काठमाडौँ । काठमाडौँ महानगरपालिकाले कुहिने र नकुहिने फोहोर नछुट्याउनेलाई पाँच सय जरिवाना गरिने सुचना जारी गरेको छ ।
महानगरपालिकाले बिहीबार एक सूचना जारी गर्दै आगामी साउन १ देखि जैविक र अजैविक फोहोर छुट्याएर वर्गीकरण गर्नुपर्ने नियम लागू हुने जनाएको छ ।
महानगरले घरमै दुई तरिकारले फोहोर वर्गीकरण गर्न आग्रह गरेको छ ।
कुहिने र नकुहिने फोहोर नछुट्याए फोहोर नउठाइने तथा जरिवाना तिराइने महानगरद्वारा जारी सूचनामा उल्लेख छ ।
अन्यथा काठमाडौं महानगरपालिका वातावरण तथा प्रकृति स्रोत संरक्षण ऐन, २०७७ को दफा ५१ को (थ) तथा फोहोरमैला व्यवस्थापन ऐन, २०६८ को दफा ३८ (थ) बमोजिम जरिवाना गरिने महानगरले जनाएको छ ।
कुहिने र नकुहिने फोहोर लिन महानगरको गाडी फरक–फरक दिनमा जनाइएको छ।
प्रकाशित मिति: बिहीबार, असार ९, २०७९, १३:२९:००