काठमाडौं - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'की छोरी तथा नेतृ रेणु दाहालले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई कडा जवाफ दिनुभएको छ ।
मंगलबार सामाजिक सञ्जालमार्फत रेणुले ईतिहासमा दुई पटक प्रधानमन्त्री माओबादी कै सहयोगमा भएपनि ओलीले ठूलो कुरा गर्दै हिँडेको बताउनुभएको छ । झन्डै दुई तिहाईको सरकार के ओली एक्लैले ल्याएको हो भन्दै उहाँले प्रश्न पनि गर्नुभएको छ ।
उहाँले लेख्नुभएको छ - 'झन्डै दुई तिहाईको सरकार के ओलि एक्लैले ल्याएको हो ? हो भने हामीले साथ छोडिदीदा त सबै गर्ल्यामगुर्लुम ढल्यो त।धेरै नै फुर्ती लाउने ले अब बनायर देखाए भो त। ईतिहासमा दुई पटक प्रधानमन्त्री माओबादी कै सहयोगमा भएकाले ठुला कुरा नगरेकै बेस होला।'
सोमबार चितवन आएका ओलीले सोही दिन एमालेको भरतपुर महानगर कमिटीको अधिवेशनलाई सम्बोधन गर्ने क्रममा फेरि मतपत्र च्यात्ने सपना नदेखे हुन्छ भन्दै रेणु दाहालतर्फ संकेत गर्नुभएको थियो।
ओलीले रेणुलाई कांग्रेसले बोकेको, आफूहरूले पनि गल्तीबस् प्रचण्डलाई बोकेको भन्दै अब त्यस्तो गल्ती नहुने बताउनुभएको थियो । ओलीले भन्नुभएको थियो - 'म त झुक्किएर दुई-दुई पटक भोट माग्न आएँ । अब त्यो जमना गयो ।'ओलीको यस्तो अभिव्यक्तिपछि रेणुले सामाजिक सञ्जालमार्फत त्यसको जवाफ फर्काउनुभएको हो ।
रेणुको स्टाटस यस्तो छ - 'ओलिलाई भोट माग्न आोलि को क्षेत्रमा ओलि सहित अध्यक्ष क. प्रचण्ड झापा जादा घरमा आमा मात्र तेहि पनि पार्किन्सनको बिरामी भाईको मध्यरातमा अचानक स्वास्थ्यमा समस्या आई दुखद घटना घट्यो।घरमा परिवारका सदस्य कोहि पनि नभएको बेला सबै आआफ्नो चुनाबी मैदानमा बिरामी आमा मात्र घरमा अकालमा उपचार पनि नपाई के थाहा समयमै अस्पताल लैजान पाएको भए भाईको ज्यान जोगीन पनि सक्थ्यो।'
'यस्तो परिस्थिती बाट माओबादी सॅगको सहकार्यले मात्र ओलि प्रधानमंत्री बनेको, झन्डै दुई तिहाईको सरकार के ओलि एक्लैले ल्याएको हो ?? हो भने हामीले साथ छोडिदीदा त सबै गर्ल्यामगुर्लुम ढल्यो त।धेरै नै फुर्ती लाउने ले अब बनायर देखाए भो त। ईतिहासमा दुई पटक प्रधानमन्त्री माओबादी कै सहयोगमा भएकाले ठुला कुरा नगरेकै बेस होला।'