रबार नियन्त्रणमा लिइएको घटना सम्बन्धमा रासससँग कुरा गर्दै कार्यालय प्रमुख योगराज घिमिरेले खोप लुकाइएको भन्ने आरोप गलत भएको बताए।

‘विर्तामोडमा खोप अभाव भएको हुँदा स्वास्थ्य कार्यालयका खोप प्राविधिक बालकृष्ण भण्डारी र कर्मचारी विशाल घिमिरेलाई १०३ भाइल खोप पठाएका थियौँ’, कार्यालय प्रमुख घिमिरेले भने, ‘इएलएमआइएस प्रणालीमा दर्ता गरेर इमेलसमेत गरेर हामीले वैधानिकरुपमा खोप पठाएका हौँ, तर खोप होटलमा लुकाइयो भनेर अफवाह फैलाइयो।’

उनले खोप अभियानमा संलग्न स्वास्थ्यकर्मी खाजा खान होटलमा रहेका बेला खोप पुगेको हुँदा स्वास्थ्य कार्यालयका कर्मचारीले विर्तामोडको टाइमलेस होटलमै नगरका फोकलपर्सन खड्कालाई खोप बुझाएको जानकारी दिए।

नगरपालिका कार्यालयको साटो होटलमा खोप बुझाउनु र बुझ्नु कमजोरी भएको स्वीकार गर्दै उहाँले अबदेखि यस्तो गल्ती दोहोरिन नदिइने प्रतिबद्धता व्यक्त गरे।

शुक्रबार अपराह्न ४  बजेतिर स्थानीय युवाले होटलमा खोप राखिएको विषयमा विवाद गरेपछि इलाका प्रहरी कार्यालय विर्तामोडले सो खोप र नगरका स्वास्थ्य शाखाका फोकल पर्सन खड्कालाई नियन्त्रणमा लिएर जिल्ला स्वास्थ्य कार्यालयमा बुझाएको थियो।

खोप लुकाएको आरोप लागेका नगरपालिकाका कोरोना फोकल पर्सन ओम खड्कालाई प्रहरीले बिनाकारबाही छोडेको छ। खोप लुकाउँदै गर्दा स्थानीय होटल ‘टाइमलेस मोमेन्ट्स’ मा खड्का शुक्रबार दिउँसो पक्राउ परेका थिए।

नेविसंघ र तरुण दलका कार्यकर्ताले उनलाई नियन्त्रणमा लिएर बिर्तामोड प्रहरीमा बुझाएका थिए।

प्रहरीले उनलाई छाडेपछि अहिले स्थानीयले कारबाहीको माग गर्दै नगरपालिकालाई दबाब दिइरहेका छन्। तर, नगरप्रमुख ध्रुवकुमारी शिवाकोटी खड्काको बचाउ गरिरहेकी छन्। बिहानै नगरपालिका पुगेकी प्रमुख शिवाकोटीले स्वास्थ्य शाखाका कर्मचारीलाई खड्काले खोप लुकाउने प्रयास नगरेको ब्रिफिङ गरेकी एक कर्मचारीले बताए। ती कर्मचारीले भने, ‘उहाँले (नगरप्रमुख) नबोल्न निर्देशन दिनुभयो।’

अहिले नगरपालिका आसपासमा आक्रोसित स्थानीय जम्मा भएका छन्। नगरपालिका घेराउ गर्ने बुझेपछि प्रमुख शिवाकोटीको पहलमा बिहानैदेखि सयौंको संख्यामा प्रहरी परिचालन गरिएको छ। फोकल पर्सन खड्कालाई जोगाउने प्रयास गरे नगरपालिका र प्रहरीकाविरुद्ध आन्दोलन गर्ने नेविसंघ झापा सचिव पोषराज कटुवालले बताए।

बिर्तामोड नगरपालिकाले चार दिनदेखि खोप कार्यक्रम सञ्चालन गरिरहेको थियो। बिहीबार र शुक्रबार खोप लगाउनेको थामिनसक्नु भीड लागेको थियो।

बिनाजानकारी नगरपालिकाले देवी माविको खोप केन्द्र बन्द गरेर महेन्द्ररत्न मावि खोप केन्द्र मात्रै कायम गरेको थियो। नगरपालिकाले खोप सकिएको दाबी गरेको थियो। सोही समयमा खड्काले होटलमा खोप लुकाएको सार्वजनिक भएको थियो। त्यसको पिछा गरेका नेविसंघ र तरुण दलका कार्यकर्ताले खड्कालाई खोपसहित नियन्त्रणमा लिएर प्रहरीलाई जिम्मा लगाएका थिए।

घटनालगत्तै जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले खड्कालाई कारबाही गर्ने प्रतिक्रिया दिएका थिए। प्रवक्ता थापाले कुन कानुन आकर्षित हुन्छ भन्ने विषयमा अध्ययन भइरहेको बताए पनि खड्कालाई छाडिएपछि स्थानीय आक्रोसित बनेका हुन्। खड्काले खोपमा चलखेल गरेको बुझेपछि नेविसंघ, तरुण दल र माओवादी केन्द्रका कार्यकर्ता दुई दिनदेखि नियमित निगरानीमा थिए।

स्वास्थ्य कार्यालय झापामा प्रमुख योगराज घिमिरे पनि खड्काको बचाउमा लागेका छन्। उनले बिर्तामोडमा खोप लुकाइएको भन्ने आरोप गलत भएको बताएर गैरजिम्मेवारी प्रदर्शन गरेको आक्रोसित युवाको भनाइ छ।

खोप अभाव भएर बिर्तामोडले माग गरेपछि प्रक्रिया पूरा गरेर १०३ भाइल खोप पठाएको बताए। ‘खोप लिएर गएका कर्मचारीलाई ओमजीले होटलमा छु, यही ल्याइदिनु भनेपछि कर्मचारीले त्यहीँ पुर्याइदिएका हुन्’, उनले भने। आफू पनि सो काण्डमा मुछिने भएपछि प्रमुख घिमिरे खड्काको बचाउमा लागेको स्वास्थ्य सम्बद्ध कर्मचारीहरुको बुझाइ छ।

बिर्तामोडको खोप काण्डका दोषीलाई उन्मुक्ति दिन स्वास्थ्य कार्यालय झापाले बिर्तामोडलाई खोप पठाएको इमेल सार्वजनिक गर्न लागि परेको स्रोतले बतायो।

 


प्रकाशित मिति: शनिबार, साउन १६, २०७८  १३:०१
#खोप
प्रतिक्रिया दिनुहोस्
थप अपराध
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ बुधबार, असोज २, २०८१
कैलाली कारागारका एक कैदीको मृत्यु
कैलाली कारागारका एक कैदीको मृत्यु मंगलबार, असोज १, २०८१
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद मंगलबार, भदौ १८, २०८१
युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा दुई कर्मचारीसहित तीन पक्राउ
युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा दुई कर्मचारीसहित तीन पक्राउ आइतबार, भदौ १६, २०८१
रामबहादुर बम्जन बालयौन दुरुपयोग मुद्दामा दोषी ठहर
रामबहादुर बम्जन बालयौन दुरुपयोग मुद्दामा दोषी ठहर मंगलबार, असार १२, २०८१
मालपोत कार्यालय बर्दियामा करोडौँको सेटिङ्गमा भ्रष्टाचार, प्रति कित्ता ७० हजार रेट   
मालपोत कार्यालय बर्दियामा करोडौँको सेटिङ्गमा भ्रष्टाचार, प्रति कित्ता ७० हजार रेट    आइतबार, असार १०, २०८१
भर्खरै
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
कांग्रेस बाँकेको 'चार महिने पार्टी संगठन सुदृढीकरण अभियान
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
मुकुल भन्छन्- रवि जेल जाने पक्का भएपछि न्वारनदेखिको बल लगाएर क्लिन चिट पाए भन्दैछन्
लोकप्रीय
  • Week
  • Month
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
आजदेखि दशैं सुरु, पहिलो दिन घटनास्थापना
सशस्त्रका तीन एआईजीको सरुवा
सशस्त्रका तीन एआईजीको सरुवा
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दियामा एक महिलाको हत्या, एक जना पक्राउ
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
बर्दिया पर्यटनको दृष्टिकोणले अन्तर्राष्ट्रिय हब हो: मुख्यमन्त्री आचार्य
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
सशस्त्र प्रहरीद्वारा झण्डै ५९ लाखको अवैध सामाग्री बरामद
आज विश्वकर्मा पूजा
आज विश्वकर्मा पूजा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
सम्पर्क ठेगाना

Nepal Kagaj Publication Pvt. Ltd.

सूचना विभाग दर्ता नं.: २६६९/०७७-७८
Surkhet Road, Nepalgunj, Nepal
Email: [email protected]
URL: www.nepalkagaj.com
अध्यक्ष तथा प्रधान सम्पादक : अर्पणा योगी
सह–सम्पादक: सन्दिप योगी 9802509222
कानुनी सल्लाहकार: कौशिला योगी

Phone

Marketing: +977-9802509555
Advertisement: +977-9802509555

Email

Advertisement: [email protected]
Feedback: [email protected]
मेनु
  • राजनीति
  • पालिका
  • प्रदेश
  • देश
  • अपराध
  • शिक्षा
  • विकास निर्माण
  • समाज
  • स्वास्थ्य
  • ग्यालरी
ट्विटर पेज
फेसबुक पेज
Nepal Kagaj
© 2025 Nepal Kagaj. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्